Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अर्बपति मिडिया हाउसका तीन प्रकाशन बन्दले महासंकटकै समयमा दर्जनाै पत्रकारहरूकाे गाँस खाेसियाे

  • काठमाडौं ,असार १३ गते सनिवार ।

देशकै प्रतिष्ठित अर्बपति मिडिया हाउस कान्तिपुर पब्लिकेसन्स प्रालिले आफ्ना चर्चित २ साप्ताहिक र एक मासिक प्रकाशन बन्द गर्ने निर्णय गरेको छ । साप्ताहिक रूपमा प्रकाशन हुँदै आएको रंग पत्रिका ‘साप्ताहिक’ र खोज तथा विश्लेषणात्मक म्याजिन ‘नेपाल’ बन्द गरिएको हो ।

नारीप्रधान मासिक पत्रिका ‘नारी’ को प्रकाशन पनि अब नगर्ने निर्णय कान्तिपुर पब्लिकेसन्सले गरेको छ । अब यसका दुई प्रकाशन कान्तिपुर र काठमाडौं पोस्ट दैनिक मात्रै प्रकाशन हुनेछन् । रेडियो कान्तिपुर पनि निरन्तरता पाउने छ । घाटामा चलेकाे काठमाडौं पोस्ट दैनिक पनि कुन बेला बन्दकाे घाेषणा हुने हाे भन्ने त्रासमा पत्रकारहरू रहेकाे पाइन्छ ।

नेपालबाहेक साप्ताहिक र नारीले राम्रै विज्ञापन प्राप्त गर्दै आएका थिए । नेपालमा भने केही समयदेखि नोक्सानी रहेको बताइन्छ । तर, विश्वव्यापी महाव्याधि कोरोना भाइरसपछिको लकडाउनले सिर्जित परिस्थितिलाई देखाउँदै तीनवटै प्रकाशन बन्द गर्ने निर्णय केएमजीका मालिक कैलाश सिरोहियाले लिएका छन् । यो निर्णयबाट नेपाल साप्ताहिकमा मात्रै कार्यरत झण्डै २ दर्जन पत्रकार तथा सञ्चारकर्मी बेरोजगार हुने ठानिएको छ । तीनवटै प्रकाशनका ६ दर्जन पत्रकार तथा सञ्चारकर्मीले राेजीराेटी गुमाउनु पर्ने अवस्था रहेकाे पत्रकारहरू बताउँछन् ।

त्यहाँ कार्यरत पत्रकारको व्यवस्थापनबारे भने अन्योल कायमै छ । केहीलाई कान्तिपुर अनलाइन, कान्तिपुर दैनिक, काठमाडौं पोस्ट र कान्तिपुर टेलिभिजनमा सेटल गर्ने चर्चा पनि छ । तर सबै पत्रकार संयाेजन, व्यवस्थापन हुने अवस्था छैन । त्यसैले धेरै पत्रकारको गाँस कान्तिपुरको यो कदमपछि खोसिने छ ।

व्यवस्थापनले आफ्ना प्रकाशन बन्द गर्ने जानकारी दिँदै सुविधाबारेको दाबी पेस गर्न तीनवटै प्रकाशनमा कार्यरत पत्रकार र कर्मचारीलाई भनेका छन् । कार्यरत संस्थाले गाँस खोसेपछि पत्रकारहरू सुविधाबारे कानूनी परामर्शमा लागेको बताइन्छ । कान्तिपुरमा कार्यरत पत्रकारको तलब न्यून रहेकाले खासै सुविधा आउने अवस्था भने छैन ।

नेपाल साप्ताहिकमा सम्पादक बसन्त बस्नेत, सहायक सम्पादक सन्ताेष आचार्य, नायब प्रमुख संवाददाता राजकुमार बानिया, वरिष्ठ संवाददाताहरू जनक नेपाल, माधव बस्नेत, याेगेश ढकाल, मनवहादुर बस्नेत, संवाददाता सुनिता लाेहनी, यम बम, कल्पना भट्टराइ, डेस्कका गाेकुल अर्याल, गुरूङ्ग सुशान्त, डिजिटल रविराज बराल, तस्विर संयाेजन रवि मानन्धर, सराेज सैंजु सज्जा, चन्द्रकुमार प्रजापति, घनश्याम डंगाेल, यमन मानन्धर, सुनीता अधिकारी, कार्टुन, ग्राफिक्स रवीन्द्र मानन्धर, मार्केटिङ असुरारी ज्ञवाली, सन्ताेष ढकाल कार्यरत रहेका थिए । त्यहाँ कार्यरत पत्रकारहरूका अनुसार, अब के कसरी विदा हुने वा के गर्ने भन्ने बारेमा छलफल चल्दैछ ।

३ महिनामै यस्तो कदम

कोरोनापछि निम्तिएको विश्वव्यापी संकटले सबैखाले सञ्चार माध्यम प्रभावित बनेका छन् । खर्चिलो र खुम्चिँदो विज्ञापन बजारका कारण छापा माध्यम बढी प्रभावित भएका छन् । यसको असर आउँदा दिनमा प्रकट हुने नै छन् ।

लकडाउनले मिडिया क्षेत्र प्रभावित बने पनि कान्तिपुरजस्तो स्थापित मिडियाले यस्तो अप्रिय कदम लेला भन्ने ठानिएको थिएन । तर सशक्त मानिएका तीनवटा प्रकाशन तीन महिना लकडाउनकै कारण किन बन्द गर्ने निर्णय गरियो भन्ने प्रश्न उठेको छ ।

पत्रकार दुःखी

कान्तिपुरको तीन आउटलेट बन्द गर्ने निर्णयपछि पत्रकारहरू खिन्न भएका छन् । नेपाल लाइभका नारायण अमृतले कान्तिपुरको निर्णयलाई अप्रिय र दुःखद् भनेका छन् ।

‘पत्रकारका रूपमा कुनै संस्थासँगको आबद्धता र विछोड स्वभाविक प्रक्रिया हुन्। तर देशकै सबैभन्दा अग्रणी पब्लिकेसन कान्तिपुरले एकैपटक आफ्ना तीनवटा ‘आउटलेट’ बन्द गर्ने निर्णय गरेछ । जुन अप्रिय छ,’ नारायण अमृत लेख्छन्, ‘मैले टेलिभिजन र पब्लिकेसनमा गरेर कान्तिपुरमा झण्डै एक दशक पसिना बगाएँ। सात वर्ष काम गरेको नेपाल म्यागेजिन पनि बन्द गरिएछ। दुःख लाग्यो। सँगै साप्ताहिक र नारी पनि ननिस्कने भएछन्। पत्रकाका लागि यी कुराहरु सुखद होइनन्।’

असुरक्षित बन्दै पेसा

कोरोना महामारीको प्रभाव सबैतिर परेको छ । यसको चर्को असर पत्रकारितामा पनि परेको छ । लकडाउनकै बीचमा दर्जनौं पत्रकारले रोजगारी गुमाइसकेका छन् ।

छापातर्फ अन्नपूर्ण, नयाँ पत्रिका, नागरिक दैनिकले योबीचमा दर्जनौंलाई बिदा गरिसकेका छन् । अनलाइनहरूबाट पनि उत्तिकै मात्रामा पत्रकार बेरोजगार भएका छन् । यसले पत्रकारलाई थप असुरक्षित महसुस गराउँदै लगेको छ । साँघु

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh