सिरहा,असार ८ गते सोमबार ।
क्वारेन्टाइन व्यवस्थापन गर्दै आएका सिरहा नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना पुष्टि भएको हो ।
पिसिआर परीक्षणको सोमबार आएको रिपाेर्टमा पाँचजना कर्मचारी र स्वास्थ्यकर्मीसहित छन् । १३ देखि ८० वर्ष उमेर समूहका चारजना महिला र १९ जना पुरुष कोरोना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।
क्वारेन्टाइनमा रहेकाहरूको ४ असारमा स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं टेकु पठाएको थियो । संक्रमण पुष्टि भएका कर्मचारी र अन्यलाई आइसोलेसनमा राखिएको स्वास्थ्य प्रमुख यादवले बताए । यसअघि आइतबार सिरहामा ५२ जना नयाँ संक्रमित थपिएका थिए । संक्रमितहरू सिरहा नगरपालिकाका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !