- सिरहा,असार १६ गते मंगलवार ।
- आलोक यादव
विशेष सूचनाको अधारमा लहान प्रहरीले चेकजाँचको क्रममा भगवानपुर गाउँपालिका वडा नम्बर – २ गमहरिया स्थितबाट एकजनालाई ७७२ पिस लागूऔषधको एम्पुल सहित पक्राउ गरेका छ ।
पक्राउ पर्नेमा जिल्ला सप्तरीको खड्क नगरपालिका – ९ बस्ने १८ वर्षीय धिरेन कुमार राम रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत कुमार थापा श्रेत्रिले जानकारी गराएका छन् । उनीहरुलाई राती पक्राउ गरेको हो ।
पक्राउ परेका रामको साथबाट लागुऔषध नोफिन -२५८ एम्पुल , ल्यावोरेट-२५६ एम्पुल , र फेनारगन -२५८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । भारतीय बजारबाट लागूऔषध खरिद गरि नेपालतर्फ आउँदै गर्दा प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौंमात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागुऔषधको डरलाग्दो भुमरीमा फँसिरहेका छन्।
लागुऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सीमापारि, मधेस र पहाडका युवाहरूको त्रिकोणात्मक सञ्जालले लागुऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारिबाट वारिको सहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पु¥याउने र तेस्रो समूह काठमाडौंलगायत ठूला सहरसम्म लागुऔषध पु¥याउने गरेको तथ्य फेला परेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख शरत कुमार थापा श्रेत्रिले बताए। डिएसपी थापाका अनुसार सीमादेखि सहरसम्म निगरानी बढाएर नियन्त्रण अभियान सञ्चालन गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !