Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सहकारीका सञ्चालक दास पक्राउ

सहकारीका सञ्चालक दास पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धक बचतकर्ताको बचत रकम लिएर फरार भएपछि प्रहरीले एक जना संस्थापक सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जिल्लाको लालबन्दी नगरपालिका–७, मा रहेको संस्थाका अध्यक्ष झगरुप्रसाद दास र प्रबन्धक रवीना रायमाझी गत पुस १६ गतेदेखि संस्था बन्द गरेर फरार छन् । आफूहरूको बचत रकमसहित दास र रायमाझी फरार भएपछि बचतकर्ताले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएका छन् । सोही उजुरीका आधारमा अनुसन्धान गर्दैजाँदा प्रहरीले स्थापनाकालमा संस्थाको सञ्चालक समितिको सदस्य रहेका कौडेना गाउँपालिका –३ घर भइ हाल लालबन्दी नगरपालिका –५ मा बस्ने ३७ वर्षीया सुनितादेवी दासलाई नियन्त्रणमा लिएको छ ।

सुनिता फरार रहेका संस्थाका अध्यक्ष झगरुकी श्रीमती हुन् । उनीविरुद्ध सहकारी ऐन अन्तर्गत ठगी र आपराधिक विश्वासघात मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिए । उनका अनुसार उजुरी परेकामध्ये संस्थाका अध्यक्ष दास, प्रबन्धक रायमाझी र रायमाझीका श्रीमान् बुद्धिमान उप्रेती फरार छन् ।

प्रहरी निरीक्षक केसीले संस्थाका सञ्चालक समितिका पदाधिकारी को–को हुन भन्ने नै खुल्न नसकेको बताए । ‘संस्थाका जिम्मेवार सञ्चालक को–को हुन भन्ने कर्मचारी तथा अन्य कसैलाई पनि थाहा छैन” प्रहरी निरीक्षक केसीले भने, ‘सुनितादेवी संस्थापक सञ्चालक रहेको खुलेकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ, थप बुझ्ने काम हुँदैछ ।’

यस संस्थाले हरिपुर र हरिवनमा समेत कर्मचारी राखेर बचत सङ्कलन गर्नेगरेको थियो । संस्थामा बचतकर्ताको कति रकम थियो भन्ने खुल्न सकेको छैन । संस्थाको सञ्चालक समितिका पदाधिकारी, हरहिसाब, वार्षिक साधारण सभा गरे–नगरेको केही खुल्न नसकेको प्रहरीले जनाएको छ । कर्मचारीका अनुसार संस्थामा बचतकर्ताको करिब चार करोड रुपियाँ रकम बचत छ ।

संस्थाकी कर्मचारी एवं फिल्डमा खटिएर पैसा उठाउने काम गर्ने एलिसाकुमारी लायो मगरले अध्यक्ष दास र प्रबन्धक रायमाझी पुस १६ गतेदेखि मोबाइल ‘स्विच अफ’ गरेर बेपत्ता भएको बताइन् । उनले अध्यक्ष दास र प्रबन्धक रायमाझीबाहेक अन्य कोही सञ्चालक भनी कार्यालयमा नआएको जानकारी दिइन् । लालबन्दी नगरपालिकाले यस सहकारीको नगरपालिकामा कुनै ‘रेकर्ड’ नरहेको जनाएको छ ।

नगरपालिकाको सहकारी शाखाका प्रमुख गोपाल थापाले यो सहकारीको नवीकरण गर्न र अन्य कागजात बुझाउन कहिल्यै कोही नआएको बताए । “नगरपालिकामा अहिले ३८ वटा सहकारी संस्था नियमित नवीकरण भएका छन् तर प्रिय बचत सहकारीको हकमा अहिलेसम्म कुनै कागजात लिएर कोही आएको छैन” थापाले भन्नुभयो ।

साबिकको डिभिजन सहकारी कार्यालय मलङ्गवाले स्थानीय तहहरूलाई सहकारी संस्थाको विवरण हस्तान्तरण गर्दा लालबन्दी नगरपालिकाभित्रका ८४ वटा सहकारीको फाइल हस्तान्तरण गरेको थियो ।

सहकारी शाखाका प्रमुख थापाका अनुसार प्रियका अध्यक्ष र प्रबन्धक फरार भएपछि एक सयभन्दा बढी बचतकर्ताले नगरपालिकामा पनि उजुरी दिएका छन् । अध्यक्ष र प्रबन्धक संस्था नै बन्द गरेर फरार भएपछि खाइनखाइ गरी संस्थामा बचत राखेका बचतकर्ता निराश बनेका छन् । कर्मचारीका अनुसार संस्थाले केही समय अघिदेखि नै ऋण लगानी गर्न भने छाडेको थियो ।

जानकारका अनुसार अध्यक्ष दास र प्रबन्धक रायमाझीले झोलामा कागजात बोकेर लापरबाही ढङ्गले संस्था चलाउँदैआएका थिए । झगरुले लालबन्दी –७ स्थित बजारमा फर्निचर व्यवसाय समेत सञ्चालन गर्थे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh