काठमाडौं,जेठ २७ गते मंगलवार ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भ्रष्टाचारको आरोप पुष्टि गर्न कांग्रेस सांसद अमरेशकुमार सिंहलाई चुनौती दिएका छन् । आरोप पुष्टि भए आफूले राजनीतिबाट सन्यास लिने मन्त्री यादवले बताएका छन् ।
सांसदमा भएको मन्त्रालयगत विनियोजनमाथि बोल्दै शुक्रबारको कांग्रेस सांसद सिंहले मन्त्री यादवले सबै म्यानपावर व्यवसायीबाट १/१ लाख उठाएर वैदेशिक रोजगार ऐन संशोधन गर्न मन्त्री यादव लागेको आरोप लगाएका थिए ।
मनत्री यादवले सिंहको नाम नलिईकन आफूले म्यानपावर व्यवसायीसँग रकम मागेको भन्ने आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका हुन् ।
सरकारले वाषिर्क रुपमा १०० जना कामदार विदेश पठाउन नसक्ने अवस्थाका ५१२ म्यानपावर कम्पनीले एक-एक लाख उठाएर आफ्नो इजाजतपत्र नवीकरण गराउने खेलमा लागेको अभिव्यक्ति दिएका थिए ।
सरकारले अहिले कोभिडका कारण व्यवसायी समस्यामा परेको भन्दै सय जना कामदार पठाउन नसक्ने म्यानपावर खारेज हुने व्यवस्था संशोधनको तयारी पनि गरिरहेको छ ।
सिंहको अभिव्यक्तिपछि वैदेशिक रोजगार व्यवसायी संघले पनि सिहंको भनाइ गलत र भुठो भएको बताएको थियो । यसबारे बोल्दै सोमबार संसदमा मन्त्री यादवले सिंहलाई अरुलाई पनि आफू जस्तै नठान्न आग्रह गरे । उनले पहिल्यैदेखि सिंहलाई चिनेको भन्दै आफ्नो प्रवृत्तिजस्तै अरुलाई पनि त्इसतै बुझ्ने प्रवृत्ति त्याग्न आग्रह गरे ।
‘म अहिलेसम्म तीन पटक मन्त्री भइसकेको छु, राजनीतिक जीवनमै भ्रष्टाचार गरेको पुष्टि गरेको प्रमाणित गरेमा पनि म सन्यास लिन्छु,’ उनले संसदमा भनेका छन् ।
उनले समस्यामा परेका व्यवसायीलाई सहज गर्न ऐन संशोधन गर्न लागेको भन्दै त्यो संसदले नै पास गर्नुपर्ने बताए । विज्ञहरुबीच छलफल भएर संशोधनका लागि मस्यौदा तयार गरेर संसदमा पेश गर्ने उनले बताए ।
‘ममाथिको आरेप यो सिंगो संसदमाथिको आरोप हो,’ उनले भने ।
मन्त्री यादवले विदेशमा अलपत्र नेपालीको उद्धार सुरु भएको भन्द्यै अब क्रमैसँग काम अघि बढ्ने बताए । विदेशबाट फर्किने जनशक्तिका लागि रोजगारीको सिर्जनालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै मन्त्री यादवले सरकारले राखेका लक्ष्य पुरा गरिछाड्ने बताए ।

















