Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिन्छः प्रधानमन्त्री प्रचण्ड

भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिन्छः प्रधानमन्त्री प्रचण्ड

बर्दिवास । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताउनुभएको छ।

आइतबार दिउँसो जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री “प्रचण्ड”ले एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा गरेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको बताउनुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा पर्दै आएका छन्। तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ। हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोंच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ।’’

सम्बोधनको पूर्णपाठ

सर्वप्रथम, महोत्तरी जिल्लाको यस रमणीय स्थान गौरीडाँडामा अवस्थित श्री जनता माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको भव्य सफलताको शुभकामना व्यक्त गर्दै सम्पूर्ण विद्यालय परिवारमा हार्दिक बधाइ ज्ञापन गर्दछु।

समुदायको आफ्नै पहल, लगानी र संरक्षकत्वमा स्थापित यस विद्यालयले आफ्नो जीवनको आधा शताब्दीको शैक्षिक यात्रा पूरा गरेको छ। समुदायका श्रमजीवी वर्गदेखि मध्यम वर्गसम्मका हजारौँ विद्यार्थीले यस विद्यालयबाट शिक्षा हासिल गरेर समाजका विविध पेशा र सेवा क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको जानकारी पाएको छु। समुदाय र अभिभावकको जागरूकता, विद्यालय व्यवस्थापन समितिको प्रभावकारी नेतृत्व र शिक्षकहरूको कर्तव्यनिष्ठता विद्यालय निरन्तर प्रगतिको बाटोमा अगाडि बढिरहेको छ।

‘समुदायको अगुवाइमा वृहत् सामुदायिक विद्यालय’को सोचसहित अगाडि बढिरहेको यस विद्यालय देशका अरू सामुदायिक विद्यालयभन्दा यस अर्थमा फरक छ कि यस विद्यालयले प्रगतिशील सोंचसहित सामाजिक रूपान्तरणको यात्रामा समेत विद्यार्थी, अभिभावक र सिङ्गो समुदायलाई नै दीक्षित र नेतृत्व गरिरहेको छ। यस सन्दर्भमा आगामी दिनमा समेत विद्यालयले आफ्नो दूरदृष्टि, लक्ष्य र उद्देश्य प्राप्तिमा निरन्तर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दछु।

अभिभावकहरूको सहभागिता, शिक्षकहरूको सहजीकरण, स्थानीय सरकारको सहयोग र विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा ‘शिक्षा सम्मेलन २०८०’ सम्पन्न भएको मैले जानकारी पाएको छु। यसै पनि म यस विद्यालयमा यसअघि पनि विभिन्न कार्यक्रमहरू सहभागी हुँदै आएकोले विद्यालयको मूलभूत स्थितिबारे जानकारी नै छ। तपाईहरूले यस विद्यालयलाई एक्काइसौँ शताब्दीको विश्वव्यापी प्रतिस्पर्धा एवं युगसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले ‘वृहत् सामुदायिक विद्यालय’ को मोडेलमा नमुना विद्यालयलाई अझ परिस्कृत गर्दै लैजाने दस वर्षे रणनीतिसमेत तयार पारेकोसमेत मलाई जानकारी छ। मलाई विश्वास छ– उक्त रणनीतिमा आधारित रहेर देशभक्तिपूर्ण भावनाले ओतप्रोत, आत्मनिर्भर, स्वरोजगारमुखी प्राविधिक शिक्षामा यहाँहरूले अपेक्षित सफलता हासिल गर्नुहुनेछ। यसका निम्ति तपाईहरूलाई अग्रिम बधाइ भन्न चाहन्छु।

एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा पर्दै आएका छन्। तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ। शिक्षा आर्जन गर्नुको अर्थ आफ्नो व्यक्तिगत जीवनको सफलताको एउटा महत्त्वपूर्ण आयाम त हो नै, तर त्यो मात्रै सम्पूर्ण चीजचाहिँ होइन। आजको एक विद्यार्थी भोलिको देशको कर्णाधार, नीतिनिर्माता र कार्यान्वयनकर्ता पनि हो। तसर्थ, हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोंच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ। नेपालको सन्दर्भमा हामी सबैका निम्ति यो विषय एउटा सकारात्मक चुनौतीका रूपमा खडा भएको छ। जनता माध्यमिक विद्यालयको “समुदायमा आधारित नमुना विद्यालय”को सोंचले यस राष्ट्रिय कार्यभारमा समेत सिङ्गो देशलाई नमुना प्रस्तुत गर्नेछ भन्ने मैले विश्वास लिएको छु।

नेपालको संविधानको धारा ३१ मा “प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ” भनी आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ। त्यस्तै संविधानको धारा ४७ मा संविधानप्रदत्त मौलिक हकहरूको कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले यो संविधान प्रारम्भ भएको ३ वर्षभित्र कानुनी व्यवस्था गर्नेछ” भन्ने बाध्यात्मक व्यवस्था गरिएको छ।

तसर्थ, सङ्घीय लोकतान्त्रिक प्रणाली, हाम्रो संविधानको व्यवस्था र नवीनतम् परिस्थितिलाई समेत मध्यनजर गर्दै शिक्षामा गुणात्मक रूपान्तरण गर्नु देशको महत्वपूर्ण कार्यभार हो। यही यथार्थलाई आत्मसात गर्दै मेरो नेतृत्वको सरकारले माध्यमिक शिक्षा विधेयक सङ्घीय संसदमा प्रस्तुत गरिसकेको छ। जनता, अभिभावक र सरोकारवाला निकाय एवं पक्षले उठाएका जायज र न्यायपूर्ण माग र मुद्दाहरूलाई सम्बोधन गर्दै उक्त विद्येयकलाई संसदबाट पारित गराई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकार प्रतिवद्ध छ। सरकारको यस इमानदार प्रयासमा सिङ्गो देशको सकारात्मक र रचनात्मक सहयोग, सहकार्य र ऐक्यबद्धता रहनेसमेत विश्वास व्यक्त गर्दछु।

विद्यालयको स्थापना, अविछिन्न सञ्चालन र विकास एवं नमुना विद्यालयका रूपमा स्तरोन्नति गर्न संस्थापकहरू, यस क्षेत्रका जमसमुदायहरू, बौद्धिक व्यक्तित्वहरूले महत्वपूर्ण योगदान गर्नुभएको छ। यस सन्दर्भमा म उहाँहरूप्रति सम्मान एवं बधाइ ज्ञापन गर्दछु। साथै स्वर्ण जयन्तीका सन्दर्भमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनुहुने महानुभावहरू र विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गरी सम्मानित र पुरस्कृत हुनुहुने सम्पूर्णमा हार्दिक बधाइ ज्ञापन गर्दछु।

अन्त्यमा, जनता माध्यमिक विद्यालयले आफ्नो निर्धारित लक्ष्य प्राप्तिमा पूर्ण सफलता प्राप्त गर्ने विश्वासका साथ फेरि एकपटक स्वर्ण जयन्तीको भव्य सफलताको शुभकामनासहित विदा हुन्छु। धन्यवाद।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh