जन प्रभाब-२०७७ बैशाख ४ गते ! विजय कुमार गुप्ता
मृत्यु अन्तिम सत्य हो । जीवन मृत्यु को लागि पाएको होइन । कोभिड–१९ ले विश्वलाई निश्चित एकाइमा परिणत हुन बाध्य गरिरहेको छ । इतिहासमा यस्तो घटना पहिलो हो । आज विश्व भरी का मानिस हरु कोरोन सम्बन्धी को समाचार हेर्ने ललायित छन र सम्पूर्ण मानव जातीनै खतराको अनुभुती गरिरहेको छ ।
विश्वको सम्पूर्ण जनसंख्यासामु कोरोना रोग तीव्र विस्तारका दृष्टिले भने यो भयावह हो र रोगीको संख्यामा वृद्धिसँगै विश्वभरिका सरकारहरु, विश्व स्वास्थ संगठन लगायत सम्पूर्ण मानवको सेवामा कार्य गर्ने सम्पूर्ण संगठनहरु संवेदनशील बनेको छ । आकाशमिक लकडाउनले हाम्रो देशको सम्पूर्ण नागरिकलाई झस्काइ दिएको छ । बेरोजगारहरु को लागि यो धेरैनै कठीन समय छ सरकार ले केही राहतको कागजी घोषणा त गरी सकेको छ तर जनस्तरमा घोषणा गरेको कुराको कार्यनवन पक्ष धेरै फितलो छ , जनस्तर सम्म स्थानिये जनप्रतिनिधीज्युहरुको पहुचको उपयोग हुन सकेको छैन, जनतालाई बर्तमान र भविस्यको चिन्ताले पिरोलीरहेको छ ।
विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका कोभिड–१९ संक्रमितको विश्वभरीमा को पहिलो स्थानमा पुगी सकेको छ र मृतकको तथयान्क हेर्दा अमेरिका तेस्रो मुलुक बन्न पुगेको छ ।अमेरिका विश्वको ठुलो शक्तीसम्पन राष्ट्र हुदापनी त्यहाँ एक खालको डर र सन्त्राश देखिन थालेको छ , यो भाइरस चाइना बाट फैलिएकोले अमेरिकि राष्ट्रपतीले कोभिड–१९ लाई चिनिया भाइरस भनी रहेको छन एकातिर भारत लाई हेर्दा लाखो लाख मजदुर बेसहरा भएर शहर बाट गाउ तिर पलायन भएरहेको छ ,मजदुर र आर्थिक रूपमा कमजोर वर्गले चौतर्फी असुरक्षित महसुस गरिरहेका छन, हजारौँ किलोमिटरको पैदलयात्रा गरेर गाउँ फर्केर जान जोगाउनु बाध्य छन् । उनीहरूको बाध्यताको हद कतिसम्म छ भने उनीहरूलाई कोरोना भाइरसको संक्रमणको भय पनि छैन । यो पलायन नितान्तनै श्रमिक वर्गको रोजी रोटी सँग जोरिएको छ ,कोरोना मानव ईतिहासको ठुलो त्रासदीको रुपमा रहेको छ ।
\बिशाल जन्सन्ख्या भएको मित्र राष्ट्र भारत सँगको खुला सिमा पनि एउटा चुनौतीको रुपमा रहेको छ , मित्र राष्ट्रमा सन्क्रमन अत्यधिकरुपमा फैलियो भने हामी खतरामा पर्नसक्छौ ,कती ठाउँ नेपाल भारत सिमामा बस्ने नेपाली जनताहरुले सिमा घुसपैठ रोकेर राष्ट्रलाई सघाई रहेका छन , सरकार द्वारा लोकडाउन अवधी भरको लागि हाम्रो देशको सम्पूर्ण सिम्मा नाका आवत जावत बन्द गरिएको छ ।
विश्वभर स्वास्थ्य क्षेत्र तथा व्यापार व्यवसायलाई जोगाउन विभिन्न तयारी भइरहँदा नेपालमा भने राहत प्याकेज घोषणा हुन सकेको छैन । नेपालमा दैनिक ज्यालादारीमा जीवनयापन गर्ने नागरिक समस्यामा परिसकेका छन् । तर सरकारसँग उनीहरूको तथ्याङ्कसम्म छैन । उनीहरूको जीवन धान्नका लागि आवश्यक राहतको तयारीबारे अझै सोचिएको पाइँदैन । यद्यपि केही नगरपालिकाले सीमित गरिब जनतालाई खानाको व्यवस्था गरेको समाचार आइरहेको छ । यो सह्रानीय हो ।
सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेपछि लडाइँमा जसरी सैनिकलाई हातहतियार दिएर मात्र पठाइन्छ त्यसैगरी महामारी नियन्त्रण गर्न स्वास्थ्यकर्मी पठाउँदा उनीहरूको सुरक्षाका लागि पीपीई आवश्यक छ । तर पीपीईको पनि आजसम्म व्यवस्था गर्न सकेको छैन पीपीई छिट्टै लिएर आउने सरकारले प्रयास गरीरहेको छ वितरणमा राजनीतिक स्वार्थ जोडिएन भने केही समयमै यी सामग्री स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा पुग्लान् । यसले आम स्वास्थ्यकर्मीसँगै आम नागरिकमा मानसिक रूपमा राहत महसुस गराउ छ । तर यो प्रयाप्त प्रयास होइन ।
कम्तीमा हरेक प्रदेशमा कारोना भाइरस परीक्षणको व्यवस्था गर्न निकै ढिलो भइसकेको छ । यो मसिन स्थानीय तहले समेत खरिद गर्न सक्ने सामर्थ राख्छ । करिब २२ लाख पर्ने यो पीसीआर मसिन उपलब्ध गराउन सङ्घीय वा प्रदेश सरकारले नसक्ने कुरै होइन । तर यहाँ इच्छाशक्ति र जनताप्रति उत्तरदायित्वको सवाल मात्रै जटिल बनेको छ ।
साथै अहिले देशभर उपलब्ध पाँच सय भेन्टिलेटरले साध्य लाग्ने छैन । त्यसैले देशभर कम्तीमा एक हजार भेन्टिलेटर स्थापना गर्न सरकारले युद्धस्तरमा काम गर्न जरूरी छ । एउटा भेन्टिलेटर निर्माणमा करिब १५ लाख लागत लाग्छ ,यो राज्यका लागि कुनै ठूलो पहाड खस्ने समस्या होइन । जनता रहे न राज्य रहने हो । यी सबै व्यवस्था सातै प्रदेशमा गर्न करिब तीन चार अर्ब लाग्छ । जुन एक राज्यका लागि ठूलो कुरै होइन ।
त्यस्तै गरिबको दैनिकी कष्टकर बन्ने गम्भीर विषय छ । राज्यले जनतामा राहतको महसुस गराउन सकेको पाइँदैन । यस विषयमा सरकार अविलम्ब गम्भीर बन्न नितान्त आवश्यक छ । विपतमा जनताको गाँस, बास र कपासको जोहोमा लागिपर्नुपर्ने देखिन्छ , ठूला उद्योगी व्यापारीको ऋणको व्याजमा सहुलियत घोषणा गर्नु उत्तम हो । किनकि उनीहरूले तमाम नागरिकलाई रोजागार दिएका छन् । तर योसँगै साना व्यवसायी र स्वरोजागरमूलक व्यवसायी, सञ्चार माध्यमलाई पनि राहतको प्याकेज दिन सक्नुपर्छ ।
देशका अस्पतालका सम्पूर्ण शय्यामध्ये ७० प्रतिशत निजी अस्पतालले ओगटेको छ तर उनीहरूमध्ये अधिकांश अहिलेको महामारीमा अग्रसर देखिएका छैनन् , प्रदेश २ को मुख्यमन्त्रीज्यु को भनाइ सँगमा सहमत छु वहाँ ले निजी अस्पातलको भूमिका माथि सवाल उठाएक छन ,एस्तो निजी अस्पातलको दर्ता खरिज गरी दिनु पर्छ, सरकार किन मूकदर्शक बनेर बसेको छ विचारणीय बनेको छ ।
जनता रहे देश रहन्छ त्यसैले देश, राज्य र शासन रहनका लागि जनता आवश्यक छ । ती जनता यतिबेला कोरोनाको कहरमा घरभित्रै थुनिएर बस्न विवस छन् । यो विकराल घडीमा सरकारले अभिभावक हुनुको अनुभूति दिन सक्नुपर्छ । जनता र विपदको नाममा बेइमानी गर्ने बेला यो होइन । यतिबेला जनताले सङ्कटको घडीमा आफू, परिवार, समाज र सिङ्गो देश जोगियोस् भनेर लकडाउनमा छन् । त्यसैले सरकारले सरकार हुनुको अनुभूति दिन ढिलाइ गर्नुहुँदैन । जनतालाई दुःखेको घाउ सिंहदरबारलाई पनि दुख्नुपर्छ ।
तीन तहको सरकार भएको बेलामा जनता को सम्स्या ब्यबस्थापनाको लागि अग्र पङ्तीमा स्थानिये सरकार हुनुपर्छ तर स्थानिये सरकारको सक्रियता न

जनता को सम्स्या ब्यबस्थापनाको लागि अग्र पङ्तीमा स्थानिये सरकार हुनुपर्छ तर स्थानिये सरकारको सक्रियता नियुन छ , स्थानिये सरकारले अग्रसरता लिये जनताको सम्स्या समाधन हुन सजिलो हुनेछ , गरीब निमुखा बेरोजगार हरुले तु खाधान सहितको राहत पाउनु पर्छ र स्थानिये स्तरमा सकेसम्म गरीब , दलित , निमुखा , निम्नआय भएको व्यपारी को हकमा ठुलो रहात को अनुभुती तु गराउनु स्थानिये सरकार अग्रसर भये जनता लाई स्थानिये सरकार र सिंहदरबार नजिकमा रहेको अनुभुती हुने छ, सम्पूर्ण राजनैतीक दलहरुले दलगत स्वार्थ बिर्सेंर देश र जनताको लागि एकजुट हुने वक्त आएको छ र तिनै तहको सरकारलाई निस्वार्थ सहयोग गर्ने बेला छ, राष्ट्रप्रेमी हरुले राष्ट्रप्रेम सरकारलाई सहयोग गरेर देखाउनु बेला यही हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !