Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एमसीसी देश विकासको सहयोगी परियोजना हो : प्रधानमन्त्री देउवा

एमसीसी देश विकासको सहयोगी परियोजना हो : प्रधानमन्त्री देउवा

खोटाङ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) देश विकासको सहयोगी परियोजना भएको बताएका छन् ।

खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले एमसिसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए।

एमसिसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुग्ने प्रधानमन्त्री देउवाले जानकारी दिए। ‘केही व्यक्तिहरु एमसिसी परियोजनालाई लिएर गलत व्याख्या गरिरहेका छन्,’ उनले भने, ‘एमसिसी परियोजनाले नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पु¥याउने भएकाले संसद्बाट पारित गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइएको हो ।’

प्रधानमन्त्री देउवाले खोटाङ जिल्ला कृषि उत्पादनका लागि उर्वरभूमि भएकाले व्यावसायिक कृषि तथा कृषि पर्यटन विकासमा जोड दिन जिल्लावासीलाई आग्रह गरे। ‘खोटाङ जिल्ला कृषि पर्यटनको राम्रो सम्भावना बाकेको जिल्ला हो,’ उनले भने, ‘जिल्लामा उत्पादित कृषि उत्पादनलाई बाहिरी जिल्लामा निर्यात गरेर आर्थिक उपार्जन गर्न सकिने भएकाले स्थानीय सरकारले यसतर्फ ध्यान दिन जरुरी छ ।’

प्रधानमन्त्री देउवा समक्ष दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख एवं नेपाली कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जिल्लाको समग्र विकासका लागि पाँच बुँदे मागपत्र पेश गरे।

गाउँपालिका प्रमुख एवं महामन्त्री राईले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको आहालेबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै उदयपुर जोड्ने सडक कालोपत्रका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन, फोक्सिङ्टार पुललाई यथाशीघ्र सम्पन्न गर्ने वातावरण मिलाइ दिन, खोटाङ र उदयपुर जोड्ने सुनकोशीको पुल (धाप्लाङ्घाट र रानीटार) को निर्माणाधीन पक्की पुल यथाशीघ्र सम्पन्न गराउन, सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् लिफ्टिङ खानेपानी आयोजना चाँडो सम्पन्न गराउन र विद्युतीकरण हुन बाँकी जिल्लाका विभिन्न ठाउँमा तत्काल विद्युतीकरण गराइदिन प्रधानमन्त्री देउवासमक्ष मागपत्र पेश गरेका हुन् ।

मागपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आगामी आवमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । खोटाङ र उदयपुरको सिमानामा पर्ने धाप्लाङघाट र रानीटारको पुलको प्रधानमन्त्री देउवाले विसं २०७४ मा शिलान्यास गरेका थिए ।

जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकखण्डको बाटोफेदीस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल गत साउनमा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने साप्सुखोलामा निर्माण गरिएको पुल रु पाँच करोड ६० लाख १० हजार ५४५ मा निर्माण सम्पन्न भएको हो ।

विसं २०७६ असार ११ गते शिलान्यास गरिएको प्रिस्ट्रेस विम मोटरेबल पक्की पुल ४० मिटर लामो छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु दुई करोड बजेटमा निर्माण सम्पन्न भएको पक्की पुल सूर्य एण्ड सन्स प्रालिले निर्माण गरेको हो ।

निर्माण कम्पनीले विसं २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्नेगरी विसं २०७६ जेठ १७ गते सम्झौता गरेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा तोकिएको समयभन्दा अगाडि नै पुल निर्माणको काम सम्पन्न भएको हो ।

साप्सुखोलामा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ । साप्सुखोलामा मोटरेबल पक्की पुल अभावमा बर्सातको समयमा करिब छ महिना यातायात सञ्चालन नहुँदा आवतजावतमा समस्या हुनुका साथै दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समस्या हुने गरेको थियो ।

लामो समयसम्म साप्सुखोलामा मोटरेबल पक्की पुल नहुँदा अवरुद्ध हुँदै आएको सडकखण्डमा मोटरेबल पक्की पुल बनेर सञ्चालनमा आएसँगै बाह्रै महिना उक्त सडक सञ्चालन हुने भएपछि जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएका छन् । विशेषगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थललाई सिधा सडक सञ्जालमा जोड्ने गरी साप्सुखोलामा पक्की पुल निर्माण गरिएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh