Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री मोदीको पाँचौँ नेपाल भ्रमण : धार्मिक पर्यटनसँगै सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास


प्रधानमन्त्री मोदीको पाँचौँ नेपाल भ्रमण : धार्मिक पर्यटनसँगै सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास

काठमाडौं । बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आगामी सोमबार आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । आठ वर्षअघि भारतको प्रधानमन्त्री भएपछि हुनलागेको उनको यो पाँचौँ भ्रमण हो ।

धार्मिक एवं आध्यात्मिक प्रकृतिको भ्रमण भए पनि दुवै देशका प्रधानमन्त्रीबीच हुने वार्तालाई दुवै मुलुकका जनताले चासोका साथ नियालेका छन् । प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटनसँगै द्विदेशीय सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ । गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसक्रममा भएका सहमतिको कार्यान्वयन तथा भावी योजनाबारे उहाँहरूबीच विचारविमर्श हुने अपेक्षा गरिएको छ ।

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका निम्ति भारतसँग अनुरोध गर्ने प्रधानमन्त्री देउवाको सार्वजनिक अभिव्यक्तिले नेपाल र भारतका जनता उत्साहित भएका छन् । ऊर्जा सङ्कटले पिरोलिएका भारतका मित्रहरू नेपालमा उत्पादित बिजुली पाउने आशमा उत्साहित भएका हुन् भने अपार जलस्रोतको सम्यक सदुपयोग नहुँदा विकासको बाटोमा गतिहीन हुनुनपर्ने परिस्थितिको परिकल्पनामा नेपालीमा ऊर्जा थपिएको हो । यद्यपि उक्त आयोजना निर्माण गर्न लामो समय र विशाल पूँजी लाग्नेछ तर राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति भएमा यस्ता परियोजना बनाउन सकिन्छ । आपसी समझदारी भएमा प्रारम्भिक चरणका प्रक्रियागत कामको थालनी शीघ्र गर्न सकिनेछ ।

प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रमले गौतमबुद्धको जन्मस्थलको प्रचारप्रसारमा सहयोग हुने र अन्ततोगत्वा नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास गरिएको छ ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धिको सबल आधारमा अघि बढिरहेको शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सामाजिक र सांस्कृतिकरूपमा मात्र नभई निकट छिमेकीका रूपमा द्विपक्षीय मैत्री अनुपम छ । विशेषगरी खुला सिमाना, एकअर्काको भूमिमा निर्वाध आवागमन, जनता–जनताबीचको गाढा सम्बन्ध, पारिवारिक नाता र समान सांस्कृतिक सम्पर्कले यसलाई अझ प्रगाढ तुल्याएको छ । नेपाल र भारतबाहेक संसारका कुनै पनि देशका नागरिक बिनाप्रवेशाज्ञा एकअर्काका मुलुकमा बिनारोकटोक आउजाउ र बन्द व्यापार गर्छन् । यद्यपि यसका बेग्लै नकारात्मक पक्ष छन् तिनको व्यवस्थापनमा दुवै देशले सधैँ सजग रहनुपर्ने बाध्यता पनि छ ।

सरकार प्रमुखको दायित्व र कार्यव्यस्तताका कारण उनी काठमाडौँसम्म आउन नसके पनि लुम्बिनीबाट प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय थप्न खोजेको सन्देश दिएका छन् । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबारेको भ्रामक सूचना सधैँसधैँका लागि चिर्न र दुई छिमेकीबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वसमुदायमा पु¥याउन उनको यो भ्रमण उपलब्धिमूलक हुनेमा विमति नहोला ।

भारतको प्राथमिकतामा रहेको नेपाल एक मात्र छिमेकी भएकाले पाँचौँपटक नेपाल भ्रमणमा आउने उनको यो यात्रा धार्मिक एवं सांस्कृतिक भए पनि भारतले नेपालसँगको सम्बन्धलाई महत्व दिएको दर्शाउँछ ।

प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको सार्वजनिक अभिव्यक्ति भारत सरकारबाट आउनु नेपालका निम्ति सुखद हो ।

यसअघि जनकपुरस्थित जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिर र काठमाडौँ आएका बेला पशुपतिनाथ मन्दिरलगायत प्रमुख हिन्दू तीर्थस्थलहरूको भ्रमण र प्रार्थनामा उनले बिताएका क्षणले नेपालका धार्मिक स्थलहरूको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुगेको छ ।

कूटनीतिमा ‘सफ्ट पावर’ को अहम् भूमिका हुन्छ जुन प्रधानमन्त्री मोदीका सांस्कृतिक एवं धार्मिक यात्रामा प्रतिविम्बित भएका अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरू बताउँछन् । आर्थिक सहयोग एवं पूर्वाधार विकास, व्यापार–वाणिज्य, पारवहन, ऊर्जा र जलस्रोतलगायत पारस्परिक सम्बन्धका समग्र पक्षमा छलफल गर्न र आत्मीय सम्बन्धलाई नवीकृत भ्रमणको उपयोग हुनुपर्ने उनीहरूको अभिमत छ ।

विश्वको उदीयमान अर्थतन्त्र र विकासको बाटोमा द्रुत गतिमा अघि बढिरहेको भारतबाट मुलुकले अपेक्षित लाभ हासिल गर्न नसकेको कटु यथार्थ हामीले बिर्सनु हुँदैन । र, झिनामसिना विषयलाई लिएर दुवै पक्षले दुई राष्ट्रबीचको अनुपम सम्बन्धमा आघात पार्ने गतिविधि कहिँकतैबाट पनि हुननहुने उनीहरू बताउँछन् । कार्यकारी सरकार प्रमुखको सर्वोच्च तहमा हुन लागेको यो भ्रमणबाट नेपाल र भारतबीचको धार्मिक, आध्यात्मिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एवं कूटनीतिक सम्बन्ध अझ प्रगाढ भई पारस्परिक हित प्रवद्र्धन र सघन सहयोगात्मक बनाउन अधिक उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ ।

दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिँदै सुरक्षासम्बन्धी मामिलामा आश्वस्त हुन तथा एकआपसका चाहना र आवश्यकताबारे जानकारी लिन यो भ्रमणबाट मद्दत पुग्ने मात्र नभई सम्बन्धको नवीकरण एवं आत्मीयता प्रकट गर्ने उपयुक्त अवसर हुनेछ ।

नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्यम आययुक्त विकासशील मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपालको विकासका विषयलाई टेवा दिनेगरी भारतीय सहयोग जुटाउने प्रधानमन्त्रीतहमा हुने वार्तालाई अवसरका रूपमा नेपालले उपयोग गर्ने मौका पाउनेछ । द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि, व्यापार असन्तुलन घटाउने, एकअर्कालाई नजिकबाट बुझ्ने, सुखदुःख सुन्नेसुनाउने तथा साझा रणनीति तयार गर्दै विकासका चुनौती हटाउन भारतको साथ र सहयोगका निम्ति अनुरोध गर्न नेपालका निम्ति यो भ्रमण उपयुक्त हुनेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश
जनप्रभाबन्युज विशेष

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

5 hours पहिले
महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत
जनप्रभाबन्युज विशेष

महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

5 hours पहिले
बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए
जनप्रभाबन्युज विशेष

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

5 hours पहिले
राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’
जनप्रभाबन्युज विशेष

राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

6 hours पहिले
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’
जनप्रभाबन्युज विशेष

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

6 hours पहिले
मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

6 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

5 hours पहिले
महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

5 hours पहिले
बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

5 hours पहिले
राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

6 hours पहिले
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

6 hours पहिले
मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

6 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh