- लहान,भदौ ६ गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
शुक्रवार सिरहाको लहान नगरपालिका वडा नम्बर – १ स्थितमा रहेको ईलाका प्रहरी कार्यालय लहान ( क ) मा कार्यरत प्रहरी निरीक्षकसहित २२ प्रहरी, ८ थुनुवा र २ सर्वसाधारण गरी ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
संक्रमित फैलिएपछि शनिबार बिहानदेखि ईलाका प्रहरीले लहान क्षेत्रमा लकडाउन कडा गरिएको हो ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक ( डिएसपी ) शरतकुमार थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपाल लहानका सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) डम्बरबहादुर रानाको कमान्डमा लहान– १ तरकारी हाट, पूर्व–पश्चिम सडकको सहिद चोक तथा बजारका भित्री भागमा अत्यावश्यकबाहेकका सवारीसाधनको आवतजावत रोकिएको छ ।

सिरहा जिल्लाको मुख्य व्यापारिक केन्द्र मानिने लहान क्षेत्रमा नगरपालिकाले लकडाउन सुरु गरेको शनिबार १६ दिन पुगेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाइ गरेपछि शनिबार लहान बजार सुनसान देखिएको छ ।
पूर्व-पश्चिम मुख्य सडक र भित्री सडकमा जरुरी कामबाहेकका सवारी साधन गुडेका छैनन् । यो क्षेत्रमा रहेका बजार पसल बन्द छ ।


















