Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भन्सार राजस्वमा ६३ अर्बको गिरावट

भन्सार राजस्वमा ६३ अर्बको गिरावट

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा कुल वैदेशिक व्यापार घाटा करिब १९ प्रतिशतले घटेको छ । तर, आयातसागै व्यापार घाटा घट्दा भन्सार राजस्व भने प्रभावित भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसमम कुल वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ बराबर छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको वैदेशिक व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रहेकोमा १८.७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । निर्यातमा करिब ३५ प्रतिशतको गिरावट भए पनि निर्यातभन्दा आयात करिब ९ गुणा बढी छ ।

आयात २० प्रतिशतले घटेका कारण व्यापार घाटा पनि घटेको हो ।भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिर मसान्तसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँको आयात भएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजारको आयात भएकोमा चालु आर्थिक वर्षमा २०.७१ प्रतिशतले घटेको छ ।

यस्तै गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १ खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँको निर्यात भएकोमा चालु आवको सोही अवधिमा ३४.६१ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड ४५ लाख २ हजार रुपैयाँको निर्यात भएको छ ।कात्तिकसम्म ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपैयाँको आयात भएकोमा मंसिरमा १ खर्ब ३२ अर्ब ५ करोड ५० लाख ६९ हजार रुपैयाँको आयात भएको छ ।

कात्तिकसम्मको प्रतिमहिना औसत आसात १ खर्ब ३३ अर्बभन्दा बढी रहेकोमा मंसिरमा सोभन्दा कम रहेको भन्सार विभागको तथ्यांक छ । मंसिरमा निर्यात भने १२ अर्ब ५३ करोड १ लाख ८६ हजार रहेको छ ।

निर्यात र आयात दुबैमा संकुचन हुँदा व्यापार घाटसँगै कुल वैदेशिक व्यापार पनि घटेको छ । चालु आवको पहिलो पाँच महिनामा वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२३ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । गत आवको मंसिर मसान्तसम्म ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख १४ हजार रुपैयाँ रहेको कुल वैदेशिक चालु आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँमा झरेको छ ।

आयात र निर्यात दुबै घटेपनि आयातको तुलनामा निर्यातको गिरावट बढी हुँदा वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि घटेर आयातको हिस्सा बढेको छ । कुल व्यापारमा गत आयातको हिस्सा गत आवको मंसिर मसान्तमा ८९.०७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ९०.८१ प्रतिशत पुगेकेा छ । यस्तै निर्यातको हिस्सा १०.९३ प्रतिशतबाट ९.१९ प्रतिशतमा झरेको छ । यस्तै आयात निर्यात अनुपात ८.१५ प्रतिशतबाट बढेर ९.८८ प्रतिशत पुगेको विभागले जनाएको छ ।मंसिर मसान्तसम्म भएको कुल आयातमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । डिजेल, पेट्रोल, एलपी ग्यास लगायतको पेट्रोलियम पदार्थ १ खर्ब ३४ अर्ब ३६ करोड १० लाख १५ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यस्तै स्टिल विलेट लगायत फलामजन्य बस्तु ५१ अर्ब ८५ करोड ८६ लाखको आयात हुँदा पाम, सोयाविन, सुर्यमुखी तेल लगायका वस्तु ४५ अर्ब भन्दा माथिको आयात भएको छ ।यस्तै विद्युतीय मेसिनरी तथा औजारहरु ४२ अर्ब ९१ करोडको आायत हुँदा मेसिनरी औजार उपकरणहरु ४१ अर्बको आयात भएको छ ।सुन चाँदी लगायतका बहुमूल्य धातु पाँच महिनामा २९ अर्ब ३२ करोड र गाडी तथा सवारीसाधन २३ अर्ब ३४ करोडको आयात भएको विभागको तथ्यांक छ ।

यता सर्वाधिक निर्यात हुनेमा भने तेस्रो धेरै आयात भएको वनस्पति घ्यु, पाम, सोयाविन, सनफ्लावर लगायतका करिब १८ अर्ब १० करोडको वस्तुहरु छन् । त्यस्तै चिया कफी लगायतका वस्तु ५ अर्ब ५५ करोड ५४ लाखको निर्यात हुँदा कार्पेट तथा अन्य टेक्सटाइल ५ अर्ब ६ करोडको निर्यात भएको छ । फलाम तथा स्टिल ३ अर्ब ४९ करोडको निर्यात भएको छ ।मंसिर मसान्तसम्म भन्सार राजश्व डेढ खर्ब नाघेको छ । मंसिर मसान्तसम्म आयतबाट १ खर्ब ५४ अर्ब १३ करोड ३६ लाख ५४ हजार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ ।

तुलनात्मक रुपमा धेरै राजस्व प्राप्त हुने गाडी र १५० सीसीभन्दा माथिको मोटरसाइकल आयातमा गत १३ वैशाखबाट लगाएको प्रतिबन्ध मंसिर मसान्तसम्म निरन्तर रहेकाले पनि भन्सार राजस्व प्रभावित भएको छ ।आयातमा गरिएको विभन्नि कडाइले गर्दा आयात नै घट्दा त्यसको थप प्रभाव परेको हो ।

पुसबाट आयात प्रतिबन्ध हटाउँदै विदेशी मदिरा, महँगा मोबाइल फोन, १५० सीसी भन्दा माथिको मोटरसाइकल र गाडी आयात प्रतिबन्ध हटेकोले ती वस्तुको आयात सुरु हुँदा आयातसँगै राजस्व पनि बढ्नसक्छ ।

गत आर्थिक वर्षका पहिलो पाँच महिना (मंसिर मसान्तसम्म) २ खर्ब १७ अर्ब ३३ करोड ८ लाख ६६ हजार भन्सार राजस्व प्राप्त भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा भन्सार राजस्व ६३ अर्ब १९ करोड ७२ लाख १२ हजार रुपैयाँले घटेको छ । आयात करिब २१ प्रतिशतले घट्दा राजस्व २९.०८ प्रतिशतले घटेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh