जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १४ गते .
काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कानुनी राज्य र नागरिकको जीवन रक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने? भनेर प्रश्न उठाएका छन्।
आफ्नो पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै अपहरण प्रकरणमा संलग्नमाथि कारबाही माग गर्दै किटानी जाहेरी गर्न पुगेका डा भट्टराईसहितको टोलीले दर्ता गराउन लागेको किटानी जाहेरी दर्ता नगरेपछि यस्तो प्रश्न उठाएका हुन्।
पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि ‘यत्रो देशविदेश तरंगीत गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसरमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दनि लाग्दा दर्ता गन्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’ भनी ट्विट गरेका छन्।

समाजवादी पार्टीका अध्यक्ष, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, र नेताहरू राजेन्द्र श्रेष्ठ, हिसिला यमी अशोक राई किटानी जाहेरी दर्ता गराउन प्रहरी परिसर टेकु पुगेका थिए। तर प्रहरीले सो किटानी जाहेरीसहितको उजुरी दर्ता गराउन नमानेपछि चर्काचर्की भएको बुझिएको छ।

















