Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना भाइरस नियन्त्रणमा अर्बाैं खर्च, उपलब्धि न्यून

काठमाडौं,जेठ २३ गते ।

नेपाल सरकारले कोरोना रोकथामका लागि भन्दै चार महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि खर्च गरेअनुसार कोरोना नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणका नाममा त्यति धेरै खर्च भए पनि कोरोना संक्रमण दर उल्टो वृद्धि हुँदै जान थालेपछि सरकारी खर्चको पारदर्शितामा प्रश्न चिन्ह सिर्जना भएको छ ।

सरकारले क्वारेन्टिन निर्माणदेखि परीक्षण, औषधि तथा राहतका लागि सो रकम खर्च भएको बताएको छ तर सरकारद्वारा निर्माण गरिएको अधिकांश क्वारेन्टिनको अवस्था दयनीय छ । न्यूनतम मापदण्डसमेत पुरा हुन नसकेपछि क्वारेन्टिनबाटै संक्रमण बढ्न सक्ने खतरासमेत देखिएको छ ।

हालसम्म कोरोना नियन्त्रणका लागि केन्द्रीय सरकारले ६ अर्ब ३ करोड, प्रदेश सरकारले १ अर्ब ८ करोड र स्थानीय सरकारले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेका छन् । तर, सरकारले खर्चको फेहरित विवरण भने दिन सकेको छैन् । क्वारेन्टिनमा करोडांै रुपैयाँ खर्च भएको बताइए पनि धेरै ठाउँमा क्वारेन्टिन अस्तव्यस्त छन् भने नेपाल भित्रिने सीमानाकामा कोरोना परीक्षण नै भएको छैन । संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ फितलो भएको छ ।

सरकारी चिकित्सकको संख्या १ हजार ३ सय रहेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार २६ हजार ३ सय ४६ चिकित्सकहरू दर्ता भएका छन् । ती चिकित्सकलाई पनि सरकारले प्रभावकारी रुपमा परिचालन गर्न नसक्दा जोखिम बढेको हो ।

– क्वारेन्टिन नै संक्रमणको स्रोत बन्दै, कोचिएर बस्नुपर्ने बाध्यता
– अधिकांश अस्पताल पूर्वाधारविहीन, चिकित्सक निकै कम
– सीमानाकामै भएन कोरोना परीक्षण
– लकडाउन लम्बिँदै, संक्रमित झन् बढ्दै
– कन्ट्याक्ट ट्रेसिङ, ट्र्याकिङ कछुवा गतिमा

सरकारले बनाएका क्वारेन्टिनहरू अस्तव्यस्त हुँदा कोरोना भाइरस संक्रमणको स्रोत नै क्वारेन्टिन बन्दै गएको पाइएको छ । क्वारेन्टिन भद्रगोल हुँदा संक्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले कोरोना रोकथाममा सरकारको तयारी फितलो रहेको बताए । उनले भने, ‘अहिले पनि अधिकांश अस्पताल भेन्टिलेटरविहीन छन् । कोरोना संक्रमितको संख्या बढ्दै छ । तर, सरकार अस्पताल पूर्वाधार विकासमा लागेको देखिएन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभर ६१ हजार १ सय ४५ वटा क्वारेन्टिन् छन् । जबकि क्वारेन्टिनमा बस्नेहरूको संख्या १ लाख ६१ हजार २ सय ६२ पुगेको छ ।

क्वारेन्टिनमा बस्नेहरूका लागि पिउने पानीको समेत उपयुक्त व्यवस्था छैन । खाना पनि घरबाट ल्याएर आउनुपर्ने बाध्यता छ । क्वारेन्टिनमा बस्दै आएकाहरूले घरबाटै बस्ने सामान मगाउनुपर्ने र एउटै कोठामा कोचिएर बस्नुपर्ने बाध्यता छ । अधिकांश भारतबाट आएका नागरिकहरू क्वारेन्टिनमा बस्दै आएका छन् । क्वारेन्टिनमा बस्दै आएकाहरू अधिकांशको कोरोना परीक्षणसमेत नगरिएको पाइएको छ । १ लाख ६१ हजार २ सय ६२ जना क्वारेन्टिनमा बस्दै आएका छन् । जबकि हालसम्म ८४ हजार १ सय ३४ जनामा आरटी पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

कोरोना भाइरससम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा सम्भव भएसम्म घनाबस्तीबाट टाढा हुनुपर्ने उल्लेख छ । यस्तै, गर्भवती महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूका लागि अलग्गै क्वारेन्टिनको व्यवस्था गरिनुपर्ने समेटिएको छ । सम्भव भएसम्म शौचालय भएको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा तीन जनाको दरले ६ जनाका लागि साझा शौचालय, प्रतिसय जनाका लागि एक मेडिकल अधिकृत, क्वारेन्टिनमा २४ घण्टा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन समितिको संयोजक सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ ।

राजधानी दैनिक बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh