Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बच्चा जन्माउन साइत हेरेर शल्यक्रिया

  • बाँके, साउन २ गते शुक्रबार ।
  • जनप्रभाब

नेपालगञ्ज उपमहानगरपालिका–४ की २६ वर्षकी एक महिलालाई डाक्टरले गत असारको १४ गते सुत्केरी हुने समय दिए । डाक्टरले सुत्केरी हुन दिएको समयभन्दा तीन दिनअघि नै उहाँ भेरी अस्पताल नेपालगञ्जमा पुग्नुभयो । उहाँ ज्योतिषीसँग राम्रो साइत हेराएर बच्चा जन्माउन पुग्नुभएको थियो । उहाँले भनेकै साइतमा चिकित्सकले पनि शल्यक्रियामार्फत बच्चा जन्माइदिए तर, डाक्टर ज्योतिषले भनेको साइतबारे भने जानकार थिएनन् ।

त्यस्तै नेपालगञ्ज–४, कै अर्की महिलाले पनि डाक्टरले दिएको मितिभन्दा दुई दिनअघि नै अस्पतालमा पुगेर शल्यक्रियामार्फत बच्चा जन्माउनुभयो । यी दुई महिला प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । धेरैलाई ‘नर्मल डेलिभरी’ स्वास्थ्यका लागि राम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि लामो समयसम्म पीडा सहन नसक्ने, ज्योतिषलाई हेराएर बच्चा जन्माउने साइत निकाल्नेजस्ता कुराले पछिल्लो समय शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढेको छ । चिकित्सक पनि पछिल्लो समय शल्यक्रियामार्फत महिलाले बच्चा जन्माउने प्रचलन बढेर गएको बताउँछन् ।

प्राकृतिकरुपमा बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो भन्ने ज्ञान हुँदा पनि ज्योतिषलाई हेराएर राम्रो साइतमा बच्चा जन्माउने चाहना, प्राकृतिक सुत्केरीका लागि लामो समयसम्म पीडा सहेर बस्न नसक्ने हुँदा शल्यक्रिया गरेर प्रसव पीडाबाट मुक्ति पाउन पछिल्लो समय बच्चा जन्माउन महिलाले शल्यक्रिया रोज्ने गरेका छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी प्रसूति रोग विशेषज्ञ डा अङ्कुर भण्डारीका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । उहाँले भन्नुभयो, “हामी सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्छौं । सम्पन्न परिवारका महिला प्रसव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहनुहुन्छ ।”

ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका गर्भवती महिलाले बच्चालाई जन्म दिन प्राकृतिकभन्दा शल्यक्रिया नै रोज्ने गरेको उहाँले बताउनुभयो । “ग्रामीण भेगका महिलाले प्राकृतिक प्रक्रियाबाटै बच्चा जन्माउने तर शहरमा सुविधायुक्त अस्पताल हुने लामो समयसम्म पीडा सहन नपरोस् भनेर शहरी क्षेत्रका महिलाले बच्चा जन्माउँदा शल्यक्रिया नै रोज्नुहुन्छ”, उहाँले भन्नुभयो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार गएको तीन आर्थिक वर्षमा बाँकेमा ६५ हजार १४४ महिलाले बच्चा जन्माएका छन् । तीमध्ये १२ हजार ५४० अर्थात् करिब १९ दशमलव २५ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएको स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

तथ्याङ्कअनुसार आव २०७३/०७४ मा तीन हजार ७९६, आव २०७४/०७५ मा तीन हजार ८०८ र आव २०७५/०७६ मा चार हजार ९३६ महिलाले सामान्य तथा जटिल शल्यक्रियामार्फत बच्चा जन्माएका छन् । पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार आव २०७६/०७७ को जिल्लाभरिको तथ्याङ्क भने सङ्कलन भएको छैन ।

त्यस्तै गएको तीन आर्थिक वर्षमा प्राकृतिकरुपमा बच्चा जन्माउने महिलाको सङ्ख्या ५२ हजार ६०४ अर्थात् ८० दशमलव ७५ प्रतिशन रहेको छ । जसअनुसार आव २०७३/०७४ मा १५ हजार ६०७, आव २०७४/०७५ मा १६ हजार ८६३ र आव २०७५/०७६ मा २० हजार १३४ जनाले प्राकृतिकरुपमा बच्चा जन्माएका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार शल्यक्रियामार्फत सबैभन्दा धेरै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २२ प्रतिशत, भेरी अस्पतालमा १७ प्रतिशत र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा १४ प्रतिशतले बच्चा जन्माउने गरेका छन् भने २३ प्रतिशतले अस्पताल तथा गाउँकै स्वास्थ्यचौकीमा बच्चा जन्माउने गरेका छन् ।

२४ प्रतिशत घरमै सुत्केरी

नियमितरुपमा गभर्वती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरकारले आर्थिक अनुदानदेखि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएका छन् तर बाँकेका २४ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी हुने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी गराउन सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि घरमै सुत्केरी हुने क्रम अपेक्षित घट्न सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार जिल्लाका तीन ठूला अस्पताल र ४७ मध्ये ३४ वटा स्वास्थ्य संस्थामा निःशुल्क गर्भ चेकजाँच र प्रसूति सेवा उपलब्ध छ । जिल्लाभर चेकँजाच तथा प्रसूति सेवा उपलब्ध भएपछि चेकजाँचका लागि महिला स्वास्थ्य संस्था आउने क्रम बढे पनि अझै २४ प्रतिशत स्वास्थ्य संस्थाको पहँुच बाहिर छन् ।

पब्लिक हेल्थ नर्स श्रेष्ठले भन्नुभयो, “गाउँमा रहेका स्वास्थ्य संस्थामा गर्भवती चेकजाँच गराए पनि सुत्केरी हुन भने अधिकांश महिला ठूला अस्पतालमै आउने गरेका छन् । जसका कारण गाउँका स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनेको सङ्ख्या निकै कम र ठूला अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या निकै धेरै छ ।”

सरकारले गर्भवती महिलालाई उनीहरुले गाउँ नजिकैबाट चेकजाँच र सुत्केरी सेवा लिन सकून् भनेर प्रोत्साहन गर्न थालेको छ । स्वास्थ्य अवस्था सामान्य भएका गर्भवती ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाअर्थात् हेल्थ पोष्ट तथा प्राथमिक उपचार केन्द्रमा पनि सुरक्षित प्रसूति सेवा लिनसक्ने व्यवस्था मिलाइएको छ ।

सबै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवाका लागि २४ सैँ घन्टा तालीम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गरिएकाले गाउँकै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिँदा पनि आमा र शिशु दुवै सुरक्षित हुने जिल्ला स्वास्थ्य कार्यालयको दाबी छ । स्वास्थ्य अवस्था गम्भीर भएकालाई स्वास्थ्य संस्थाले नै ठूला अस्पतालमा रिफर गरिदिने व्यवस्थासमेत मिलाइएको छ ।

गोर्खापत्र बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh