- काठमाडौं,असार ३१ गते बुधबार ।
- जन प्रभाब
नेपाल प्रहरीका बहालवाला प्रहरी नायब उपरिक्षक डिएसपी रमेश बहादुर सिंहमाथि नागरिकता किर्ते गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्द दायर गरेको छ ।
अख्तियारका अनुसार उनले आफू निरिक्षक इन्सपेक्टरमा रहँदा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा दरखास्त गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण–पत्रमा उल्लिखित जम्म मिति सच्चाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपिसमेत लिएको भन्ने उजुरी परेको थियो ।
अख्तियारको अनुसन्धानपछि सिंहले राष्ट्रसेवक नेपाल प्रहरीको (प्रहरी निरीक्षक) ओहदा प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाण(पत्रहरुमा समेत उल्लिखित जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्तसाथ पेश गरि सरकारी लाभ सुविधा लिएको अख्तियारको ठहर छ । भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) विपरीतको कसुर गरेको पुष्टि भन्दै सिंहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
सिंह यसअघि महानगरीय प्रहरी बृत बौद्धका प्रमुख थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !