Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतीय सीमा क्षेत्रमा हुण्डीको अवैध कारोवार,कामदार पक्राउ परे पनि असली मालिकहरू गुमनाम

  • पर्सा,असार २१ गते आइतबार ।
  • जन प्रभाब-सम्बादाता

जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार स्रोत नखुलेकाृ ६ लाख रूपैयाँ बरामद ग¥यो । उक्त रकम हुण्डीको हो भन्ने कुरा प्रहरीले नै जानकारी गराइसकेको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले स्रोत नखुलेको १० लाख रूपैयाँ पक्राउ ग¥यो । उक्त रकम बुधवार नै पक्राउ गरेको छ ।

– त्यसैगरी २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले स्रोत नखुलेको १८ लाख रूपैयाँ बरामद गरेको छ ।
– त्यसैगरी सशस्त्र प्रहरी बलको भिस्वास्थित बिओपीले २ पटक गरी २८ लाख रूपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको छ ।

वीरगञ्ज । यी त केही प्रतिनिधिमूलक घटनामात्रै हुन् । अहिले विश्वव्यापी कोरोना भाइरसका कारण लकडाउन सुरु भएपछि भारतीय सीमा क्षेत्रमा ठूलो मात्रामा हुण्डीको अवैध कारोवार फस्टाएको छ भन्ने कुरा यी घटनाले पनि पुष्टि गर्दछ । नव जनप्रहारले गतांकहरूमा वीरगञ्जको भिस्वा क्षेत्रबाट हुण्डीको ठूलो अवैध कारोवार हुने गरेको तथ्य सार्वजनिक गरेको थियो । त्यसको निगरानीमा रहेको सशस्त्र प्रहरीको बिओपीका प्रहरी निरीक्षक हरि पराजुलीले २ पटक गरेर २८ लाख रूपैयाँ बरामद गर्न सफल भए ।

त्यसपछि सशस्त्र प्रहरी बलकै अर्को बिओपीले ९१ हजार रूपैयाँ पनि हुण्डीको रकम बरामद गर्न सफल भयो । जिल्ला प्रहरी कार्यालय पर्साले पनि २ पटक गरी ठूलो मात्रामा स्रोत नखुलेको हुण्डीको रकम बरामद गर्न सफल भएको छ । लकडाउन नभएका बेला मानिसहरूको चहलपहल बढी हुने भएका कारण नियमित चेकजाँच गर्न नसकिने, नभ्याउने र विभिन्न अन्य माध्यमबाट हुण्डीको रकम पठाउने हुँदै आएका कारणले पनि यसरी पक्राउ पर्ने अवस्था हुँदैनथ्यो भने अर्कोतर्फ जिल्लाका एसपीका घुुमुवाहरूले हुण्डी तस्करहरूसँग रकम लिने गरेका कारणले पनि हुण्डी तस्करहरूको अवैध धन्दा सुचारु भइरहेको थियो । घुमुवा नै हुण्डी तस्करहरूसँग मिलेपछि बर्दी लगाएर सडकमा ड्युटी गर्नेलाई सबै सूचना प्राप्त हुने सम्भव पनि भएन ।

अर्को कुरा नियमित बर्दी लगाएर ड्युटी गर्ने प्रहरीलाई कुन तस्कर हो कुन हुण्डीको अवैध कारोवार गर्ने हो, कुन क्रिकेटको बुकी खेलाउने र खेल्ने जुवाडे हो भन्ने कुरा थाहा हुने कुरा पनि भएन । अहिले पर्साकी एसपी गंगा पन्तले जिल्लामा आगो बालेकी छिन् । जसका कारण सीमा क्षेत्रमा झोले पोकेको तस्करी भए पनि संगठित तस्करी हुन पाएको छैन । तस्करहरू तिल्मिलाएका छन् । लाइन मिलाउनका लागि कसरी सकिन्छ भनी दौडधूपमा लागेको समेत थाहा भएको छ । केही दिनअघिमात्रै पनि प्रहरीकै एक अधिकृतको घरमा वीरगञ्जका केही चर्चित तस्करहरूको जमघट भएको थियो तर ती प्रहरी अधिकृतले एसपी गंगा पन्तका सामु तस्करीको त उच्चारण गर्ने आँटसमेत गर्न नसकेको बताइन्छ । जसका कारण हुण्डीलगायतका कारोवारीहरू धमाधम पक्राउ पर्न थालेका छन् भने तस्करीका सामानहरू पनि पक्राउ परिरहेका छन् ।

हुण्डी कारोवार र तस्करी भइरहेका बारेमा हामीले यसअघि पनि बारम्बार सार्वजनिक गर्दै आएका थियौँ । लामो समयदेखि वीरगञ्जमा कार्यरत रहेका प्रहरीहरूको अवैध साँठगाँठ र उठबस त्यहाँका व्यापारीदेखि तस्करहरूसँग रहँदै आएको र उनीहरूले कार्यालय प्रमुखलाई समेत दिग्भ्रमित पार्दै कार्यालय प्रमुखलाई गुमराहमा राखी तस्करी गराउने गर्दथे । अहिले त्यो अवस्था नभएका कारणले पनि वीरगञ्जका तस्करहरू हायलकायलको अवस्थामा रहेको बताइन्छ ।

उता सशस्त्र प्रहरी बलको भिस्वास्थित बिओपीले दुई पटक गरी २८ लाख रूपैयाँ बरामद गरेको घटनाले पनि हामीले सार्वजनिक गरेको भिस्वा हुण्डी तस्करहरूको अखडा भन्ने समाचारलाई पुष्टि गरेको छ । रौतहट र महोत्तरीमा समेत तस्करीको रकम बरामद हुन थालेपछि हुण्डी कारोवारीहरू अहिले बाराका नाकाहरूलाई प्रयोग गरी हुण्डीको रकम नेपाल भित्र्याउन थालेको समेत सूचना हामीलाई प्राप्त भएको छ ।
यसैबीच रौतहट प्रहरीले बुधवार स्रोत नखुलेको १० लाख रूपैयाँसहित अविनाश गुप्तालाई पक्राउ गरेको थियो । उनी गौर–२ महादेवपट्टिका स्थानीय हुन् । प्रहरीको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको बायाँतर्फको लेगगार्डमा झुण्ड्याएको नाइलनको झोलाभित्र १० लाख नगद फेला परेको हो । प्रहरीकै अनुसार पछिल्लो समय भारतबाट लाखौँ रूपैयाँ दैनिकरूपमा नेपाल भित्रिरहेको छ ।

भारतीय व्यापारीसँग रहेको रकम रौतहटको इशनाथ, बौधिमाई र गौर नाकाबाट नेपाल भित्रिने गरेको छ । रौतहट प्रहरीले यसअघि पनि सीमा क्षेत्रबाट १८ लाखभन्दा बढी रकम बरामद गरेको थियो । त्यसैगरी पर्सा प्रहरीले स्रोत नखुलेको ६ लाख रूपैयाँसहित बिहार रक्सौल थाना पंटोका– १७ बस्ने प्रमोदकुमार कलवार, वीरगञ्ज महानगरपालिका– २५ सिर्सिया बस्ने शत्रुधनप्रसाद गुप्ता, बाराको महागढीमाई नगरपालिका– ३ घर भई वीरगञ्ज– ६ बस्ने अशोककुमार साह र वीरगञ्ज– १५ भिस्वा बस्ने भिखारी साह सोनार पक्राउ गरेको हो । ना ५१ प २८०१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा मंगलवार दिउँसो वीरगञ्ज– २४ रामगढवाबाट प्रमोद र शत्रुधनलाई प्रहरीले ६ लाख रूपैयाँसहित नियन्त्रणमा लिएको एसपी गंगा पन्तले जानकारी दिएकी छिन् ।

यसैगरी महोत्तरी जिल्ला प्रहरीले स्रोत नखुलेको १८ लाख रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको थियो । मनराशिस्वा नगरपालिका–२ भलुई चोकनजिकबाट स्रोत नखुलेको नेपाली रूपैयाँ १८ लाखसहित ३ जनालाई शनिवार प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा जलेश्वर नगरपालिका– २ बस्ने रोहितकुमार साह, संजयकुमार साह र जयकुमार साह रहेका छन् । १८ लाख रूपैयाँमध्ये रोहितको साथबाट ९ लाख रूपैयाँ, संजयको साथबाट ३ लाख ५० हजार रूपैयाँ र जयकुमारको साथबाट ५ लाख ५० हजार रूपैयाँ बरामद भएको छ ।

प्रदेश २ को प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज.११प ८१०८ नम्बर र प्रदेश २–०३–००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित फेला पारेको थियो । यसैगरी काठमाडौँमा पनि प्रहरीले हुण्डीको रकम ६५ लाख बरामद गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाडौँ महानगरपालिका– १४ कुलेश्वरबाट पक्राउ गरेको थियो । पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार प्रहरीले बरामद गरेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh