- काठमाडौं ,असोज १३ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
भारतसँगको सीमामा सशस्त्र प्रहरी बलको उपस्थिती बढ्दै गएको छ । एकैदिन चितवनमा सशस्त्र प्रहरी बलको २ वटा बोर्डर आउट पोस्ट (बिओपी )स्थापना भएको छ । चितवनको माडि नगरपालिका – १ गर्दि स्थित केदारेश्वर प्राबि र सोहि नगरपालिका वार्ड नम्बर ९ स्थित राइडांडा प्राथमिक बिध्यालयमा नयाँ बिओपी स्थापना गरिएको हो ।
मर्ज भएपछि खाली रहेका बिद्यालयमा बिओपीको कार्यालय स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपि दिपक कुमार थापाले जानकारी दिए । शनिबार सशस्त्र प्रहरी बल बाग्मति प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनिका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरिक्षक मन्दिप श्रेष्ठल नयाँ बिओपीको उद्घाटन गरेका छन् । दुबै बिओपिमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोलि तैनाथ गरिएको हो । नयाँ बिओपी स्थापना भएपछि स्थानीय बासिन्दाले सशस्त्र प्रहरी बललाई धन्यवाद दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !