एजेन्सी
न्युयोर्क,जेठ २४ गते ।
माइकल जोर्डनले अमेरिकामा सामाजिक न्याय र समानताका लागि संघर्ष गर्नका लागि १० करोड डलर सहयोग गर्ने शुक्रबार घोषणा गरेका छन् ।
एनबीए लेजेन्ड जोर्डन उनको ब्रान्डले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अबको १० वर्षमा यो रकम खर्च गरिनेछ । रंगभेदी व्यवहारविरुद्ध सामाजिक न्याय र समानताका लागि लडिरहेका संस्थाले यो सहयोग रकम पाउने छन् ।
खेलकुद क्षेत्रबाट कुनै पनि गैर नाफामूलक संस्थाले दिन लागेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक सहयोग हो । जोर्डनलाई विश्व बास्केटबलकै अहिलेसम्मकै सबैभन्दा ठूला र सफल खेलाडी मानिन्छ ।
प्रहरीको हातबाट एक अश्वेतको मृत्यु भएपछि अमेरिकामा चलिरहेको साता लामो प्रदर्शनबीच यो सहयोग घोषणा अगाडि आएको छ । जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमै निर्ममतापूर्वक मे २५ मा मृत्यु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !