- एजेन्सी,असार २७ गते सनिवार ।
- जन प्रभाब-सम्बादाता
दक्षिण कोरियाको राजधानी सोलका मेयर पार्क वोन सुनले आ’त्महत्या गरेको प्रमाण खुलेको छ । आफ्नै पूर्व महिला सचिवले यौ’न दु’र्व्यवहार गरेको आरोप लगाएपछि उनले आत्महत्या गरेका हुन् । बिहीबारदेखि बेपत्ता भएका उनी प्रहरीले खोज्ने क्रममा सोलको उत्तरी जंगलमा उनको शव भेटेको थियो । शव भेटिएपछि अनुशन्धान गर्दै जाँदा उनको कार्यालयमा सुसाइट नोट भेटिएको प्रहरीले जनाएको छ ।
अधिवक्ता समेत रहेका पार्क वोन सुन सोलमा १० वर्षदेखि मेयर थिए । उनले लेखेको नोटमा- ‘म सबैसँग माफी माग्छु र ती सबैलाई धन्यवाद् दिन्छु, जो मेरो जीवनमा मेरो साथमा थिए । म मेरो परिवारसँग माफी माग्छु, जसलाई मैले दुःखमात्रै दिए । मलाई जलाउनुस् र मेरो खरानी मेरा बाबु आमाको चिहानमा फैलाउनुस्, सबैलाई अलविदा’ -भनिएकाे छ ।
उनलाई दक्षिण कोरियाको राष्ट्रपतिको सम्भावित उम्मेदवारको रुपमा समेत हेरिएको थियो । उनीकी छोरीले आफ्नो ६४ वर्षीय बाबु हराएको भन्दै प्रहरीमा उजूरी गरेकी थिइन् । आत्महत्या गर्ने खालको लक्षण समेत देखाएको उनले बताएकी थिइन् । अन्त पार्कको केही घण्टापछि मृत भेटिएका थिए । उनको शवलाई हजारौं राजनीतिज्ञकाले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

















