Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

फरार अपराधी विरुद्ध कठोर बन्दै डिआइजी सिंह , हत्या आरोपी ६ बर्षपछि पक्राउ

  • लहान,साउन ५ गते सोमबार ।।।
  • जनप्रभाब-आलोक यादव

विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब माहानिरीक्षक ( डिआइजी ) धिरज प्रताप सिंहले विशेष अभियान सञ्चालन गरेको छ । 

अभियान सुरु भएसँगै पक्राउ पर्नेको संख्या पनि बढ्दै गएको छ । यसै क्रममा ६ बर्षअघि बारामा एक भारतीय नागरिकको हत्यामा संलग्नको आरोप लागेाक व्यक्ति समातिएका छन् । समातिने पनि भारतीय नागरिक नै हुन् ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार भारतको बेतिया पश्चिम चम्पारण घर भई वीरगञ्ज महानगरपालिका १९ गहबा टोलमा लुकीछिपी बसोबास गर्दै आएका धर्मेन्द्रप्रसाद कलवारलाई त्यहींबाट पक्राउ गरिएको हो ।कलवारले २०७१ साल वैशाख ९ गते बाराको तत्कालिन विश्रामपुर गाविस ९ स्थित गहुँ खेतमा भारतको रक्सौल घर भई वीरगञ्ज १९ मा बस्दै आएका प्रमोद साह तुरहालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका ४६ बर्षीय कलबारलाई प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको प्रदेश प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
 
यसैगरी : रौतहट इँटा भट्टा बम बिस्फोट काण्डका फरार प्रतिवादी निलम्बीत कांग्रेस सांसद मोहम्मद अफताब आलमका सहयोगी पक्राउ परेका छन् ।

श्री नारायण सिंह राजपुत समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मो. अफताब आलमसमेत कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाको सम्बन्धमा मिति २०६४–१२–१७ गते १८ः३० बजेको समयमा जिल्ला रौतहट साविक राजपुर फरहदवा गा.वि.स वडा नं.४ हाल राजपुर नगरपालिका– ४ स्थित शेख ईद्रिसको गोठघरमा २०६४–१२–२८ गते हुने संविधान सभाको चुनावलाई लक्षित धाँधली गरी चुनाव जित्नको लागि प्रतिवादीहरुले विस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा विस्फोट हुँदा जाहेरवाला श्रीनारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोक प्रताप सिंह राजपुत समेत १५–१६ जना घाइते भएका थिए । सोही घटनामा २–३ जनाको मृत्यु भएकोमा ती मृतक १५–१६ जना घाइतेलाई ट्याक्टरमा हालेर नजिकैको राजा इँटा भट्टामा लगेर जलाएका थिए ।

उक्त घटनाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्ने क्रममा रौतहटस्थित राजपुर नगरपालिका– ६ बस्ने शेष ईसलामका छोरा ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनपुरधामबाट खटिएको टोलीले आज बारा जिल्ला नेपाल–भारत सीमावर्ती क्षेत्र सिम्रोनगढबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ( डिएसपी ) मुकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।

पक्राउ गरिएका ती फरार अपराधीले अनुसन्धानको क्रममा घटनाका सबै घाइते र मृतकलाई मो. अफताब आलमकै निर्देशनमा बोरामा हालेर ट्याक्टरमा लोड गरी इँटा भट्टामा लगेर जलाएको बयान दिएको प्रहरी प्रवक्ता मिश्रले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यसैगरी : कर्तव्य ज्यान मुद्दामा साढे दुई वर्षदेखि फरार रहेका सिरहा मिर्चैया नगरपालिका–१ का एक जनालाई प्रहरीले २०७७ साल जेठ १८ गते आइतबार पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामका ब्यूरो टोलि र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त प्रहरी टोलीले मिर्चैया नगरपालिका– १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई पक्राउ गरेको हो। 

सिराहाको मिर्चैया नगरपालिका – ११ सीतापुरस्थित ससुराली घरमा लुकेर बस्दै आएका यादवलाई प्रहरीले सुराकीको आधारमा शनिबार राति पक्राउ गरेको हो।  यादवसहितका दुईजनाले २३ असोज २०७४ मा कर्जन्हा नगरपालिका– १० प्रयागपुरका ३६ वर्षीय शशिभूषणप्रसाद साहलाई धारिलो हतियार प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी बिनोद घिमिरेले जानकारी दिनु भयो ।

घटनाका आरोपी सोमन भनिने रामइश्वर कापरीलाई प्रहरीले २५ पुस ०७४ मै पक्राउ गरेको थियो।

यसै क्रममा : रौतहटको राजपुर फरहदवा बमकाण्डका एक आरोपी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको ब्यूरो टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर – ४ का ५५ बर्षीय मुक्ति साहलाई जेठ २५ गते आइतबार पक्राउ गरेको हो ।

भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका वडा नम्बर – ८ बाट शनिबार राति पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनु भयो । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको उनले बताए ।

२०६४ साल चैतमा संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि थुनामा छन् । सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको थियो ।

पक्राउ परेका साहले तत्कालिन कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २/३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको डीआईजी सिंहले बताउनुभयो । त्यस क्रममा विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनापछि साहले आलमकै निर्देशनमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको राजा इँटा उद्योगमा लगी जलाएको बयान प्रहरी समक्ष दिएको प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

‘न्यायपालिकाले गरेको निर्णय कार्यान्वयन भएन भने नागरिकले न्यायापालिकामा माथिनै विश्वास नगर्न सक्छन्, अर्कोतर्फ अदालतले दोषी ठहर गरेका अपराधी समाजमा रहँदा आफूले गरेको सजाय कार्यान्वयन नहुँदा राज्य कमजोर छ भन्ने बुझिन्छ । व्यवस्था नै फितलो हुन जान्छ । त्यस्तै अपराध गर्दा पनि केही नहुने रहेछ भन्ने भावनाको विकास उनीहरुमा हुने भएकोले सामाजिक विकृति बढ्न सक्छ,’ उनले भने, ‘ कानुनी राज्यको अनुभूति दिलाउन र समाजमा शान्ति सुव्यवस्था कायम राख्न पनि फारार अभियुक्तलाई पक्राउ गर्न अभियान नै चलाउने गरेका छौं, यसमा प्रहरी सफल पनि देखिएको छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh