- बाँके,असार ३१ गते बुधबार ।
- जन प्रभाब
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी हुकुमबहादुर ओली घुस सहित रंगेहात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले ९६ हजार ३ सय रकम घुससहित ओलीलाई रंगेहात पक्राउ गरेको हो ।
आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार ठेक्कापट्टाको लाइसेन्स बनाइदिने नाममा सेवाग्राहीबाट ९६ हजार ३ सय रुपैयाँ नगद लिँदै गर्दा ओली पक्राउ परेको उहाँले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !