Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कसले ल्याउँदैछ चीनबाट कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री ?

सरकार कि निजी क्षेत्रलाई बेचिँदै छन् यी सामान ?

काठमाडौं चैत २१ गते । बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौंबाट चीनको ग्वाङ्जाओका लागि उड्यो । निगमको एअरबस ३३० विमान बिहीबार बिहान ११ः३० बजे कोरोना भाइरससँग सम्बन्धित मेडिकल सामग्री लिन चीन उडेको हो ।

नेपाल सरकारले बुधबार मात्रै ओम्नी ग्रुपसँग स्वास्थ्य उपकरण खरिद गर्ने गरी गरिएको सम्झौता रद्द गरेको थियो । यस्तो अवस्थामा कसले किन लग्यो होला चीनमा जहाज ?

अहिले धेरै मानिसलाई लागेको होला कि सरकारले नै स्वास्थ्य उपकरण खरिद गर्नका लागि चीनमा विमान पठाएको हो । यदि यस्तो सोच्दै हुनुहुन्छ भने त्यो गलत हुनेछ । किनभने बिहीबार चीनका लागि उडेको विमान सरकारले नभएर निजी क्षेत्रले चार्टर गरी पठाएको हो । र, उसले ल्याउन लागेको भनिएको स्वास्थ्य उपकरण पनि सरकारको लागि नभएर निजी व्यवसायीले व्यापार गर्नका लागि ल्याउन लागेका हुन् ।

नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहिबार चार्टर गरिएको विमान सरकारले नभएर निजी व्यवसायीले चार्टड गरेका हुन् । फ्ल्यास फ्रेट नामक कार्गो कम्पनीले उक्त विमान चार्टर गरेको उनले बताएन् । तर कसको सामान ल्याउन गएको भन्नेबारे आफूहरुलाई केही थाहा नभएपनि कोरोना रोगसँग सम्बन्धित स्वास्थ्य सामग्री र उपकरण लिन गएको उनले रातोपाटीलाई बताइन् ।

नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको तर स्वास्थ्य उपकरण नभइरहेको अवस्थामा यी सामान कसले कुन प्रयोजनका लागि नेपाल ल्याउँदैछ त ? यस सम्बन्धमा हामीले विमान चार्टड गर्ने फ्ल्यास फ्रेट प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक अरुणा सिग्देललाई सोध्दा उनले निजी संस्थाको स्वास्थ्य सामग्री लिन गएको बताइन् ।

कुन सामग्री र कसका लागि ल्याउन लागिएको हो भन्ने प्रश्नमा उनले निजी व्यवसायीहरुले नै विमान चार्टड गर्नका लागि आग्रह गरेका र आफूहरुले त्यसको व्यवस्थापन मात्रै गरेको उनले बताइन् । सिग्देलले भनिन्, ‘हामीले कार्गोको काम मात्रै गरेका हौँ । अहिले ल्याउन लागिएको सामान सरकारको नभएर निजी व्यवसायीको हो । तर यो सामान सरकारलाई नै बेच्ने हो कि अरुलाई बाहिरै बेच्ने हो त्यो चाहिँ हामीलाई पनि थाहा छैन ।’

‘के के सामग्री ल्याउन लागिएको छ ?’ भन्ने हाम्रो प्रश्नमा उनले कोरोनासँग सम्बन्धित एन ९५ मास्क, सर्जिकल मास्क र फेस मास्क, पीपीई, चस्मा, थर्मोमिटर गन लगायतका सामग्री ल्याउन लागेको बताइन् । विमान आज राति नै नेपाल आइपुग्ने समेत उनले बताइन् । यसपटक करिब २० टन सामान आउने सिग्देलले रातोपाटीलाई बताइन् ।

सामान अझै लोड हुन सकेन

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार चिनको ग्वाङ्जाओमा करिब २ घण्टा रोकिएर विमान नेपालतर्फ उडिसक्नुपर्ने थियो । तर विमान ल्याण्ड भएको करिब ३ घण्टा भइसक्दा पनि यतिबेलासम्म (साँझ ७ बजे) पनि विमानमा सामान लोड हुन सकेको छैन । चार्टड गरेको संस्थाले अझैसम्म पनि सामान विमानस्थलमा ल्याउन सकेको छैन जसको कारण विमान नेपाल फर्कन समय लाग्ने भएको हो ।

निगमको खर्च बढ्यो

समयमै सामान लोड गर्न र उडान भर्न नसक्दा नेपाल वायुसेवा निगमले ग्वाङ्जाओ विमानस्थललाई तिर्नुपर्ने खर्च भने बढ्ने भएको छ । सामान्यतः २ घण्टासम्मको अवधिलाई (स्टायण्डर्ड ग्राउण्ड टाइम) निश्चित रकममात्रै तिरे पुग्ने भएपनि २ घण्टाभन्दा बढी समय लागेमा ग्राउण्ड ह्याण्डलिङ र ल्याण्डिङ पार्किङको शुल्कसमेत तिर्नुपर्ने हुन्छ । त्यसो हुँदा निगमलाई थप व्ययभार पर्नेछ ।

१२ घण्टा कटेमा पाइलट नै फेर्नुपर्छ

आइकाओको नियमअनुसार एक दिनमा एक पाइलटले १२ घण्टाभन्दा बढी समय उडाउन पाउँदैन । १२ घण्टा उडाउने भनेको आकाशमा मात्रै नभएर आराम गर्नेसम्मको समय हो । तर अहिले नै ७ घण्टा ३० मिनेट समय गइसकेको छ । तर अझै पनि सामान लोड हुन र उडान भर्न कम्तिमा पनि २ घण्टा लाग्ने निगम स्रोतले बताएको छ । त्यसो भएमा करिब १० घण्टा समय बित्नेछ । र २ घण्टापछि विमान उडेपनि काठमाडौं अवतरण गर्नका लागि करिब ५ घण्टाको समय लाग्नेछ । यस्तो हुँदा एक पाइलटले एक दिनमा १५ घण्टा समय खर्च गर्नुपर्नेछ । जुन आइकाओको नीति विपरीत हो । किनभने पाइलटले दिनमा कम्तीमा १२ घण्टा आराम गर्नैपर्ने आइकाओको नियम छ । यद्यपि विशेष परिस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृति लिएर थप केही घण्टा उडाउन सकिने निगमले बताएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh