- राजविराज,साउन ५ गते सोमबार ।
- जनप्रभाब
दुई दिनदेखी लगातार भइरहेको वर्षाले सप्तरीका विभिन्न खोला, नदीमा पानीको बहाव बढेपछि जिल्लाका ६ सय बढी घर डुवानमा पर्नुका साथै वर्षाको पानीले निकास नपाउँदा राजविराज नगरपालिकाका अधिकांश वडा डुवानमा परेको हो ।

जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाकाको वडा नं. १ स्थित वेल्ही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पुर्णरुपमा डुवान भएको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए । खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वार्ड नं. १, बेल्हीका १०० घर, वडा नम्बर ४ र ५ कोइलाडी र बरझुलाका करिब दुई सय घरमा पानी पसेको छ ।
त्यस्तै खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पुर्वीतटबन्धको स्परमा कटान समेत सुरु भएको छ । सो ठाउँमा ५० मिटर भन्दा बढी नदिको स्पर कटान गरेको जनाइएको छ ।
यसैबिच खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पुर्वीतटबन्धका स्परमा कटान भएका ठाउँमा अहिले बाँसको पाइलिङ र बोरामा बालु हालेर नियन्त्रण गर्ने काम सुरु गरिएको छ । सो ठाउँमा बाँसको पाइलिङ र बोरामा बालुवा हाले नियन्त्रणको काम तिव्रगतिमा भइरहेको तिलाठी कोइलाडी गाउापालिका अध्यक्ष सतिश सिँहले जानकारी दिए । खाँडोको बाढीले बनरझुला, कोइलाडीका तीन र चार स्थानमा सडकमा समेत क्षति पु¥याएको सो गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए ।
त्यस्तै सप्तकोशीको बाढीबाट जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोसी नदीको पूर्वी तटबन्ध छेउमा बसोबास गर्दै आएका करिब ५० घर परिवार डुबानमा परेको छ ।
जिल्लाको बलान, खडक, महुली, जिता र खाँडो नदी लगायत आधा दर्जन नदिहरुमा बाढीको उच्च चाप रहेको छ । नदी आसपासका बस्तीमा पानी समेत पसेको जनाइएको छ । कोशी नदीमा पानीको बहाब बढेसँगै कोशी आसपासका सप्तकोशी र कंचनरुप र हनुमाननगर कंकालिनी नगरपालिका स्थानिय ठाउँहरु पनि डुबानमा पर्ने खतरा उत्तिकै बढेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरभित्रै पनि पानीको उचीत निकास नभएकोले घरहरुमा पानी पसको स्थानियबासीले जनाएको छ । हनुमानगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित रहेको ईलाका प्रहरी कार्यालय भारदह पनि डुवानमा परेका छन ।
सोही गाउँपालिकाको सकरपुरामा सयौं विगहामा लगाइएको धान बाली सखाप भएको पीडित किसानहरुले बताएका छन् । जिता नदीको बाढी पस्दा मंसापुरका २५ घर डुवानमा परेको स्थानिय सत्यनारायण मण्डलले बताए ।
यता जिल्लाको टापु भनेर चिनिने हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबगाढा बस्तिमा सप्तकोसी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका थिए ।
यस्तै भलुवाही खोलाको पानीले निकास नपाउँदा राजविराज नगरपालिका वडा नं. १, २, ५, ६, ७, ८, १० र १५ का १ सय ५० घर डुवानमा परेको छ । ती वडाका अधिकांश घरमा समेत पानी छिरेको छ । निरन्तरको वर्षाले खाँडो, त्रियुगा, सप्तकोशी, जिता, बलान, खडक, महुली लगायतका नदी खोलामा पानीको बहाव उच्च भई आसपासका बासिन्दा जोखीममा परेका छन् ।
निरन्तरको वर्षासँगै खाँडो तथा बलान नदीको बहावले पश्चिमी तटबन्ध नजिक कटान थालेपछि आसपासका बासिन्दालाई सचेत तथा सुरक्षित गरिनुका साथै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको जिल्ला संकट व्यवस्थापन समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !