- काठमाडौं,असार ३१ गते बुधबार ।
- जन प्रभाब
नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआइको चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकालको समूहले उम्मेदवारी घोषणा गरेका छ ।मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालको समूहले आफनो उम्मेदवारी घोषणा गरेको हो । उम्मेदवार घोषणा कार्यक्रमममा ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहनु भएको छ ।
वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । यसैगरी एशोसिएट उपाध्यक्षमा ढकाल समूहले रामचन्द्र संघईलाई उम्मेदवार बनाएको छ ।
घोषणा सभामा महासंघका उपाध्यक्ष समेत रहनु भएका बरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले कोरोना भाइरस र लकडाउनले थला परेको अर्थतन्त्र र निजी क्षेत्रलाई बचाउँन निजी क्षेत्रको बलियो नेतृत्व आवश्यक भएको बताउनु भयो ।
उपाध्यक्ष ढकालले बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने ब्यवस्था भएको हुदाँ सवैको सहयोग लिएर अघि बढ्ने बताउनु भयो । महासंघको आगामी नेतृत्वको लागि ढकाल समूहको तर्फत्राट पूर्व अध्यक्ष चण्डिराज ढकालले महासंघ नेतृत्वको भूमिका प्रभावकारी हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा ढकाल समूहको उम्मेदवारीमा महासंघको बर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छाको उपस्थिति भने देखिएन ।
महासंघका आगामी नेतृत्वको लागि ढकाल समूहबाट उपाध्यक्षको प्रतिष्पर्धामा रहेको उम्मेदवार उमेशलाल श्रेष्ठ, गुणनीति तिवारी र रामचन्द्र संघाईले महासंघलाई बलियो निजी क्षेत्रको रुपमा बिकास गर्ने बताउनुभयो । महासंघको आगामी नेतृत्वको लागि किशोर प्रधान समूहले पनि उम्मेदवारी सार्वजनिक गर्ने जनाएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !