Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तालिबानबाट विधवालाई जोगाउन मुश्किल, घर-घर गएर ‘भत्ता’ उठाउन थाले

एजेन्सी । हालै सत्ताकब्जा गरेकाे तालिबानी समूहले अफगानिस्तानका विभिन्न स्थानमा जनताको घरमै गएर पैसा उठाइरहेकाे छ । तर यसरी उठाइएको पैसालाई स्थानीय मानिसहरूले ‘चन्दा’ वा ‘दान’ नभनेर ‘भत्ता’ भन्ने गरेका छन् । तालिबानले मानिसहरूलाई आफू बसोबास गरिरहेकै इलाकामा बस्न या अन्यत्र यात्रा गर्नका लागि समेत पैसा तिर्न लगाइएको आरोप लागेको छ ।

अफगानिस्तानका विभिन्न भागमा तालिबानबाट विधवाहरूलाई बचाउनका लागि समेत मानिसहरूले घर छाड्न बाध्य भइरहेको दाबी पनि गरिएको छ ।

बिबिसी हिन्दीले अफगानिस्तानको जोजान प्रान्तमा यस्तै परिस्थितिको सामना गरिरहेका मानिसहरूसँग कुराकानी गरेर एक रिपोर्ट प्रकाशित गरेको छ । यस अनुसार मानिसहरु असुरक्षित र आतंकित महसुस गरिरहेको पाइएको छ ।

शबनम (नाम परिवर्तन) ले हालै मात्र मजार–ए–शरीफ भन्ने शहरबाट जोजानको यात्रा गरिन् । उनी भन्छिन्–
‘अब हामी अफगान महिला मेहरामबिना घरबाट बाहिर निस्कन सक्दैनौं । यो यात्रामा मसँग एक महिला नातेदार, उनका श्रीमान र छोरा थिए ।

जब तपाईं मजार–ए–शरीफको सहरको सीमाबाट बाहिर निस्कनुहुन्छ, त्यहाँ तालिबानहरू देखिने एउटा सुरक्षाचौकी छ। तिनीहरूले गाडीमा चेकजाँच गर्छन्, भित्रका यात्रुहरूलाई हेर्छन्, सोधपुछ गर्छन् र त्यसपछि सामानहरू खोज्छन् ।

तर, चेकपोस्टमा तालिबान यस्ता अधिकारीहरु छन्, जसको काम चालकहरूबाट पैसा लिने हो । उनीसँगै एकजना हतियारधारी पनि हुन्छन् । तालिबान लडाकुहरू मोटरसाइकलमा राजमार्गमा गस्ती गरिरहेको देखिन्छ । तर्साएर वा धम्क्याएर उनीहरु असुली गर्छन् ।

जोजानको अडखोई जिल्लाको केवल तीन घण्टाको यात्रामा मैले करिब ११ वटा चौकी पार गरेँ।’

यस्तै मजार–ए–शरीफकै निवासी नादिर (नाम परिवर्तन) भन्छन्– ‘तालिबानले हरेक घरबाट भत्ता उठाउँदै छन् र सबैले आफ्नो हैसियतअनुसार पैसा दिइरहेका छन् । मैले पनि १०० अफगानी रुपैयाँ दिएँ । कसैले योभन्दा बढी दिनुपरेको छ र कसैलाई खाना दिनु परेको छ ।’

जब म अडखोयमा प्रवेश गरेँ, सबै कुरा पूरै परिवर्तन भएको देखियो । यो सुनसान सहर जस्तै थियो । सबै पसलहरु बन्द थिए र वातावरण त्रासमय लाग्थ्यो ।

नादिरका अनुसार तालिबानहरूले यस कामको लागि उक्त क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई काममा राखेका छन् । उनले भने, ‘तिनीहरू हाम्रो घरमा आउँछन् तर उनीहरूसँग दुई तालिबानी सदस्यहरू पनि हुन्छन् । काबुल र मजार–ए–शरीफ बाहेक, म पहिले धेरै पटक जोजान गएको छु। शबरघान जेलबाट गुज्रँदै गर्दा त्यहाँको मुख्य गेट खुला रहेको र तालिबानले पनि पहरा दिइरहेको देखेँ ।’

उनले राजमार्गका सबै चौकीहरू लडाइँबाट प्रभावित भएको र तालिबानका झण्डाहरू अब तिनीहरूका छतमा फहराइरहेको देखेको बताए ।

शबनम भन्छिन्, ‘जब म अडखोयमा प्रवेश गरेँ, सबै कुरा पूरै परिवर्तन भएको देखियो । यो सुनसान सहर जस्तै थियो । सबै पसलहरु बन्द थिए र वातावरण त्रासमय लाग्थ्यो । मलाई भनिएको थियो कि तालिवानको आदेशअनुसार साँझ ५ बजे पसल बन्द हुन्छन् । हामी प्रवेश गर्दा चार बजिसकेको थियो । घाम अस्ताएपछि यहाँ कर्फ्यु लगाइन्छ ।’

तालिबानकाे शासनमा सवारीसाधनमा सङ्गीत बजाउन पनि प्रतिबन्ध लगाइएकाे छ । र महिलाहरूलाई बुर्का लगाउन निर्देशन दिनुका साथै स्मार्टफोनको प्रयोग नगर्न भनिएको छ ।

शबनम भन्छिन्, ‘यहाँ म मेरी काकीसँग बसेँ । उनले मलाई यसपटक तालिबान आफ्नो क्षेत्रमा आएपछि त्यहाँ लडाइँ भएको बताइन् । यहाँको अवस्था काबुल र मजार-ए-शरीफ वा अन्य प्रमुख सहरभन्दा फरक थियो ।’

उनकी काकीले भनिन्-

‘हाम्रो घर अगाडि युद्ध भएजस्तो लाग्थ्यो । धेरै आफन्तहरू छोराछोरी लिएर हाम्रो घरमा आश्रय लिन आएका थिए । बच्चाहरू धेरै डराए । तिनीहरू घरको एक कुनाबाट अर्को कुनामा दौडिरहेका थिए, तहखाने र माथिको कोठाहरूमा डरले चिच्याइरहेका थिए ।

ती युद्धका भयानक दिन थिए । तीन दिनसम्म यसरी नै चल्यो । यो झडपमा धेरै पसलमा आगलागी हुनुका साथै घरका सिसाहरू फुटेका थिए ।

अघिल्लो तालिबान सरकारमा तालिबानले हाम्रो घरको कुना–कुनामा खोजी गरी पुरुषहरूलाई पक्राउ गरेको थियो । मसँग एउटा सिलाई मेसिन थियो, जुन उनीहरूका लागि साँच्चै नयाँ थियो र उनीहरूले मलाई यो के हो भनेर सोधेर हैरान पारेका थिए ।’

मरियम बीबीकी बुहारी स्कुल शिक्षिका हुन् । मरियमले आफ्नी बुहारीले तालिबानलाई एक हजार अफगान रुपैयाँ पनि दिएकाे बताइन् । तर छोरीले ६ कक्षासम्म मात्र पढ्न सक्ने भन्दै तालिबानले चेतावनी दिए ।

यस क्षेत्रमा केटीहरूलाई विद्यालय जान दिइँदैन । उनीहरूले तालिवानको अघिल्लो युगलाई बिर्सिसकेका थिए, तर अहिले अवस्था निकै कठि छ । यस क्षेत्रको अवस्था पहिले पनि खराब थियो र निकै असुरक्षित क्षेत्र थियो । तालिबानले धेरै घरमा लुटपाट समेत मच्चाएको उनीहरू बताउँछन् ।

जोजान प्रान्तको एडखोय जिल्लामा उसै पनि खडेरी पर्छ । खडेरीका कारण कृषि उत्पादन नहुने हुँदा जनता मारमा छन् र खाद्यान्न अभाव हुन्छ । तालिबान आउनुअघि यहाँका मानिसहरूले अन्तर्राष्ट्रिय संघ-संस्थाबाट सहयोगस्वरूप पीठो लिने गर्दथे, तर यसपटक त्यो पनि पाएनन् । अब जनता भन्छन्- कसले सहयोग गर्ने ?

यहाँका गरिब किसानले पनि तालिबानलाई कर तिर्नु परेको छ । तालिबानका प्रतिनिधिहरू सबै व्यापारिक केन्द्रहरूमा उभिएका छन् । मजार-काबुल राजमार्ग र हेरात-काबुल राजमार्गमा यस्तै प्रतिनिधिहरू भेटिन्छन् । यहाँ तिनीहरूले विभिन्न वस्तुका लागि फरक-फरक दरमा कर उठाउने गरेका छन् । करका अतिरिक्त व्यापारीहरू र धनी पसलेहरूले भने तालिबानहरूलाई ‘भत्ता’ पनि तिर्नुपर्छ।

(बिबिसी हिन्दीबाट अनुदित)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh