- काठमाडौं ,असार २५ गते बिहीबार ।
- जन प्रभाब-सम्बादाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच आज बिहीबार भेटवार्ता भएको हो ।
पछिल्लो समय नेकपाभित्रको विवाद चर्किरहेका बेला राजदूतले नेकपाका नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिएकी हुन् ।
आज बिहान राजदूत यान्छीले अध्यक्ष प्रचण्डसँग नेकपाभित्रको विवाद समाधानबारे छलफल गरेको स्रोतले जानकारी दिनु भयो । राजदूतको भेटवार्तालाई केही नेकपा नेताहरुले स्वीकार गरेका छैनन् ।
राजदूत यान्छीले यसअघि नेता झलनथा खनाल, माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेकी छन् । उनले विशेषगरी नेकपाभित्रको विवाद र सरकार परिवर्तनबारे नेकपा नेताहरुसँग कुरा गर्दै आइरहेकी छन् ।
नेकपाका स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीले सरकारबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो ।
विवाद साम्य पार्न नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निरन्तर छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !