काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले पूरक रिट लिएर सर्वोच्च अदालत जाँदैछन् ।संसद पुनर्स्थापनाका लागि छुट्टाछुट्टै रिट दायर गरेका उनीहरुले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लैजान लागेका हुन् ।

त्यसअघि हिजो मात्र कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दोस्रोपटक भेट भएको थियो।
पुरापुर रुपमा निर्वाचन स्वीकार्ने पक्षमा रहेको कांग्रेस मंसिर १९ गते देउवा र ओलीबीच भएको भेटपछि संसद पुर्नस्थापनाका लागि रिट लिएर गएको थियो ।
निर्वाचन तयारीको साटो कांग्रेस र एमाले पुनानै संसदको शक्ति र पुरानै गठबन्धन ब्यूँत्याउन खोजिरहेका छन् ।

















