Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अप्ठ्यारो अवस्थामा गृह सचिव फेरियो, नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आशंका ?

अप्ठ्यारो अवस्थामा गृह सचिव फेरियो, नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आशंका ?

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा धमाधम ‘हाइ प्रोफाइल’ नेता तथा कर्मचारी पक्राउ परिरहेको अप्ठ्यारो अवस्थामा सरकारले गृह सचिव फेरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गर्दै गृह सचिव फेरेको हो । गृह सचिवको रूपमा काम गरिरहेका विनोदप्रकाश सिंहलाई सरकारले प्रधानमन्त्री कार्यालय सरुवा गरेर जगेडामा राखेको छ ।

बालकृष्ण खाँड गृहमन्त्री हुँदा २०७९ भदौ २७ गते गृह सचिव बनाइएका सिंहलाई खाँड पक्राउ पर्नुभन्दा एक दिन अगाडि सरुवा गर्नुलाई अर्थपूर्ण मानिएको छ । खाँड नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधवार नै पक्राउ परेका छन् ।

सिंहभन्दा अगाडि गृह सचिवको जिम्मेवारीमा टेकनारायण पाण्डे थिए । पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा सचिव सिंहको पनि संलग्नता हुनसक्ने र अनुसन्धान प्रक्रियामा प्रभाव पार्न सक्ने आशंकामा सरकारले सरुवा गरेको हुनसक्ने गृह स्रोतले बताएको छ ।

स्रोतले भने– ‘बालकृष्ण खाँड गृहमन्त्री भएपछि उनलाई गृह सचिव बनाएका हुन् । खाँडसँग उनको उठबस राम्रै थियो । त्यसैले सरकारले नक्कली शरणार्थी प्रकरणमा उनको पनि संलग्नता आशंका गरेको हुनसक्छ । त्यसैले यस्तो अप्ठ्यारो अवस्थामा सरुवा गरेको हुनसक्छ ।’

नक्कली शरणार्थी प्रकरणमा सिंहको संलग्नता रहेको आशंका गरिए पनि यसको औपचारिक पुष्टि भने भएको छैन । तर, उनलको संलग्नता छैन भन्न सक्ने अवस्था नरहेको स्रोतको भनाइ रहेको छ ।

सिंह विवादित र बद्नामा सचिव हुन् । खाँडकै आडमा सहसचिव भएको छोटो अवधिमै सचिव भएका सिंह लगत्तै गृह सचिव भएका थिए । गृह सचिव भएको बेला सिंहले ६ महिनामै ४७ लाखभन्दा धेरै रकम सुराकी खर्चबापत लिएका थिए । 

सिंहले करिब ८ महिना गृह सम्हाल्दा असुली आतंक मच्चाएको समेत आरोप लाग्ने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमार्फत खटिने अध्यागमन प्रमुख तथा अधिकृतहरूबाट महिनावारी रकम असुल्दै आएको समेत स्रोतले बताएको छ ।

त्यति मात्र नभएर सिंहकै नेतृत्वमा अध्यागमनमा कर्मचारी पठाउने फिर्ता बोलाउने सन्दर्भमा समेत रकम असुली गरिएको गृहभित्रै चर्चा चल्ने गरेको थियो । 

गृह सचिव भएको बेला सिंहले मुख्य सचिव शंकरदास वैरागीको पावरमा रजगज चलाएका थिए । ‘मुख्य सचिवको साथी हुँ, सँगै पढेका हौँ’ भन्दै अन्य सचिवहरूसँग समन्वय समेत नगर्ने समस्या थियो । 

विगतमा सिनियर सचिवहरूले गृह सम्हाल्दै आएका थिए । तर, सहसचिव भए लगतै सिंह सचिव भएर गृह आइपुग्दा अन्तर मन्त्रालयबीच समन्वयमा समेत समस्या भएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh