Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

काठमाडौंको गोंगबु हत्याकान्ड : कुकुरले डोर्‍याएको सफल अनुसन्धान ‘अपरेशन जोजो’

  • काठमाडौं,साउन २७ गते मंगलवार ।।
  • जनप्रभाब-सम्बादाता

गोंगबुमा आइतबार एक शव विभत्स अवस्थामा भेटियो । शरीर थियो तर टाउको र खुट्टा थिएन । त्यही घटनाको सफल अनुसन्धानका लागि सहयोगी बन्यो जोजो अर्थात् प्रहरीको तालिमप्राप्त कुकुर ।

जोजोकै सहयोगमा प्रहरी अनुसन्धान छिट्टै निष्कर्षमा पुग्यो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवाली भन्छन्,“जोजोले नै टाउको र खुट्टा पत्ता लगायो । अनुसन्धानका लागि त्यसले ठूलो सहयोग गर्‍यो । अभियुक्तलाई हामीले पहिचान गर्न सक्यौं ।”

गोंगबुमा टुक्राटुक्रा पारेर सुटकेशमा फालिएको शव फेला
टाउको भेटिएपछि प्रहरीले सोही तस्बिर सार्वजनिक गर्‍यो । किनकि प्रहरीले विभत्स अवस्थामा फेला परेको शवको पहिचान गर्न सकेको थिएन । तस्बिर सार्वजनिक भएपछि काठमाडौंमा रहेका एक व्यक्तिले शवको पहिचान गरे । उनी नाताले मामा पर्ने रहेछन् ।

उनैले प्रहरीलाई भने– मृत भेटिएका व्यक्ति हुन् रोल्पाका कृष्णबहादुर बोहोरा । नाम पहिचान भएपछि प्रहरी अनुसन्धान सफलताको बाटोमा डोरिएको निष्कर्ष निकालिएको थियो । यही अपरेसनलाई प्रहरीले नाम दियो– अपरेसन जोजो ।

गोंगबुमा सुटकेसमा भेटिएको शवको पहिचान खुल्यो
शवको पहिचान भएसँगै प्रहरीले केही महत्वपूर्ण सूचना संकलन गरिसकेको थियो । त्यही क्रममा प्रहरी घर सर्च गर्दै पुग्यो– चितवन कालिका नगरपालिका–७ घर भई हाल टोखा नगरपालिका १० नवज्योती मार्ग बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेलको फ्ल्याटमा । त्यहाँ कल्पनालाई प्रहरीले भेट्न सकेन । प्रहरीको शंकाले मुर्तरुप पाउन थाल्यो । प्रहरीले हत्यामा उनै कल्पनाको हात रहेको हुन सक्ने आशंका गरेको थियो ।

गोंगबु हत्याकान्ड : हत्या आरोपमा चितवनबाट एक महिला नियन्त्रणमा
तर प्रहरीले यो अनुसन्धानलाई अन्त्यन्त गोप्य राखेको थियो । प्रहरीले कल्पनालाई कोठामा नभेटेपछि उनको घर पुगे–नपुगेको एकिन गर्न चितवन प्रहरीको सहयोग माग्यो । काठमाडौंबाट पनि एउटा प्रहरीको टोली चितवनतर्फ लाग्यो । चितवनको कालिका नगरपालिका पुगेर प्रहरीले हत्यामा संलग्न भएको भनिएकी कल्पना र उनकी छोरीलाई पक्राउ गर्‍यो ।

उनै कल्पनालाई प्रहरीले मंगलबार मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको छ । कल्पनासँगै र उनकी १५ वर्षीया छोरीलाई सार्वजनिक गरेको हो । कल्पना मोडलिङ क्षेत्रमासमेत काम गर्दै आएको खुलेको छ । आइतबार बिहान टोखा नगरपालिका १० गोंगबु नवज्योती मार्गमा कालो रङको सुटकेशबाट रगतजस्तो पदार्थ बगिरहेको सूचना प्रहरीमा पुगेको थियो ।

गोंगबु हत्याकान्ड : महिलाले आफ्नै कोठामा बोलाएर हत्या गरेर एम्बुलेन्समा चितवन पुगिन् !
सूचना पाएपछि प्रहरी त्यहाँ पुगेर सुटकेस खोलेर हेर्दा सुटकेशभित्र टाउकोबिनाको मानिसको शव फेला परेको थियो । त्यहाँ नजिकै टाउकोलगायत शरीरको अन्य भाग झोलामै फेला परेको थियो । टाउको र शरीरको बाँकी भाग कुकुरले पत्ता लगाएको थियो । टाउको पत्ता नलागेको भए अनुसन्धान यति छिटै निष्कर्षमा पुग्न सक्ने अवस्था थिएन ।

अनुसन्धानका क्रममा मृतक कृष्णबहादुर बोहोरा कल्पनाको कोठामा बेला बेलामा आइ भेट्ने गरेको खुल्यो । मृतकले कल्पनाको फोटो राखेर फेक फेसबुक आईडी खोली चलाउने गरेको र आफूअनुकूल चल्नको लागि दबाब दिने गरेको समेत पाइएको छ । उनले आफ्नो आईडीको दुरुपयोग गरेको कल्पनाले प्रहरीसँग बताएकी छन् ।

‘पहिले दही-चिउरा र मासु खुवाइन्, अनि बेहोस पारेर हत्या गरिन्’
प्रहरीका अनुसार शनिबार मात्रै बोहोरा आफू बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी प्रयोग गरी कल्पनाको कोठामा पुगेका थिए । सोही क्रममा कल्पनाले कृष्णबहादुरलाई दही, चिउरा, मासु र भोड्का खुवाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दहीमा कल्पनाले ५ वटा निद्रा लाग्ने औषधि मिसाएको र खानेकुरा खाएपछि बोहोरा लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको प्रहरीसमक्ष बयान दिएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

त्यसपछि कल्पना आफैँले धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखी फालेकी थिइन् । शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्किएकी थिइन् । शव व्यवस्थापन गर्न छोरीले सघाएको प्रहरीले जानकारी दिएको छ ।
त्यतिबेला कल्पनाका १३ वर्षीया छोरा पनि फ्ल्याटको अर्को कोठामा थिए । तर उनले घटनाकोबारेमा चालै पाएनन् ।

हत्यापछि बिरामी लिएर काठमाडौं आइ फर्किन लागेको चिनेजानेको एम्बुलेन्स ड्राइभरलाई फोन गरी भाडा तिरेर सोही एम्बुलेन्सबाट चितवन गएको पाइएको छ । एसएसपी ज्ञवालीले घटनाको अनुसन्धान जारी रहेको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh