- लहान,असार १८ गते बिहिवार ।
राजनीतिक पूर्वाग्रहले मिर्चैया ३ मा दलित वस्तीलाई दिएको जस्तापता लगाउँने कार्य वडाध्यक्ष हरि यादवले रोकिदिएको छ ।
दलितहरुले पटक पटक उपभोक्ता समिति बनाइदिन आग्रह गर्दा पनि वडाध्यक्ष यादवले भोलीपर्सी गरी टार्दै आएका छन् ।
दलित वस्ती विकासको बाध्यक रहेको वडाध्यक्ष यादवले काम गर्न गराउँन चिठ्ठी महिनौदेखि आफ्नो घरमै राखेकोले वडाध्यक्ष सचिवले काम अगाडि बढाउँन नसकेकोले आज असार १७ गते कार्यालयमा तालाबन्दी गरेको छ ।
दलित विरोधी रहेको भन्दै स्थानीय दलितहरुले आफ्नो काम अगाडि बढाइदिन माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरेको छ । जसपाका वरिष्ठ नेता तथा सांसद राजकिशोर यादवको संसदीय कोषबाट मिर्चैया ३ का दलित बस्तीमा जस्तापता लगाउँने योजना आएको छ । दलित बस्ती खरको घर रहेकोले बर्षाको समयमा पानी चुहिने तथा उठिवास भइरहेकोले सांसद यादवले त्यस वस्तीमा १९ लाखको जस्तापता लगाउँने योजना दिएको छ ।
काम गर्न गराउँन फागुनमै चिठ्ठी प्राप्त गरेका वडाध्यक्षले यत्तिवेला कोरोनामा पैसा पठाएको वहाना गरिरहेको स्थानीयले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !