भारती गुप्ता
लहान । लकडाउनमा राहतको अति आवश्यता छ । राहतको लागि गरिब दलितहरुले आशमा रहेको हुन्छ । आजसम्म लकडाउनको चालिस दिन बित्न लागेको छ । स्थानिय सरकारले राहतको व्यवस्था गरेको ठीक हो । राहतमा सरकारले जुन बाँडनु भएको राहत सामाग्रीहरु कतै चामल कुहिएको छ । त कतै आलु सडेको त दालमा किरा लागेको रहेको पाइन्छ । त्यो सामाग्री बाडनु भन्दा राम्रो हुन्थ्यो स्थानिय सरकारले राहत सामाग्रीको सटा सबै गरिब दलितहरुलाई घरघरमा गएर खाद्यान्यको ठाउँमा पैसा दिँदा कति राम्रो हुन्छ होेला । राहत लिने व्यतिmलाई पनि खाना खाने स्वाद लिने हुन्छ । सबैको खाना खाने बानी आप्mनै किसिमको हुन्छ । सबैको घर व्यवहारलाई आप्mनै तरिकामा आफु बसेको ठाँउमा मिलाउन सकिदैन । त्यसैले यदि राहत सामाग्रीको साटो पैसा दिएको भए भने उनीहरुले आप्mनै तरिकाबाट जुन सामाग्री आवश्यक हुन्थ्यो । त्यो मात्रै किन्ने गथ्र्यो । पैसा भएको भए उनीहरुको कसैको घरमा बच्चा बिरामी हुन्थ्यो । कसैको घरमा बृद्धबृद्धाहरु बिरामी हुनसक्छ । त्यति बैला पैसा हुदैन भन्ने कहाँबाट उपचार गराउन सकिन्छ रु त्यति बैला राहतमा दिएको पैसाले बिरामीलाई उपचार गराउन सजिलो हुन्थ्यो ।
आवश्यकता अनुसार खाना व्यवस्था गर्न सक्रिय हुन्थ्यो होला । कोरोना भाइरस जस्तो माहामारी फैलिएको कारण सामाजिक दुरी कायम गर्नको लागि राहत बाँडने बेलामा भिडभाड हुन्छ । त्यसबाट पनि कोरोना भाइरस सर्न सक्छ । राहत लिने कि माहामारी रोग लिने जस्तो अवस्था आएको देखिन्छ ।गर्भवती महिलालाई लकडाउनको बेला धेरै समस्या भएको हुन्छ । गर्ववती भएकोले राहत पाएको हुदैन । गरिब दलित समाजमा गर्भवती सुत्केरी महिलालाई धैरै समस्या भएको हुन्छ । यिनीहरुको समस्यालाई समाधान गर्नको लागि गाउँमा टोलमा स्थानीय सरकारले व्यवस्थ गर्नको लागी स्वंम सेबिका परिचालन गर्न अति आवश्यक देखिन्छ । लकडाउनको बेला बालबालिकाहरुलाई पोष्टिक आहार मिलेको हुदैन । पोष्टिक आहार नखानाले बालबलिकामा कुपोषण हुन सक्छ । बालबालिकाहरुले शारीरिक बिकास गर्न सक्दैन । छिटै बिरामी हुन सक्छ । त्यसबाट जोगाउनको लागि सरकारले आहारमा बिचार गरि दिनपर्छ ।बालबालिकाहरुलाई सन्तुलित भोजनको आवश्यक परेको हुन्छ ।सन्तुलित भोजन यो लकडाउनको बेलाममा उपलब्ध गराउन सकिरहेको छैन । राहतमा दिइएको कुहिएको चामलको भात खादा झन बिरामी हुने डरले चामलको भात नखाएको भन्ने मुसहर समुदाय कठिनाई भोगिरहेको छ । लकडाउनको बेला घरबाट बहिर निस्कन गाह्रो भएको छ । घरमा खाद्यान्न सामाग्री कहाँबाट आउछ समस्या त सबैमा आउँछ तर यस मार सबै भन्दा गरिब परिवारमा आउछ । उनीहरुलाई कुनै आम्दनीको स्रोत हुदैन आम्दनी नभएको कारण धेरै नै समस्या आएको देखिन्छ । घरमा बालबालिकाहरुलाई लालनपालनमा समस्या आएको हुन्छ । पैसा भएको भए मानिसको बोली व्यवहार अर्के हुन्छ । तर पीडितलाई कसैले आप्mनो खलतीबाट केही सहयोग गर्दैन । तर सहयोगको नाममा केही राहतको नाममा दुई किलो चामल र आलु दिएर फोटो फेस बुकमा राखेर गरिबलाई बेज्जती गर्न खोजिएको देखिन्छ । राहतको नाममा कति भ्रष्टाचारी गर्ने त रु व्यापक प्रश्न उठ्न थालेको छ । बिपन्नवर्गमा एक छाक खानाको लागि बृद्धबृद्धा बालबालिकाहरु भोकले रोइरहेको छ । यहाँ जनप्रतिनिधिले कमिसनको चलखेलमा राहत बाँडिएको छ । लामो समयदेखि लकडाउन छ । खाद्यान्नको ठाउँमा पैसाको आवश्यकता छ ।
अप्ठयारो जीवन र मुस्कानको चाहना
यो धरतीमा जिवनै भएन भने धरतीको महत्व हुदैन । त्यसैले धरती सुन्दर संसार हुनु जिवनको धेरै नै महत्व हुन्छ । मानव जिवनमा धेरै दु।ख पिडा आईरहन्छ । त्यसलाई झेल्दै बढिरहेको हुन्छ । मानव जिवनमा कहिलै खुसी हुन्छ कहिलै दुखी पनि हुन्छ । जस्तै आँगनको डिलमा फुलेका फुलहरु देख्दा तिनको स्वतन्त्रता देखेर त्यही भोग्न मन लाग्छ । तर त्यसलाई कसैले मन परउदैन । किनभने सही कुरा कसैलाई राम्रो लाग्दैन । अप्ठयारो समयमा कसैले कसैलाई चिन्दैन । तर खुसीको बेला सबैको मुखमा मुस्कान हुन्छ । सुख दुख जिवनको लागि मिल्दोजुल्दो रहेछ । संघर्ष बिनाको जिवन अध्यारोमा बस्नु हो । आखिर जिवन भनेको यो धरतीको भार नबनेर आफु नमरेकाल बुढेसकाल सम्ममा आप्mनो नामलाई सधै चर्चामा राखेर यस संसारबाट बिदा हुनु हो । किनकी मानिस धनसम्पतीले आप्mनो व्यवहार बढाउन सकिदैन । मानिस जति पनि पैसा भए गरिब र धनी छुट्याउँदैन तर व्यवहार बोलीमा छुटयाउन सकिन्छ । राम्रो स्वाभाव भएको ब्यतिm सबैको नजरमा राम्रो हुन्छ । मानिस जिवनमा धेरै उपलब्धी गर्न सकिन्छ । उदाहरणको लागि किसानले आप्mनो जिवनमा कति मिहिनेत गरेर तरकारी उब्जाएको हुन्छ । एउटा गाछीलाई किसानले जति माया आप्mनो छोराछोरी सँग गरेको हुन्छ । त्यति नै मिहिनेत गरेर पसिना बगाएर गाछीलाई माया गरेको हुन्छ । त्यो गाछीमा फलेको तरकारी बजारमा ल्याउदा एक त तरकारीको मूल्यमा कमि भएको हुन्छ । अर्को ग्राहक व्यवपारीले तरकारीको मूल्यमा कमि गराएको हुन्छ । किसानले पसिना बगाएर उब्जाएको तरकारीको मूल्यमा कमि गराउछ तर मिठाई पसल रक्सी पसलमा मूल्यमा कमि गराउदैन । आजको युगमा रक्सी बेच्नलाई कति मान सम्मान पाएको हुन्छ । व्यापारी भनेर कति त्यसलाई इज्जत गरेको हुन्छ । किसानले जति मिहिनेत गरेपनि किसान नै भनिन्छ । तर किसानले पसिना बगाएर कमाएको पैसाबाट आफनो छोराछोरालाई आप्mनो चाहना पुरा गर्न सकिदैन । व्यवपारीले आफनो छोराछोरीलाई जे पनि बनाउन सकिन्छ तरकिसान पैसा अभावमा बाच्नुपर्ने अवस्था छ । व्यापारीले दिनमा दुई हजार कमाउछ भन्ने किसानले दुई सय कमाउछ । त्यसै कारण किसानको जिवनमा अप्ठयारो हुन्छ । र व्यापारीको जिवनमा मुस्कान हुन्छ । मानिसको जिवनमा जे लक्ष्य राखेको हुन्छ । त्यसलाई सकार पार्नको लागि मिहिनेत गर्नु पर्छ र पैसाको खाचो देख्नुपर्छ । बालबलिकाहरुलाई सपार्न सानै उमेरदेखि त्यसको बोलीचालीमा सुधार गर्नु अति आवशयक हुन्छ । बालबालिकाहरुलाई स्कूलको बाटो देखाउनु भन्दा पहिले घरमै आमा बुबासहित परिवारिक बोलीचाली सिकाउनु आवशयक हुन्छ । परिवारिक अनुशासन सिकेको बालबालिकाहरु देशको कर्णधार बन्न सक्छ । बालबालिकाहरु जसरी आप्mनो परिवारमा हुर्केका हुन्छ । त्यसरी नै अरु ठाउँमा गएपछि त्यहाको माहौल कस्तो छ भन्ने आफुले सिकेका राम्रा विचार प्रस्तुत गर्दछन् । मानिस जहिले पनि सहनशिल स्वभावको हुनुपर्छ । आप्mना जिवनमा भएका समस्यालाई समाधान गर्नको लागि मिहिनेत गर्नुपर्छ । मेहनत गरेर कमाएको पैसा खेर जादैन । जसरी गाईभैँसीले दिइएको दुध शुद्ध हुन्छ । त्यही दुधलाई बजारमा बेच्दा उन्नतीतर्फ बढ्छन् । यदि दुधमा पानी मिसाएर बेच्ने मानिस कहिले उभो लाग्दैन । यसर्थ सहिसत्य मार्गलाई अपनाएर अघि बढियो भने जीवनमा मुस्कान पाउँछन् । झुठको खेती गर्ने मानिस सधैं जीवनमा समस्या खेप्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !