- पोखरा ,असार १६ गते मंगलवार ।
- जन प्रभाव-सम्बादाता
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवन कुमार श्रेष्ठले जिल्ला प्रहरी कार्यालय, कस्कीको कार्यालय भवन, अपराध अनुसन्धान शाखा, कार्य तथा बिशेष शाखा, महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, उजुरी छानविन शाखा लगायतबाट नागरिकहरुलाई प्रवाह गरिने सेवा सुविधाको वारेमा समेत जानकारी लिनुभयो । थुनुवा कक्ष, व्यारेक, मेष क्यान्टिन समेतको निरीक्षण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा एसपी श्रेष्ठले सम्पुर्ण कार्यरत प्रहरी कर्मचारीहरुलाई आफ्नो आचारण, व्यवहार सुधार गरी कर्तव्यनिष्ट, ईमान्दार र व्यावसायिक भई कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो ।



