- काठमाडौं,साउन २८ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
कोरोना भाइरस ( कोभिड-१९ ) को जोखिम बढ्दै गएपछि सूचना तथा प्रसारण विभागले पत्रकारहरुका लागि प्रेस पास वितरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार विभागले विद्युतीय माध्यमबाट मात्रै सेवा प्रवाह गर्ने जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि प्रेस पास वितरण रोक्ने निर्णय लिएको छ ।
’कोभिड-१९ को बढ्दो सम्भावित संक्रमणबाट जोगाउनका लागि नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णय नभएसम्मका लागि हाललाई नयाँ प्रेस प्रतिनिधि पास प्रमाणपत्र जारी, नवीकरण, अनलाइन सञ्चारमाध्यमतर्फ नयाँ, पुनस्दर्ता, नवीकरण र प्रसारणतर्फको सेवा प्रवाह स्थगित गरिएको छ’, विभागले भनेको छ, ’यसरी सेवा प्रवाह स्थगित गर्दा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्राथी छ।’
कोरोना संकट चुलिँदै गर्दा विभागमा प्रेस पास लिन तथा अन्य कामका लागि पत्रकारहरुको लाइन नै लाग्ने गरेको थियो। पत्रकारहरुको भीड बढेर सूचना विभागबाट कोरोना सर्ने जोखिम बढेको टिप्पणी भइरहेका बेला यस्तो निर्णय आएको हो।


















