काठमाडौं । ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएकाे छ ।

सत्तारुढ दलका नेताहरुले ‘व्याख्यात्मक घोषणा’काबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेर जानकारी गराउँदा अमेरिकाले सकारात्मक संकेत दिएको काँग्रेस नेताहरुले दावी गरेका छन् ।
काँग्रेसका एक नेताले ‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले आफूहरू अघि बढेकाे बताएका छन् ।

















