Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक : राष्ट्रपति पौडेल

झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक : राष्ट्रपति पौडेल

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक रहेको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले झण्झटिलो प्रशासनिक सेवालाई सहज र सरल बनाउँदै भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले भने, “व्यवस्था फेरिएपनि अवस्था फेरिएन भन्नेहरुका लागि एकातिर विकासका गतिलाई तीव्रता दिनुछ भने अर्कोतर्फ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प छैन ।”

राष्ट्रपति पौडेलले समृद्ध र समुन्नत म्याग्दे बनाउने योजनालाई जनप्रतिनिधि, कर्मचारी र गाउँवासीले सहकार्य गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे । सवैधानिक व्यवस्थाअनुसार स्थापित गणतान्त्रिक नेपालको महत्वपूर्ण आधार संरचना स्थानीय तह भएकाले जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ दृढ रहन उनले आग्रह गरे ।

विगतमा सिहंदरबारमा केन्द्रिकृत शासन व्यवस्थालाई घरदैलोमा नै ल्याएर सेवा सुविधा दिने स्थानीय तह शासन प्रणालीको बलियो आधार भएको उनको भनाइ थियो । स्थानीय तहका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले भने, “देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला यस गाउँपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी सेवासुविधालाई सहज र प्रभावकारी बनाउन सुविधासम्पन्न प्रशासकीय भवन बनाएकामा म धन्यवाद भन्न चाहन्छु ।”

उनले स्थानीय सरकार र जनप्रतिनिधि जति जनतामुखी, लोककल्याणकारी, जनउत्तरदायी भए त्यति स्थानीय जनताको आकांक्षा र आवश्यकता पूरा गर्न सक्षम हुने र त्यति नै हाम्रो शासन व्यवस्थाले परिकल्पना गरेको लक्ष्य साकार हुने बताए ।

उनले कर्म गर्न र निराश नहुन आम नागरिकलाई अपिल गर्दै विस्तारै विकासका सम्भावनाहरूले देश प्रगतिको बाटोमा अघि बढिरहेकोमा विश्वस्त हुन आग्रह गरे । उनले भने, “हामीले कर्म गर्ने हो, निराश हुने होइन । नेपालमा विकासको अपार सम्भावना छ र हामी चारैतिरबाट विस्तारै विकासको बाटोमा अगाडि बढ्दैछौँ ।”

राष्ट्रपति पौडेलले पर्याप्त र सक्षम जनशक्ति विकास गरी सेवालाई छिटो बनाउन गाउँपालिकाका सबै सरोकारवाला दत्तचित्त लाग्नेमा आफू विश्वस्त रहेको बताए । गाउँपालिकाका उर्वर भूमि, खोलानाला, पाखापखेराले यसको प्राकृतिक रमणीयलाई मुखरित गरेको बताउँदै गण्डकी प्रदेशको केन्द्र पर्यटकीय राजधानीको नजिकै रहेको म्याग्दे गाउँपालिकामा आउन पाउनु आफ्ना लागि अहोभाग्य ठानेको उनले उल्लेख गरे । अकला र किल्चोक जस्ता धार्मिक स्थलले यहाँको धार्मिक महिमा बढाएको उनको भनाइ थियो ।

उनले बन्दै गरेको सेती जलाशय परियोजना, अबको योजनामा रहेको तल्लो सेती हाइड्रो, स्तरोन्नति हुँदै गरेको पृथ्वीराजमार्गलगायतका पूर्वाधारले विसतारै सबैतिरबाट सुविधा थपिदै गएको र गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याए ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको महत्वपूर्ण संरचना र आधारस्तम्भका रुपमा रहेका स्थानीय तहहरू हाम्रो जनताका आकांक्षा पूरा गर्ने सरकार अर्थात सिंहदरबार हुन् भन्दै उनले विगतमा सिंहरबारमा केन्द्रिकृत शासनप्रणालीलाई विकेन्द्रित गरी जनताको घरदैलोमा सेवा सुविधा दिने र जनताका दैनिक कार्यसम्पादनलाई सहज, सरल र प्रभावकारी ढङ्गले पूरा गर्ने स्थानीय निकाय हाम्रो शासन प्रणालीको एउटा बलियो आधार भएको स्पष्ट गरे ।

“हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीट्जरल्याण्डको जस्तो ‘स्वशासन’ र महात्मा गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेका हौँ”, उनले भने, “आज ती सोचहरूले कति साकार रूप लिन गइरहेका छन् र लिनसक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढी निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहन्छु ।”

श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताउँदै उनले कृषि र पर्यटनबाटै यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोल्नेमा विश्वस्त रहेको चर्चा गरे । संविधानको भावना र सङ्घीयताको मर्मअनुरुप विकासका कामलाई नतिजामुखी बनाउनुपर्ने राष्ट्रपति पौडेलले जोड दिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले भवन निर्माणका लागि जग्गा दान दिने दाताहरुलाई सम्मान गरेका थिए । छ करोडको लागतमा गाउँपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण गरिएको हो । हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह शुभारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त भवन निर्माणको काम विसं २०७७ असोजबाट सुरु भएको थियो । दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएपनि विविध कारणवश काममा ढिलाइ भएको उनको भनाइ छ ।

जिल्ला समन्वय समिति तनहुँको कोषमार्फत् प्राप्त भएको रकम र आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको हो । सात वडा रहेको गाउँपालिकाका सबै वडा कार्यालयका आफ्नै भवन छन् ।

विसं २०७६ फागुन २७ गतेको गाउँसभाको निर्णय बमोजिम गाउँपालिकाको केन्द्रसहित भवन निर्माण गर्ने गरी म्याग्दे गाउँपालिका–४ नारिङ्गेलाई निर्धारण गरिएको थियो । भवन निर्माणका लागि लालपूर्जाभित्रको कित्ता नं ५२ क्षेत्रफल एक रोपनी एक आना तीन पैसा तीन दाम जग्गा निःशुल्क प्राप्त भएको थियो भने ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजनिक रहेको छ ।

विसं २०७७ असोज ५ गतेको कार्यपालिको बैठकले गाउँपालिकाको भवन निर्माणका लागि माटो परीक्षणका लागि कटेरो इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मा दिएको थियो । भवन निर्माणको डिपिआर बनाउने जिम्मा भने रेस इन्जिनियरिङले पाएको थियो । कटेरो इन्जिनियरिङले गरेको माटो परीक्षण अनुसार उक्त ठाउँमा चार तलासम्म भवन निर्माण हुन सक्ने देखिएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh