Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्रीले वायुयान, विशिष्ट वायुयान र विशिष्ट जलयान चलाउनमा व्यस्त – सांसद प्रदिप गिरी

काठमाडौं ,जेठ २४ गते सनिवार ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलका क्रममा आज शनिबार बोल्दै नेता गिरिले कृषिमन्त्री घनश्याम भुसाललाई पूर्वमन्त्री शैलजा आचार्यले जस्तै हिम्मत गरेर अहिलेको चक्रव्युहबाट बाहिरिन र आफ्नो योग्यता र क्षमता देखाउन सुझाव दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले प्रतिनिधि सभामा व्यक्त विचारको अंश :

सभामुख महोदय,

अहिले अनेकन मन्त्रालयका समस्याकाबारेमा संक्षेपमा बोल्नु पर्दा कही संक्षेपमा बोल्न सक्ने कुराका तर्फमात्र संकेत गर्न सकिन्छ।
तथ्यांक र मिथ्यांकको थुप्रोका बारेमा म टिप्पणी गर्न चाहन्न। नेपालमा नयाँ व्यवस्था बनाउने, नयाँ युगको परिवर्तन गर्ने भन्ने कुरा ०४७ सालको संविधानमा बहुदलीय व्यवस्था स्थापना भएदेखि नै चलिरहेको हो।

तपाई हामी सारा आज कम्युनिष्टको नामले जानिएका, कांग्रेसको नामले जानिएका, राजपा, फोरमका नामले जानिएका पार्टीहरु समेत एक भएर हामीले ०४७ सालमा पनि लडेको हो र दोस्रो महान आन्दोलन ०६२÷०६३ मा पनि लडेको हो र गणतन्त्र पनि आएको हो।

तर, संसदीय लोकतन्त्रले पनि नल्याएको अनुभूति, गणतन्त्रले पनि नल्याएको अनुभव र ज्ञान अथवा भनौ अविज्ञान कोरोनाले ल्याउँछ कि भन्ने सानो दुराशा, क्षिण आशा कोरोनाको विपत्तिका बाबजूद पनि विपत्तिका माझ पनि ठूलो संकट हो तर, प्रत्येक संकट एउटा नवअवसर पनि हुन्छ भनेर म जस्ता आशावादीले प्रतिक्षा गरेका थिए ।

जो आशा थियो, त्यो त मूल बजेटले नै ध्वस्त गरिसकेको थियो। प्रस्तुतकर्ता अर्थमन्त्री अथवा अर्थमन्त्रीको प्रस्तावलाई स्वीकार गर्ने क्याबिनेट, मन्त्रिमण्डल, प्रधानमन्त्रीलाई गणतन्त्रपछि आएको नयाँ अवसर र गणतन्त्रका लागि सँगै लडेका हामी सबैको साझा प्रयासले यस संकटलाई अवसरमा बदल्न सकिन्छ भन्ने उहाँहरुमा कुनै पनि अनुभूति बजेटले दिएको थिएन।

अब त्यस बजेटभित्र रहेका कृषि, शिक्षा, स्वास्थ्य, सञ्चारका पाटाहरु हेर्दा र त्यहाँ राखिएको खर्च हेर्दा अब एक मन्त्री, कृषिमन्त्रीले त खर्चको कागजमात्र नदेखाइकन सानो भूमिका पनि लेख्न पाउनु भएको, भ्याउनु भएको छ। त्यो भूमिका समेत पढ्दा आदरणीय कमरेड घनश्याम भुसाल जो निर्विवाद रुपले अत्यन्त प्रतिभाशाली र प्रतिबद्ध कमरेड हुनुहुन्छ उहाँको भूमिका पनि कृषि र पशुपंक्षी मन्त्रालय अन्तर्गत पढे मैले।

र त्यो बाहेक उहाँका अभिव्यक्ति पनि आएका छन्। ए, मन्त्री भएर के के नै गरौँला भन्ने ठानेको त केही पनि गर्न सकिँदो रहनेछ। आदरणीय कमरेड, तपाई अभिमन्यु चक्रव्युहमा प्रवेश गरेझैँ एउटा तन्त्रमा प्रवेश गर्नु भएको छ।

मेरो सम्पूर्ण शुभकामना तपाईलाई छ। तपाईको आत्मानुभूतिका लागि धन्यवाद छ कस्तो अप्ठ्यारोमा परेछु भनर। पुरै अप्ठ्यारोमा पर्नु भएको छ। त्यो अप्ठ्यारोको निमित्त तपाइका अध्यक्ष, तपाईका प्रधानमन्त्री मात्र जिम्मेवार छैनन्।

यो व्यवस्था र हाम्राबीचको वैमश्यता (हाम्रा भन्नाले कांग्रेस÷कम्युनिष्ट होइनन्) सिंगो संसदको आफ्नो आफ्नो राग, आफ्नो आफ्नो दशलग व्यक्तिगतस्तरमा न हामीसँग विश्व दृष्टिकोण छ न हामीसँग समाजवादी दृष्टिकोण छ। त्यो भन्न चाहन्छु।

तपाइको अभिमन्युसँग तुलना गरिसकेपछि यहाँभन्दा बढ्ता मैले केही भन्नु परेन। त अभिमन्यु अत्यन्त नै गौरवशाली पात्र थिए, एसएसवी थिए, अहिलेसम्म एसएसवी छन्। तपाई जस्तै एकजना पूर्वमन्त्री शैलजा आचार्यले यस्तै दुश्साहस संसदको फोरमबाट गर्नु भएको थियो। र कडा मूल्य तिर्नु भएको थियो।

के छ? सबैलाई थाहा छ, कोरोनाले ल्याएको बेरोजगारी, आप्रवाशनबाट फर्किने समस्याले गर्दा कृषिलाई अत्यन्त ठूलो महत्व दिनु परेको थियो।

कृषि भनेको के हो ? सिंचाइलाई अत्यन्त ठूलो महत्व दिनु परेको थियो। र कनिका छरेजस्तो अनेकौँ शीर्षकमा पैसा छर्ने कुरा थिएन। खतरनाक किसिमबाट पैसा छरिएको छ।

म तपाईलाई केही महिनाअघि फेब्रुवरी महिनामा अनुदान÷सब्सीडिका विषयमा लेखिएको लामो लेखः नयाँ क्रान्तिको जन्मभूमि ठहरिएको रोल्पामा बाँढिएको अनुदानको विवरण हेर्नका लागि दुई फेब्रुअरीको काठमाडौं पोष्ट हेर्न अनुरोध गर्दछु।

म त्यहाँ भएको घटनाको विवरणका बारेमा कुरा गरेर आफू लज्जित हुन चाहन्न। किन कि त्यसबाट कामरेड मन्त्रीहरु नै लज्जित हुनुहुनेछ र म पनि लज्जित हुनेछु। तर, संक्षेपमा समय थोरै छ, एउटा कुरा भन्न चाहन्छु, कि स्वास्थ्य मन्त्री, शिक्षा मन्त्रीलाई एकै शब्दमा स्वास्थ्य भन्ने शब्द स्वः मा स्थित हुने अभ्यास हो। कुनै एलोपेथिक र आर्युवेदिक दबाइले ठिक गर्दैन।

शिक्षा भनेको, आइए र विएको डिग्री लिएर जागिर खोज्दै हिँड्ने निवेदन पत्र होइन। अन्य केही नगर्नुहोस्, पैसाको सवाल छैन। मन्त्री भएको बहानाले मन्त्री भएको विशेषाधिकार प्रयोग गरेर स्वास्थ्यको राम्रो अर्थ बताइदिनुहोस् तपाईका कर्मचारीलाई र कर्मचारीका माध्यमबाट जनतालाई र कार्यकर्तालाई।

कृषिमन्त्रीका हकमा कृषि मन्त्रीले एउटा कुरा सम्झना राख्नु होला, बजेटको हेरफेरको कुरा मात्र होइन, त्यो हो बजेटवीना केही गर्न सकिन्न। कृषि मुख्यतयः एउटा जीवन शैली हो। मधेसमा, वर्तमान कृषिमन्त्रीको चुनाव क्षेत्र पनि मधेस नै छ, एउटा कथन छः उत्तम खेति मध्यम वान, अधम चाकरी निचे दान।

खेतीलाई आम्दानीको स्रोत मानिकन प्रचारप्रसार गर्न थाल्नु भयो भने सफल हुनुहुन्न। बृद्धिदरवादी अर्थशास्त्रीले तपाईलाई पराजित गर्छन्। तर, शास्त्रमा भनिएको थियो, यदि पैसा कमाउनु छ भने व्यापार गर, व्यापारे वसते लक्ष्मी, होइन शान्तिपूर्वक जीवन विताउनु छ भने कृषि गर।

कल्पना गर्नुहोस्, सानो खुशी किसान, त्यसलाई कसरी अनुदान दिनुहुन्छ? त्यसको घाटाको व्यापारलाई कसरी दुर गर्नु हुन्छ? जसले उखु बेच्दा पनि ठगिन्छ, चिनी किन्दा पनि ठगिन्छ। मैले ठगिन्छ भन्ने शब्दको प्रयोग गरे, ट्याक्स तिर्छ भन्ने शब्दको प्रयोग गरिन। सत्य के हो भने, उखु बेच्दा पनि उसले ट्याक्स तिनु परेको हुन्छ। सिंचाईका रुपमा, पानीका रुपमा, खाद्यका रुपमा (मलमा पनि कर लगाइएको छ) अर्को रुपमा चिनि किन्दा कति ट्याक्स र अन्तशुल्क लगाउनु पर्छ तपाईलाई थाहा छँदैछ।

त्यसैले कृषिका प्रति आज अत्याधिक ज्यादा सहानुभूतिको आवश्यकता छ। कोरोनाले त्यो सहानुभूतिलाई अत्यावश्यक बनाइदिएको थियो। प्रधानमन्त्रीले त यस देशमा वायुयान, विशिष्ट वायुयान र विशिष्ट जलयान चलाउनमा व्यस्त हुनुहुन्छ।

अर्थमन्त्री प्रत्येक शहरलाई कहर बनाउन व्यस्त हुनुहुन्छ। जुन पोहर साल यहि सदनमा भनिसकेको छु। तपाई क्रान्तिकारी कृषिमन्त्री, प्रतिबद्ध शिक्षामन्त्री तपाईहरुले यस परिस्थितिलाई प्रतिरोध गरेर पहिलोपटक शिक्षा र कृषिको महत्व बताएको अनुभूति मात्र बजेटमा दिनुहोला भन्ने थियो। तपाईहरु दुबैलाई शुभकामना दिएर सुरक्षित यो चक्रव्युहबाट फर्किनु होला भन्ने शुभकामना दिँदै आफ्नो मन्तव्य सिध्याउँछु। धन्यवाद।

हिमाल दैनिक बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh