Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आत्महत्याको डरलाग्दो तथ्याङ्क, अब मनोरोगी बढ्ने आशंका

काठमाडौं,असार ४ गते बिहिवार ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण पछिल्लो स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा २० जनाको मृत्यु भएको हो । विश्वको अन्य देशको तथ्यांक हेर्दा यो अत्यन्त न्यून संख्या छ । कोरोना भाइरस भन्दा पनि नेपालमा आत्महत्या न्यूनीकरण चुनौती बन्दै गइरहेको छ । किनकी आत्महत्यका घटनाहरू उल्लेख्य रुपमा बढ्दै गएका छन् ।

नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दो छ । दिनहुँजसो आत्महत्याका समाचारहरू आइरहेका छन् । केहीले लकडाउनलाई नै प्रमुख कारण मानिरहेका छन् भने केहीले मनोपीडासँग पनि जोडेका छन् । नेपालमा आत्महत्या गर्नेहरुमध्ये करिब ७२ प्रतिशतले झुण्डिएर आत्महत्या गर्छन् । बिष सेवन गरेर, आफूले आफैंलाई गोली हानेर, आगो लगाएर, हामफालेर, करेण्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गरेको पाइन्छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार लकडाउनको अवधिमा १ हजार ३ सय ७१ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ७ सय १० जना पुरुष, ५ सय ४ जना महिला, ५९ बालक र ९८ बालिका रहेका छन् । विष खाएर र हामफालेर गरिने आत्महत्याको संख्यामा कमी आएको छ तर झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७५/७६ मा विष खाएर १ हजार ३ सय ३६ जना, आगो लगाएर २४ जना, झुण्डिएर ४ हजार ३ सय १९ जना, औजार हतियारबाट १५ जना, हाम फालेर ४६ जना, करेन्ट लगाएर ४ जना, डुवेर २९ जना र विस्फोटक पदार्थबाट १ जना गरि ५ हजार ७ सय ७३ जनाले आत्महत्या गरेका थिए । जसमध्ये ३ हजार १ सय २३ जना पुरुष, २ हजार २ सय ३ जना महिला, १ सय ८९ बालक र २ सय ७० बालिका रहेका छन् । त्यसैगरी ५ हजार ७ सय ५४ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

मनोविश्लेषक वासु आचार्य डिपरेसन र तीव्र तनाव विकारलाई प्रमुख आत्महत्याको कारण मान्छन् । ‘अनेक किसिमका मानसिक रोग बढिरहेका छन्, आत्महत्याका कारण पनि यही हो’–उनले भने ।

आचार्यका अनुसार मनोसामाजिक उल्झन तीव्र बन्दै गएपछि मानिसमा तनाव, चिन्तारोग, निन्द्रा नलाग्ने, डिप्रेसन हुनेजस्ता समस्या बढ्छन् । जब मानसिक छटपटी र चिन्तालाई समयै रोकिन्न त्यसपछि आत्महत्या निम्त्याउने उनले बताए ।

लकडाउन खुकुलो भएसँगै मानिसहरू सामान्य जीवनमा फर्किएको बताउँदै उनले अभिघातजन्य अवस्था पछि हुने तनाव विकार झन् दर्दनाक हुने बताए । कोभिड–१९ ले निम्त्याउने मनोवैज्ञानिक असरले दीर्घकालसम्म सताउने भन्दै उनले उनले भने– ‘अब मानिसमा झान् डर र चिन्ता थपिन्छ । काम कसरी गर्ने, कामबाट निकाल्ने पो हो की भन्ने। घर भाडा कसरी तिर्ने भन्ने इत्यादी कुराले मानिसलाई जीवन नरमाइलो लग्न थाल्छ ।’

उनले यस्तो अवस्थामा आफ्नो विचार व्यवस्थापन गर्नुपर्ने बताउँछन् । यता प्रहरी भने सामान्य अवस्थामा व्यक्तिगत, आर्थिक र सामाजिक कारणले आत्महत्याका घटना हुने गरेको बताउँछन् ।

यस्तो छ तीन महिनाको विवरण
चैत महिनामा विष खाएर १ सय ३ जनाले आत्महत्या गरेका थिए । जसमध्ये ५६ पुरुष, ४४ महिला, २ बालक, १ बालिका रहेका छन् । त्यस्तै आगो लगाएर ३ पुरुषले आत्महत्या गरेका थिए । सबै भन्दा धेरै भुण्डिएर आत्महत्या गरिएको पाइएको छ । १ सय ९२ जना पुरुष, १ सय २४ जना महिला, १६ बालक १९ बालिका गरि ३ सया ५१ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांक रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै औजार र हातहतियारबाट २ पुरुष १ महिला गरि ३ जनाले आत्महत्या गरेका थिए । हाम फालेर ६ पुरुष र १ महिला गरि ७ जनाको मृत्यु भएको थियो । चैत महिनामा ४ सय ६९ विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको थियो । सो महिनामा ४ सय ६६ जनाले आत्महत्या गरेका छन् । जसमध्ये २ सय ५९ जना पुरुष , १ सय ७० जना महिला, १८ जना बालक र २० बालिका रहेका छन् ।

वैशाख महिनामा ३ सय २० जना पुरुष, २ सय ३७ महिला, १७ बालकर २६ बालिका गरी ५ सय ९४ जनाले आत्महत्या गरेका छन् । झुण्डिएर २ सय ४४ पुरुष, १ सय ७६ महिला, १५ बालक र २१ बालिकाले आत्महत्या गरेको तथ्यांक छ । त्यसैगरी विष खाएर ६९ जना पुरुष, ५७ जना महिला, २ बालक र ५ बालिकाले आत्महत्या गरेका थिए ।

चैत र बैशाखको तुलनामा जेठ महिनामा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ । ३ सय २९ पुरुष, २ सय २३ महिला, २१ बालक, २७ बालिका गरि ६ सय जनाले आत्महत्य जेठमा आत्महत्या गरेका थिए ।

त्यस्तै असारमा ३ सय २४ जना पुरुष, २ सय १२ महिला, ३९ बालक र ३२ बालिका गरि ६ सय ७ जनाले आत्महत्या गरिसकेका छन् ।

उपत्यकामा चैत महिनामा २८ पुरुष, १२ महिला २ बालक र १ बालिका गरि ४८ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी बैशाखमा २६ जना पुरुष, १९ जना महिला र १ बालिका गरि ४७ जनाले आत्महत्या गरेका छन् ।

प्रदेशगत विवरण
चैत प्रदेश नं १ मा ६९ जना पुरुष, ४६ महिला, ६ बलाक र ४ बालिका गरी १ सय २५ जना, प्रदेश नं २ मा २३ जना पुरुष, २२ जना महिला २ बालक, ५ बालिका गरि ५२ जना, बाग्मती प्रदेशमा ३७ जना पुरुष, २६ जना महिला, ३ बालक र ४ बालका गरि ७० जनाले आत्महत्या गरेको तथ्यांक छ ।

त्यस्तैगरी गण्डकी प्रदेशमा २४ जना पुरुष, १६ जना महिला १ बालिका गरी ४१ जना, प्रदेश नं ५ मा ४८ जना पुरुष, २४ जना महिला, १ बालक र ६ बालिका गरी ८९ जना, कर्णाली प्रदेश ११ जना पुरुष, ४ जना महिला, १ बालक र १ बालिका गरी १४ जना र सुदूरपश्चिम प्रदेशमा २५ जना पुरुष, २१ जना महिला , १ बालिका गरि ४७ जनाले आत्महत्या गरे ।

बैशाख महिनामा प्रदेश नं १मा ६४ जना पुरुष, ४६ जना महिला, ५ बालक र १२ बालिका गरि १ सय २१ जना प्रदेश नं २ मा ११ जना पुरुष, ३७ जना महिला, ९ बालक, १४ बालिका गरी ७१ जना, बाग्मती प्रदेश मा ४१ जना पुरुष, ३५ ना महिला, ८ बालिका गरि ८४ जना, गण्डकी प्रदेशमा ४२ जना पुरुष, २२ जना महिला, १ बालक र २ बालिका गरि ६७ जना, प्रदेश नं ५ मा ६० जना पुरुष, ४२ जना महिला, ३ बालक, १३ बालिका गरी १ सय १७ जना, कर्णाली प्रदेशमा १४ जना पुरुष, १२ जना महिला, ३ बालक ३ बालिका गरि ३२ जना र सुदूरपश्चिम प्रदेशमा २२ जना पुरष, २१ जना महिला, २ बालक, ३ बालिका गरि ४८ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ ।

विभिन्न अध्ययनले सन् २०३० पछि संसारका तीनमध्ये एक जना मनोपीडित हुने दाबी गर्दै आएका थिए । तर कोरोना भाइरसको महामारी फैलिएसँगै मानिसमा फैलिएको आतंकका कारण दशकअगावै अर्थात् सन् २०२० मै संसारका मानिसहरू मनोपीडित हुने आशंका गरिएको छ।

कारोना भाइरसको त्रासको बेला पनि अन्य मुलुकहरूले मानसिक परामर्श दिन थालिसकेका छन् । मनोवैज्ञानिक उपचारका लागि चौबीसै घण्टा निःशुल्क खटिरहेका उदहारण पनि विश्वमा छ तर नेपालले त्यस्तो कुनै पनि तयारी थालेको छैन । यस्तो अवस्थामा आर्थिक वर्ष २०७७/७८ को बजेटमा मनोवैज्ञानिक त्रास निराकरणका लागि खर्च विनियोजन गरेपनि कार्यन्वयन गर्न नसके स्थिती थप भयावह बन्न सक्ने जानकारहरू बताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh