Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भूमाफियासँगको सेटिङमा ऐन नै परिवर्तन, गिरिबन्धु टि स्टेट मालामाल

विर्तामोड, असार १० गते बुधबार ।

सरकारले भूमाफियाको हितमा हुनेगरी भूउपयोग ऐन पारित गरेको छ । २०२१ सालमा भूमिसुधार लागू गर्दा हदबन्दीमा परेका अरबौं अरबका मूल्यवान जग्गाहरु भूमाफियाले फुकुवा गर्ने बाटो वर्तमान सरकारले ख्ुला गरिदिएको छ । भूमाफियाहरुको योजनाअनुसार बनाइएको भूउपयोग ऐन २०७६ मा २०२१ सालमा हदबन्दीबाट जोगाउन उद्योगको नाममा राखिएका जग्गाहरु पनि अन्यत्रका जग्गासँग सट्टाभर्ना दिएर फुकवा गर्न बाटो खुलाइएको छ । यस प्रावधानले भूमाफियाहरु मालामाल बन्ने भएका छन् ।

भूमि ऐन २०२१ लाई प्रतिस्थापन गर्न बनेको भूउपयोग ऐन २०७६ संसदबाट पारित भइसकेको छ । यो ऐन भूमाफियाको योजनामा हदबन्दी लागेका जग्गाहरु अन्यत्र सस्ता जग्गा दिएर फुकुवा गराउने प्रावाधान राखिएपछि राष्ट्रियसभामा चर्को बिरोध पनि भयो । तर भूमाफियाहरुसँगको सेटिङमा सरकारले अरबौंका सरकारी जग्गा कौडीका जग्गा सट्टाभर्ना दिएर फुकुवा गराउने बाटो खोलेको छ ।

ऐनमा उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले आफ्नो स्वामित्वमा रहेको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टादेखि स्थानान्तरणसम्म गर्न पाउने व्यवस्था गरिएको छ ।

भूमि ऐनमा हदबन्दी लागेका जग्गा जोगाउने खालका प्रावधान राख्न ठूला भूमाफियाहरु नै लागेका थिए । २०२१ सालको भूमिसुधार लागू हुँदा उद्योगका नाममा हदबन्दीभन्दा बढी जग्गा लुकाएका झापा विर्तामोडको गिरीबन्धु टी स्टेटका संचालक छत्रबहादुर गिरीहरुले प्रधानमन्त्री केपी ओलीलाई नै प्रभावमा पारी भूउपयोग ऐनमा हदबन्दी भन्दा बढी जग्गा सट्टापट्टा गर्ने प्रावधान राख्न लगाएको समाचार स्रोत बताउँछ । गिरीबन्धु टी स्टेटको विर्तामोडको जग्गा कट्ठाको ७० लाख मूल्य पर्ने भएकाले घडेरीमा बिक्री गर्नका लागि विघाको १० लाख पर्ने पृथ्वीनगरको जग्गासँग सट्टापट्टा गर्न ऐनमा आफ्नो अनुकूल दफा हाल्न लगाएका छन् । अब उद्योग प्रयोजनका लागि लुकाएका राम्रा जग्गाहरु मूल्यहीन र कम मूल्यका जग्गासँग साट्न बाटो खुल्ला भएको छ । यसअघि रामकुमार सुब्बा मन्त्री हुँदा छत्रबहादुर गिरीले पृथ्वीनगरको जग्गा सट्टा दिएर विर्तामोडको जग्गा घडेरीमा बिक्री गरी अरबौं कमाउने योजना बनाएका थिए ।

भूमाफियाको समूहले गिरीबन्धु टी स्टेटको विर्तामोडस्थित हदबन्दी लागेको २ सय ८० विघा जग्गा फुकुवा गर्ने चलखेल गर्दै आएको थियो । २०७३ मा प्रधानमन्त्री ओली हुँदै उनको मन्त्रिपरिषदबाट यो काम गराउन गिरीहरू सक्रिय रुपमा लागेका थिए । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरले मन्त्रालयले प्रस्ताव नै पठाउनसकेको थिएन । तर अहिले ऐनमै त्यो ब्यवस्था राख्न भूमाफिया सफल भएका छन् । त्यतिबेला तत्कालीन भूमिसुधार सचिव लोकदर्शन रेग्मी(हालका मुख्यसचिव)को अडानले उक्त जग्गा सट्टापट्टा रोकिएको थियो । २०२१ सालमा भूमिसुधार लागू हुँदा हदबन्दी लागेको छत्रबहादुर गिरीलगायतका गिरीहरूले उक्त जग्गा चिया उद्योगको प्रयोजनका लागि लुकाएर राखेका थिए ।

कठ्ठाको ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने विर्तामोडको जग्गामा चियाबारी छ । गिरीबन्धुले उक्त चियाबारी फाँडेर जग्गा प्लटिङ गरी टाउन प्लानिङ गर्ने योजना अनुरुप हदबन्दी लागेको जग्गाको साटो अन्तको सस्तो जग्गा दिनेगरी ऐनमै ब्यवस्था गरेका छन् । विर्तामोडस्थित गिरीबन्धु टी स्टेटको जग्गा प्रतिकठ्ठा ७० लाखका दरले प्रतिविघा डेढ करोडभन्दा बढी पर्छ । यस हिसाबले २ सय ८० विघाको ३० अरब रुपैयाँभन्दा बढी पर्ने स्थानीयले बताएका छन् ।

तत्कालीन भूमिसुधार सचिव रेग्मी र डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख ठाकुर निरौलाले उक्त जग्गा हदबन्दी फुकुवा हुन नसक्ने बुँदागतरुपमा जानकारी दिएका थिए ।

२०२१ सालमा तत्कालीन राजा महेन्द्रले लागू गरेको भूमिसुधार कार्यक्रममा हदबन्दी लागेको जग्गा चिया उद्योग खोल्ने भनी गिरीबन्धु टी स्टेटका संचालकले प्रयोग गर्दैआएका छन् । तर अहिले तीव्र शहरीकरणका कारण विर्तामोडको जग्गाको मूल्य बढेको छ । विर्तामोडमा टाउन प्लानिङ गरी अर्बौ रुपैयाँ कमाउन सकिने देखेर गिरीबन्धु टी स्टेटका संचालकहरू हदबन्दी फुकुवा गराउन सुशील कोइराला, पुष्पकमल दाहालदेखि शेरबहादुर देउवा सरकारको पालामा पनि दौडधूप गरेका थिए । तर सफल भएका थिएनन् । अहिले आफ्नै जिल्लाका प्रधानमन्त्रीबाट ऐन नै परिवर्तन गर्न भूमिाफया सफल भएका छन् । यो ऐन पारित भएपछि गिरीबन्धु सहित देशका प्रमुख सहरका बिघांै बिघा जमिन सस्तो जग्गा सट्टाभर्ना दिएर फुकुवा हुनेछन् ।drishtinews.

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh