रुकुम-सोती घटनाको विरोध:सामाजिक र राजनीतिक
घटनाका दोर्षीलाई कडा कारबाहीको माग
अरुणा मानन्धर
- काठमाडौं ,असार १४ गते आइतबार ।
पश्चिम रुकुम–सोती घटना सामाजिक, राजनीतिक उत्पीडनको पराकाष्टा भएको भन्दै पूर्व संसद समेत रहेका नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीले न्यायको लागि अर्को विद्रोहको तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजको आयोजनामा आज काठमाडौंमा सम्पन्न ‘रुकुम सोती नरसंहार लगायत देशभरीका जातिय हत्या एवं विभेद विरुद्धको वृहत विरोध सभा’ लाई सम्बोधन गर्दै महासचिव बुढाथोकीले त्यस्तो बताएका हुन ।
्
उनले उक्त घटनाको घोर भत्सर्ना गर्दै घटनाको सत्य, तथ्य अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग माग समेत गरे । उनले ठुलो सधै ठूलो नहुने तर्क गर्दै भने–‘विश्वको सबैभन्दा शक्तिशाली भनिने देश अमेरिका अहिले असफल भएको छ, भारतीय विस्तारवादी भारतीय सरकार अहिले असफल भैरहेको छ, यसबाट हामीले दमित, उत्पीडित वर्गको शक्तिलाई राम्रोसँग देखाउँछ ।’
।
उनले भने–‘दश बर्षयता सयौं सामाजिक विभेदका घटनाहरु घटेका छन् । छुवाछुत, बलात्कार, हत्या र विभेदका घटनाहरु दिनानुदिन बढिरहेको छ, मुलुकमा कथित कम्युनिष्टको सरकार छ भनिन्छ, त्यसले के हेरेर बसेको छ , यो गम्भीर प्रश्न चिन्ह छ ।’
अपराधीहरु कुनैपनि दल वा समूहको हुन नसक्ने भन्दै उनले भने–‘अपराधीलाई कडा भन्दा कडा सजाय गराउनुपर्ने र त्यसको लागि सम्पूर्ण उत्पीडित जनसमूहहरु संघर्षको प्रकृयामा जोडिन आवश्यक छ । यो सत्ताँले हामीलाई सजिलै अधिकारका दिनेवाला छैन ।’
माओवादी जनयुद्धमा वर्गिय उत्पीडनका विरुद्ध बन्दुक बोकेर हिडेका दलित, उत्पीडित जनसमूदायहरु मुलुकमा आएको लोकतान्त्रीक गणतन्त्रको अवस्थामा समेत अन्यायमा पर्नुपर्ने, अनाहकमा मर्नुपर्ने र राज्यले न्यायको अनुभूति दिलाउन नसक्नुले जनयुद्ध लडेका योद्धाहरुप्रति र समग्र वर्ग संघर्षप्रति नै अपमान भएको उनले बताए ।
उनले भने–‘जनयुद्धमा बन्दुकको झोला बोकेर मृत्युवरण गर्न हिडेका योद्धाहरु यो देशमा समानताको राज्यसत्ताँ ल्याउन गएका थिए, जनताको संविधान ल्याउन हिडेका थिए, यो हैन कि थप पिडा सहनुपर्ने ।’
उनले भने–‘हामी चेतावनी दिन चाहन्छौं यस्तै अवस्था रहने हो भने हामी फेरी अर्को विद्रोहको लागि आम उत्पीडित जनसमूहमा आह्वान गर्नेछौ र अघि बढ्ने निश्चित छ । मुलत यो वर्गिय समस्या नै हो ।’
सामाजिक र राजनीतिक उत्पीडन नयाँ ढंगले बढेको भन्दै उनले भने–‘अब हामी सबै राजनीतिक दलहरु, सामाजिक अभियन्ताहरु र सबै उत्पीडित नागरिकहरु सामाजिक तथा राजनीतिक उत्पीडन, सरकारको दमनका विरुद्ध एक भएर संघर्षमा होमिनुको विकल्प छैन ।’
नेपाल दलित संघका नेता जीवन परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय जागरण मञ्च, नेपालका नरबहादुर कार्की, संघिय लोकतान्त्रीक मञ्चका कुमार लिङ्देन, दलित नागरिक समाजका भक्त विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मिना स्वर्णकार लगायतले समेत सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली काग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महत, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य परी थापा लगायत जनता समाजवादी पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (संयुक्त), साझा पार्टी, लगायत विभिन्न १४ दल तथा संगठनहरुका नेताहरुको सहभागिता रहेको थियो ।
संयुक्त दलित अधिकार मञ्च, नेपालका दुर्गा बराईलीले सञ्चालन गरेको उक्त कार्यक्रममा सयौं सहभागिहरु अषाढे बर्षातको समेत ख्याल नगरि विरोधको कार्यक्रममा सरिक भएका थिए । कार्यक्रममा सहभागिहरुले माइतिघर मण्डलाबाट विरोध र्याली सहित वानेश्वर चोकमा पुगेर सभामा गरेका थिए ।

















