- आलोक यादव / काठमाडौं ,असार १२ गते शुक्रबार ।
जनकपुरधाम । प्रहरीले कर्तव्य र मर्यादा विपरीत काम गरेको भन्दै दुई प्रहरी सहायक निरिक्षक सहित तीनजना प्रहरी कर्मचारी कारवाहीमा परेका छन्।
भ्रष्टचार विरुद्धको शुन्य सहनशिलता र आन्तरिक सुद्धिकरण गर्ने नीति अनुरुप २ नम्बर प्रदेश प्रहरीले तीनजनालाई निलम्बन गरेको छ।
वित्तिय अपराध (हुण्डी) कारोबारमा संलग्न रहेका व्यक्तिको आर्थिक प्रलोभनमा परेर सघाएको प्रमाणित भएपछि दुई जना र प्रहरी आचरण विरुद्ध काम गरेका एकजनालाई पटक पटक सुध्रिने मौका दिएपनि आचरणमा सुधार नआएपछि कारवाही गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी ) धिरज प्रताप सिंहले जानकारी दिनु भयो ।
हुण्डी कारोबारीलाई सघाएको प्रमाणित भएपछि ईलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय देवाही गोनाही रोतहटमा दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरी रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक संजिव कुमार झाले प्रहरी आचरण विरुद्ध काम गरेकोमा पटक पटक सुध्रिने मौका दिएपनि आचरणमा सुधार नआएपछि निलम्बन गरिएको प्रहरी प्रमुख सिंहले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !