जनकपुर,असार ९ गते मंगलवार ।
धनुषाको औरही गाउँपालिकाका प्रशासकीय अधिकृतलाई वडा नम्बर–३ का स्थानीयबासीले कालोमोसो दलेका छन् ।
स्थानीयले धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाको संसदीय विकास कोषको रकमबाट वडा नम्बर–३ कपटौलमा मण्डल सेवा समिति निर्माणका लागि विनियोजन गरिएको बजेटको हिसाबकिताब पारदर्शी गर्न पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरेको भन्दै सोमबार प्रशासकीय अधिकृत सन्तोष शर्मालाई कालोमोसो दलेका हुन् ।
स्थानीय जनार्दन भण्डारीले भने, ‘कपटौलमा मण्डल सेवा समिति निर्माणका लागि गाउँपालिकाले ठेक्काका लागि पहिलो पटकमा ३० दिने सूचना निकालेर बदर ग-यो । फेरि दोश्रो पटकमा पनि १५ दिने सूचना निकालेर त्यसलाई पनि बदर ग-यो ।
ऋहिले आएर काम नहोस् भन्ने मनसायले समय नरहेको भन्दै प्रशासकीय अधिकृत सन्तोष शर्माले आनाकानी गर्न थाले ।’
उनले प्रशासकीय अधिकृतलाई कमिसनको कुरा नमिलेपछि काम नै गर्न नदिएको आरोप समेत लगाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !