काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय फ्लाइटको तयारीबारे जानकारी लिएका छन् ।

बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएको विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए ।
विमानस्थलमा आगामी जेठ २ मा बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ । जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको अध्यागमन कार्यालय प्रमुख केसीले जानकारी दिए ।
मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, एराइभल र डिपार्चर कसरी गर्ने तयारी भएको छ, त्यसबारे जानकारी लिए ।
उनले विमानस्थलको प्राविधिक पक्षबारे पनि जानकारी लिए । गृह मन्त्रालय अन्तर्गत गर्नु पर्ने काम पूरा भए नभएकोबारे पनि निरीक्षणका क्रममा गृहमन्त्री खाणले अध्यागमन कार्यालयसँग जानकारी लिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !