Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना भाइरस विरुद्धको लडाइँ, जनताको सुझबुझ र सम्प्रदाय-विजय कुमार गुप्ता

विजय कुमार गुप्ता

लहान,जेठ २६ गते सोमबार ।

कोरोना भाइरस (कोभिड-१९) ले निम्त्याएको महामारीको लडाइँमा नेपालले तदारुकता र धैर्यको परिचय दिएर सम्पूर्ण नेपालीको जीवन रक्षा गर्ने आशलाई बलियो बनाएर विश्वलाई राम्रो सन्देश दिन सफल भएको छ। सिंगो विश्वमा देशको शीर ठाडो पारेको छ।

यो लडाइँमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारले उपलब्ध स्रोत साधनको अधिकतम् उपयोग गर्दै महामरीसँग जुधिरहेका छन्। मुलुकभित्र स्वास्थ्य सेवासँग सम्बन्धित स्रोतसाधन पर्याप्त नभए पनि तीन तहकै सरकार जनताको जीवनरक्षाका लागि अहोरात्र जुटिरहेका छन्। यो लडाइँमा सरकारबाहेक पनि अन्यको धेरै ठूलो भूमिका छ। विभिन्न पेसागत संघ संगठन, समूह, पेसाकर्मी, पत्रकार, कानुन व्यवसायी जसले विगतमा राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व गरिरहेका दलहरूलाई भरपुर सघाएका थिए। बुद्धिजीवी, सञ्चारमाध्यम, गैरसरकारी संस्था, धार्मिक संगठन, कर्पोरेट क्षेत्र, फिल्म, खेल क्षेत्रसहित आमनागरिकले कोरोना महामारीविरुद्ध सरकारले चालेको हरेक कदमलाई सहयोग गरेका छन्।

भारतबाट आएका केही जमातीहरू मस्जिदमा बसेको र कोरोनाको उपचारमा असहयोग गरेको सत्य हो, तर त्यसो भन्दैमा सम्पूर्ण मुस्लिम समुदायलाई नै असर पर्ने गरी सामाजिक सञ्जालमा गरिएका पोस्टहरूले हाम्रो राष्ट्रिय अखण्डता र सयौं वर्षदेखि मिलेर बसेका जनताबीच फाटो ल्याउने षड्यन्त्रबाहेक केही होइन।

आमनागरिकको तहबाट कोरोना महामारीको लडाइँमा सरकारलाई भरपुर सहयोग भए पनि सरकारमा पनि नकारात्मक सोच राख्नेहरू बलियो हुँदै गएका हुन् कि भन्ने सर्वसाधारणलाई पर्न थालेको छ। पहिलो, सबैलाई आफ्नो समूहको स्वार्थसँग जोडेर हेर्ने र अर्को तिललाई पहाड बनाउने प्रवृत्ति। यद्यपि, कोरोनासँग लड्न सबैभन्दा जरुरी स्रोत साधनको र त्यसको उचित वितरण हो। सरकारले कोरोनाको महामारी सुरु भएपछि गम्भीर संकटको बेला स्वास्थ्य सामग्री खरिद प्रक्रियाको टेन्डर नै विवादको घेरामा परेपछि खारेज मात्र भएन, त्यसलगत्तै नेपाली सेनामार्फत् खरिद गर्ने निर्णयसमेत गर्‍यो। भलै, अहिलेसम्म स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको सेनाले सामान नल्याएको किन नहोस्। कोरोनाको महामारीविरुद्ध लड्न सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण उच्चस्तरीय समितिमार्फत् पनि काम गरिरहेको छ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि खटिएकाहरूको सम्मानमा प्रधानमन्त्रीले घोषणा गरेको राष्ट्रिय गानलाई पनि खिल्ली उडाउनेहरूको जमात पनि सामाजिक सञ्जालहरूमा छ्याप्छ्याप्ती देखिए। मुलुकमा केही मिडिया कोरोनाविरुद्धको लडाइँमा असहयोगी भूमिकामा छन्। तर, पनि चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, प्रशासन, जनपक्षीय मिडियालगायतको सहकार्यले सम्पूर्ण नेपालीको मनोबल उच्च भएको छ।

केही अनलाइन पोर्टलहरू संकटको यो घडीमा जनताप्रतिको मुख्य जिम्मेवारीबाट विमुखमात्र भएका छैनन्, तथ्यलाई बंग्याएर पस्किने समाचारले विपद्को यो घडीमा जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरिरहेका छन्। पछिल्लो समय सरकारले गलत सामग्री सम्प्रेषण गर्ने केही अनलाइन समाचार पोर्टलहरूलाई कारबाहीसमेत गरेको छ। सामाजिक सञ्जाल सरकारबाहेकका लागि प्रमुख स्रोत हो। यसको भूमिकामाथि धेरै सवालहरू उठिरहेका छन्। कोरोना भाइरसविरुद्ध लड्न, नागरिकलाई उत्प्रेरित गर्न चेतनामूलक सूचनाहरू सम्प्रेषण गर्नुको सट्टा ह्वाटस्एप, भाइबर, फेसबुक, ट्वीटर, युटुब च्यानलहरूमा कोरोना भाइरससम्बन्धी नकारात्मक भ्रामक सामग्रीहरू प्रशस्त छन्।

यसमा केही खास जात, सम्प्रदायसँग जोडेर पनि भिडियो, फोटो, लेखहरू राखिएको भेटिन्छ। नेपालमा कोरोना संक्रमण बढ्दै जानु सबैका लागि चुनौती हो। पछिल्लो समय मुलुकका विभिन्न ठाउँमा मस्जिद, मदरसामा भेटिएका जमातीहरूको कारणले सिंगो मुस्लिम समुदायलाई नै बद्नाम गर्न खोज्नेहरू पनि छन्। ‘जमाती लुकाएको सूचना हिन्दूले दिएपछि झडप’ जस्ता नितान्त पत्रकार आचारसंहिताविपरीतका सामग्रीहरू पनि प्रसारण, प्रकाशन भए, जुन ज्यादै निन्दनीय विषय हो।कोरोनाविरुद्ध स्थानीय, प्रदेश र संघीय सरकारका प्रयास, सञ्चारमाध्यमले खेलेको भूमिका हुँदा-हुँदै त्यसलाई बेवास्ता गरी देश र जनतालाई खतरामा पार्नु पक्कै राम्रो होइन। बुझ्नुपर्ने कुरा के हो भने कोरोना भाइरस कुनै विचारधारा, मजहब, दलीय आस्था नहेरी फैलिन सक्छ।

मुलुकको हितका लागि मुस्लिम समुदाय जहिले पनि हातेमालो र सहकार्य गर्न तयार छ। मुस्लिम धर्मगुरुहरूबाट पनि त्यही आशयका विचारहरू आएका छन्। भारतबाट आएका केही जमातीहरू मस्जिदमा बसेको र कोरोनाको उपचारमा असहयोग गरेको सत्य हो, तर त्यसो भन्दैमा सम्पूर्ण मुस्लिम समुदायलाई नै असर पर्ने गरी सामाजिक सञ्जालमा गरिएका पोस्टहरूले हाम्रो राष्ट्रिय अखण्डता र सयौं वर्षदेखि मिलेर बसेका जनताबीच फाटो ल्याउने षड्यन्त्रबाहेक केही होइन।

मन्दिर होस् या मस्जिद, चर्च होस् या गुम्बा, सबैतिर अनुगमनको दायरा बढाउनुपर्छ। कसैलाई कोरोना संक्रमणको आशंका छ भने सबै मिलेर तत्काल त्यस्ता व्यक्तिहरूलाई नजिकको स्वास्थ्य संस्था, स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनमा पुर्‍याउने व्यवस्था गर्नुपर्छ। आशंका गरिएका व्यक्ति जुनसुकै धर्म र सम्प्रदायको किन नहोस्। कोरोना महामारीको संकट जसरी गहिरिंदै गएको छ, त्यसरी नै केही विदेशी जमातीका कारण सम्पूर्ण मुस्लिम समुदायमाथि भाइरस फैलाउन सक्ने आशंकाको नजरले हेरिनु गलत हो। रोगको कुनै धर्म, जात हँुदैन। सबै धर्मका धर्म गुरुहरूले पनि यो विषयमा गम्भीरतापूर्वक सोच्न जरुरी छ।

हामीले अहिले गर्ने भनेको मुख्य कुरा सरकारको निर्देशन पालना गर्ने नै हो। हामीले धर्मका नाममा जम्मा हुने मन्दिर मस्जिद, चर्च, गुम्बामा पनि भीडभाड बन्द गराउन सक्नुपर्छ। यसमा सम्बन्धित समुदायका अगुवाहरूले पनि विशेष भूमिका खेल्न जरुरी छ। अहिलेको समय कठिन समय हो। कोरोना भाइरस नेपालमा मात्र नभइ संसारका एक चौथाई देशमा फैलिएको हँुदा हामी सबैले संयमता अपनाउन जरुरी छ। यो संकटपूर्ण र संवेदनशील घडीमा आफ्नै घरमा बसेर सामाजिक दूरी कायम गर्ने हो भने कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ। धर्मका नाममा कुनै खास समुदायलाई आक्षेप लगाउने र मानमर्दन गर्नु काम मानवताविरोधी कार्य हो।

एकै पटक १२ जना भारतीय जमातीहरू उदयपुर गाईघाट भुल्केमा भेटिएपछि सम्प्रदायिक सोच बदल्ने षड्यन्त्र पनि हुन थालेको छ, जुन ज्यादै चिन्ताको विषय हो। भारत आफैं कोरोनाको महामारीविरुद्ध लडिरहेका बेला एकै ठाउँमा १ जना भारतीय जमातीहरू भेटिनु, पहिल्यैदेखि नै बाहिरबाट आएकाहरूलाई चेकजाँचका लागि आग्रह गर्दा पनि लुकेर बस्नुले केही गम्भीर आशंकाहरू नजन्माएको होइन। पर्सा वीरगन्जको छपकैया मस्जिदमा संक्रमित मुस्लिम जमाती भेटिनुले पनि आशंका गर्नेहरूलाई बल पुर्‍याएको देखिन्छ।

कोरोनाविरुद्ध स्थानीय, प्रदेश र संघीय सरकारका प्रयास, सञ्चारमाध्यमले खेलेको भूमिका हुँदा-हुँदै त्यसलाई बेवास्ता गरी देश र जनतालाई खतरामा पार्नु पक्कै राम्रो होइन। बुझ्नुपर्ने कुरा के हो भने कोरोना भाइरस कुनै विचारधारा, मजहब, दलीय आस्था नहेरी फैलिन सक्छ। तसर्थ, मानवजातिको रक्षाका लागि सम्पूर्ण विचारधारा, मजहब र दलीय आस्थाभन्दा माथि उठेर यस गम्भीर संकटको स्थितिबाट पार पाउन स्वास्थ्यसम्बन्धी सचेतना, सरकारले गरेको घोषणाको पालना गराउने जिम्मेवारी सबैको हो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh