काठमाडौं । एमाले केपी ओली समूहका नेता महेश बस्नेतले राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले नबनेको बताएका छन्।
बिहीबार भएको १८ औं पटकको मन्त्रिमण्डल विस्तारपछि प्रतिक्रिया व्यक्त गर्दै पूर्वमन्त्री समेत रहेका बस्नेतले हरेक पटक मन्त्रिपरिषद् बिस्तार हुँदा आफ्नो नाम व्यापक चर्चामा आउने गरेपनि आफ्ना सहयोद्धा साथीहरु मन्त्री बनाउने पक्ष र विपक्षमा लाग्ने गरेको उल्लेख गरेका छन्।
बस्नेतले भनेका छन्-मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्, पार्टी निति , नेतृव र निर्देशन सदैब पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु, पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु।
पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउन हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ ।
हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन । मेरो बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु, जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै मैले सिकेको सिकाई हो र उपलब्धि पनि !
कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु, गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। त्यस्ता भ्रममा कोही नपरौ म जहाँछु तेही रहनेछु र म जे छु तेही छु पद नपाउदा बिचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा मैले बिकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुनेनैछ्। पटक , पटक अग्नि परिक्षामा होमिन तयार छु।
