- लहान,साउन १५ गते बिहिवार ।
- जनप्रभाब-सम्बादाता
अहिले विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात (कोविड–१९) बाट बच्न तथा रोकथामका उपाय बारे जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले चालक, सहचालक, साइकल यात्री तथा सर्वसधारण पैदल यात्रुहरुलाई सचेतना सन्देशमुलक कार्यक्रम गरेका छन् ।

जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरिक्षक खगेन्द्र एक्तानको नेतृत्वमा लहान नगरपालिका–१ पूर्व पश्चिम लोकमार्ग भएर चल्ने विभिन्न प्रकारका साना, मझौला, तथा ठुला यात्रु बाहक सवारी साधनहरुको बारेमा सवारी साधनहरुले सिट क्षमता भन्दा बढि यात्रु राख्ने, यात्रुसंग बढि भाडा लिने, सवारी चालकहरुले अनिवार्य रुपमा माक्स तथा सेनिटाइजरको प्रयोग नगर्ने गरेको व्यापक जन गुनासोलाई मध्यनजर गरी चेक जाँच गरेको प्रमुख एक्तानले जानकारी दिनुभयो ।
उनले भने – चेक जाँचको क्रममा यात्रुहरुसंग बढि भाडा रकम लिएको पाइयो,बढि भाडा लिएको रकम सम्बन्धित यात्रुहरुलाई समेत फिर्ता गराएको र बढि भाडा लिने सवारी साधनलाई कार्वाही समेत गरेको उनले बताए । अनिवार्य रुपमा माक्स प्रयोग नगरी हिडने चालक, सहचालक, यात्रुहरु, साईकल यात्री तथा पैदल यात्री समेत गरी २ सय ६१ जनालाई सम्झाई बुझाई माक्स समेत वितरण गरेको उनले बताए ।
ट्राफिक प्रहरी प्रमुख एक्तानले भने – कोरोना भाइरसको सन्त्रासबाट बच्न तथा रोकथामका लागी एकआपसमा अभिवादन गर्दा हात नमिलाउन, सवारीमा यात्रा गर्दा कोचिएर यात्रा नगरौ, यात्रा गर्दा सधै मास्क लगाएर यात्रा गरौ, साबुन पानीले नियमित राम्रोसंग हात धुने गरौ, हरेक बस, म्याजिक, हायस, विङ्गरमा सवार यात्रु,चालक सहितकाहरुलाई समेत कोरोना भाइरस अर्थात (कोविड–१९)बाट बच्ने सन्देश प्रभाव गर्ने गरेको उनले बताए ।


