- बारा,कृष्णा यादव ,असार १२ गते शुक्रबार ।
बाराको १३ वटा स्थानीय तह आगामी आर्थिक वर्ष २०७७/७८ को वाषिर्क बजेट सार्वजनिक गरेका छन् । १० असार स्थानीय तहका लागि अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले तोकेको समय हो । बजेट ल्याउनुपर्ने नितिअनुसार बाराका १३ स्थानीय तहले स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतमा राख्दै आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सिम्रौनगढ, पचरौता र महागढीमाई नगरपालिकासँगै आदर्शकोतवाल, सुवर्ण, देवताल, फेटा, परवानीपुर, करैयामाइर्, बिश्रामपुर र प्रसौनी गाउँपालिकाले पनि नगर तथा गाउँसभामार्फत आगामी आर्थीक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । जसमध्ये सिम्रौनगढ नगरपालिका, आदर्शकोतवाल गाउँपालिका र प्रसौनी गाउँपालिकाले यसअघीनै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए भने अन्यले गिजो सार्वजनिक गरेका छन ।
बाराका स्थानय तहहरुले कोरोना महामारीका कारण सिर्जित समस्यालाई मध्येनजर गर्दै स्वास्थ्य कृषि र शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरेको जनाएका छन् । यसैबिच बाराको एक जीतपुर सिमरा उपमहानगरसहित तीन स्थानीय तहले भने निर्धारित समयमा नीति तथा कार्यक्रम प्रस्तुत जनप्रतिनिधिको बिवादले समयमै गर्ननसकेको हो । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका कोल्हवी नगरपालिका र बारागढी गाउँपालिकाले नगरसभा आयोजन गर्न नसकेका हुन् ।बारागढी गाउँपालिकाका अध्यक्ष देवदत्त बछारले आन्तरिक तयारी नसकिएका कारण गाउँसभा आयोजना गर्न नसकिएको बताएका छन् । उनले आगामी १८ गते भित्रै सभा आयोजना गरेर आगामी वर्षका निति कार्यक्रम प्रस्तुत गर्ने बताउनु भयो ।
साथै कोल्हवी नगरपालिकाकी उप प्रमुख सुनाईना थरुनीले पनि नीति तथा कार्यक्रमबारेको छलफल नटुंगिएकाले निर्धारित समयमा नगरसभा आयोजन नगर्न नसकिएको बताएकी छिन् । आगामी २० गते कार्यक्रम आयोजन गर्नेगरी तयारी भैरहेको उनले बताईन् । त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाले पनि आन्तरीक छलफल र तयारी नसकिएकाले निधारित समयमा नगरसभा आयोजन गर्न नसर्किको जनाएको छ ।

















