- बिरगंज ,भदौ १ गते सोमबार ।।
- कृष्णा यादव
वीरगंजबाट प्रकाशित प्रतीक दैनिकले आज ३४ औं वार्षिकोत्सव एक कार्यक्रम बिच सम्पन्न भएको छ । प्रतीक दैनिकले आज ३४ औं वार्षिकोत्सव आफनै कार्यालयमा सम्पन्न गरेको हो ।
३४ औं वार्षिकोत्सव अवसरमा एवीसी टेलिभिजन प्रदेश नम्बर २ का ब्युरो प्रमुख शेखर छतकुलीलाई र प्रत्येक बर्ष प्रदान गर्दै आएको सुबोध फोटो पत्रकारिता पुरस्कार यस वर्ष मध्यनेपाल दैनिकको कविता खडकालाई पत्रिकाका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले २५ हजार रुपिया“ पुरस्कार सहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । टोलमा सरसफाई गर्दै आएका सफाइका नाइके अयोध्या प्रसाद तत्वा सहित ६ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो भने त्रिमुर्ती टोल स्थित रहेको समुदायिक प्रहरीलाई पनी प्रधान सम्पादक शर्माले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
कोरोना सङ्क्रमण बेला भएकोले प्रतीक दैनिकको कार्यालयमा कार्यालयलाई विसङ्क्रिमत गरेर ग्लब्स, मास्क लगाई स्वास्थ्य र सुरक्षाको मापदण्ड पूरा गर्दै कार्यालय कर्मचारी र पुरस्कृत व्यक्तिहरूको मात्र सहभागितामा रहेको थिो । वार्षिकोत्सव कार्यक्रम पत्रिकाको कार्यालयमा आयोजना गरिएको प्रधान सम्पादक शर्माले बताउनुभयो । वहाले यसपटक कोरोनाको माहामारीको समयमा जोखिम मोल लिएर अहोरात्र सेवा गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई त्यस क्षेत्रको प्रतिनिधिको रूपमा सम्मानित गरिएको बताउनुभयो ।
यस क्रममा स्वास्थ्यकर्मी प्रतिनिधिका रूपमा कालिका मेडिकल हालकी सञ्चालिका मीना बटाला, सामुदायिक सेवा केन्द्र मुर्लीका प्रसनी इना कुमारी बडाल, प्रहरी जवान रविकुमार सिंह, फन एन्ड फनका बृजेश अग्रवाल, क्षीरसागर स्वीट्सका सुबोध सिंहलाई सम्मान गरिएको थियो ।
यसैगरी वार्षिकोत्सवको अवसरमा पत्रिकाका सम्पादक शत्रुघ्न नेपाललाई नगद रु १० हजार र स्तम्भकार विनोद गुप्तालाई नगद रु ५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाका सम्पादक प्रताप श्रेष्ठले गर्नुभएको थियो ।
