- राजविराज,साउन ७ गते बुधबार ।
- जनप्रभाब-सम्बादाता
निरन्तरको वर्षा सँगै सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव पुगेपछी खतरा सम्बन्धी संकेत स्वरुप मंगलवार रातो बत्ती बालिनुका साथै रातो झण्डा राखिएको हो ।
लगातार वर्षाका कारण नदीमा आउने बाढीको उतार चढावलाई प्रत्येक घण्टा रेकर्ड गर्दै आएको कोशी ब्यारेज कन्ट्रोल रुपले मंगलबार साँझ ५ बजे यस वर्षकै सर्वाधिक पानीको बहाव ३ लाख ७१ हजार ९ सय ९० प्रति सेकेण्ड पुगेको जनाएको छ ।
पानीको वहाव खतराको नजिक पुगेपछी कोशी ब्यारेजका ५६ वटा ढोका मध्ये अहिले ४८ वटा ढोका खृुला राखिएको छ । सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले सप्तकोशीमा पानीको मात्रा अध्याधिक भएपछी खतरा सम्बन्धि संकेत स्वरुप रातो बत्तीसँगै रातो झण्डा राखिने गरिएको बताए ।
कोशी ब्यारेजमा पानीको वहाव १ लाख ५० हजार काट्ने वित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत स्वरुप पश्चिम तर्फ रातो बत्ती बाल्ने गरिन्छ । २ लाख नाघे पछी पूर्व तर्फ अर्काे रातो बत्ती तथा ३ लाख काट्ना साथ मध्य भागमा पनी रातो बत्तीसँगै रातो झण्डा राखिने गरिएको उनको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !