Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कार्यालय आएर सेवाग्राहीको सेवा नगरी परीक्षाको तयारीमा कर्मचारी

कार्यालय आएर सेवाग्राहीको सेवा नगरी परीक्षाको तयारीमा कर्मचारी

काठमाडौँ । सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति विकास र सेवा सुविधाका लागि मात्रै समय खर्चिने गरेको पाइन्छ ।

परीक्षा तयारी गर्नकै लागि सेवाग्राहीको चाप कम हुने हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, वन तथा वातावरण मन्त्रालय, विभिन्न आयोगलगायतका कार्यालयमा सरुवा हुनका लागि भनसुनसमेत गर्ने गरेका छन् । लोक सेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी गर्छन् भने कतिपय कर्मचारी कार्यकक्षमा नै बसेर परीक्षाको तयारी गर्ने गरेका कर्मचारी नै स्विकार्छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले कतिपय सङ्घीय कार्यालयमा कार्यरत कर्मचारी परीक्षाको तयारीका लागि कार्यकक्षमै बसेर परीक्षाको तयारी गर्ने गरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “केही कार्यालयमा कतिपय कर्मचारी कार्यकक्षमै अध्ययन गरेर बसेको पाइन्छ तर हामीले परीक्षाको तयारी गरेर बस्नुपर्दा बिदा लिएर बस्नु भनेका छौँ । सेवाग्राहीको कामलाई बाधा पारेर कुनै पनि कर्मचारीले आफ्नो वृत्ति विकासका लागि मात्र समय दिनु हुँदैन ।”

उहाँका अनुसार सङ्घीय निजामती सेवा ऐनको अभावमा अहिले १७ वर्षसम्म पनि कतिपय कर्मचारीको बढुवा नहुँदा त्यसको असर परीक्षाको तयारी गर्ने क्रममा सेवाग्राहीसम्मलाई पर्न गएको हो । कम्तीमा छदेखि सात वर्षमा एक तह बढुवा हुने स्थिति भयो भने कर्मचारी परीक्षाकै लागि कार्यालयमा नै बसेर वा बिदामा बसेर पढ्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ ।

कारागार कार्यालय सुन्धारामा कार्यरत उपसचिव ललित बस्नेतले निजामती कर्मचारी माथिल्लो पदमा जानका लागि कतिपय कार्यालयमै बसेर पढ्ने प्रवृत्ति अहिले पनि कायम रहेको बताउनुभयो । उहाँले सरकारले कानुन निर्माण गरेर बहालवाला कर्मचारीलाई माथिल्लो पदमा जानका लागि आन्तरिक प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था भयो भने बल्ल कर्मचारीले पढेरै मात्र बस्ने प्रवृत्तिको अन्त्य हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सेवाग्राही र सरकारको काममा बाधा पु¥याएरै त कुनै पनि कर्मचारीले कार्यालयमै वा कार्यालयबाहिर बसेर पढेका छैनन् तर माथिल्लो पदमा जानका लागि भने कर्मचारीले काममा बाधा नपारी कार्यालयमा बसेर पढ्ने गरेका छन् ।”

बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले निजामती सेवा ऐनकै कमजोरीका कारण कर्मचारीमा स्वअध्ययन गर्ने प्रवृत्ति बढ्दै गएकाले ऐनमा नै सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “शैक्षिक योग्यता भएका कर्मचारीले पनि खरिदार, नासु वा शाखा अधिकृत पदबाट सेवा प्रवेश गरेपछि उपसचिव वा सहसचिव पदमा र अन्तरसेवा खुला प्रतिस्पर्धाबाट जान पाउने व्यवस्थाको अन्त्य हुँदा मात्र कर्मचारीले पढेर बस्ने अवस्थाको अन्त्य हुन्छ । अन्यथा कर्मचारीले जुनसुकै समयमा स्वअध्ययन गर्ने प्रवृत्ति कायम रहन्छ ।”

संसद्, प्रशासन, न्याय, वनलगायतका कतिपय सेवामा खुला प्रतिस्पर्धाबाट बहालवाला कर्मचारीले नै माथिल्लो पदमा नाम निकाल्दा तल्लो तहमा छिट्टै नै पद रिक्त हुने गरेको उहाँले बताउनुभयो । रिक्त पदमा पूर्ति गर्नका लागि पुनः लोक सेवाको प्रक्रियामा जाँदा करिब एक वर्ष नै समय लाग्ने गरेको छ ।

लोक सेवा आयोगले हरेक वर्ष खुला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणीको असोज अन्तिम साता विज्ञापन प्रकाशित भई सिफारिस हुँदा अर्को वर्षको वैशाखसम्म लाग्ने गरेको आयोगले जनाएको छ । त्यस्तै राजपत्र अनङ्कित पदको माघको अन्तिम साता विज्ञापन भई सिफारिस हुँदा साउन÷भदौसम्म पुग्ने आयोगले सार्वजनिक गरेको वार्षिक परीक्षाको कार्यतालिकामा उल्लेखमा गरिएको छ । आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले कुन कर्मचारीलाई कहिले बिदा बस्न दिने भन्ने विषय सम्बन्धित कार्यालयको भएकाले लोक सेवा आयोगसँग कर्मचारीको परीक्षाको तयारी र बिदाको विषय नजोडिने स्पष्ट पार्नुभयो ।

तयारीमा छ महिना

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हरेक वर्ष लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार निजामती कर्मचारीले परीक्षाको नाममा वार्षिक रूपमा करिब छ महिना जति परीक्षा तयारीका लागि मात्र समय खर्चिने गरेको जनाएको छ ।

लोक सेवाको कार्यतालिका अनुसार पनि एउटा तहको परीक्षाको विज्ञापन भएदेखि परीक्षा नसकिएसम्म छिटो हुँदा पनि करिब एक वर्ष लाग्छ । परीक्षा आउनुभन्दा छ महिनाअघिदेखि नै कर्मचारी कार्यालयमा एक दुई घण्टा काम गरेर विभिन्न बहानामा परीक्षाको तयारीका लागि हिँड्ने गरेका कर्मचारीमाथि आरोप लाग्दै आएको छ । नायब सुब्बाको परीक्षा समयमा खरिदार अनुपस्थिति, शाखा अधिकृतका लागि सुब्बा अनुपस्थिति, उपसचिवको परीक्षा हुँदा शाखा अधिकृत अनुपस्थिति र सहसचिवको परीक्षा हुँदा उपसचिव अनुपस्थिति हुने गरेका छन् ।

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले कार्यालयमा नै बसेर कर्मचारीले अध्ययन नगरेको दाबी गर्नुभयो । कुनै कर्मचारीले कुनै विषयमा पुस्तक पल्टाएर टेबुलमा राखेको हुन सक्छ तर पूरै समय परीक्षाको तयारी गरेर कार्यालयमा बस्ने नगरेको उहाँले दाबी गर्नुभयो ।

फितलो अनुगमन

राष्ट्रिय सतर्कता केन्द्रले समय समयमा कर्मचारीको छड्के चेकजाँच गर्ने गरिए पनि कुन कर्मचारी के कामका लागि कार्यालयमा अनुपस्थिति भएका छन् भन्नेबारेमा भने विस्तृत रूपमा अनुगमन गर्ने गरेको पाइँदैन । मन्त्रालय, विभाग तथा अन्य सरकारी कार्यालयका प्रमुखले पनि मातहतका कर्मचारी कार्यालयमा बसेर काम गरे नगरेको बारे जति रूपमा चासो राख्नुपर्ने हो त्यति चासो राखेको पाइँदैन ।

सतर्कता केन्द्रका प्रवक्ता कृष्णप्रसाद पन्थले आफूहरूले समय समयमा विभिन्न कार्यालयमा अनुगमन गर्दा परीक्षाको तयारी नै गरेर बसेका कर्मचारी नभेट्टाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा सतर्कता केन्द्रले अनुगमन गर्दा कर्मचारीले परीक्षाको तयारीका लागि कार्यकक्षमा नै अध्ययन गरिरहेका वा बिदामा बसेका भन्ने विषयमा अनुगमन गर्छौं ।”

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh