काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेकपा (माओवादी केन्द्र) ले आफूहरुलाई देखाएर कांग्रेससँग बार्गेनिङ गरिरहेको टिप्पणी गरेका छन् ।

उनले अहिले आफ्नो दल सरकार बनाउन लागि नपरेको पनि खुलासा गरेका छन् । पछिल्लो समय एमाले र माओवादीले साना दल मिलाएर सरकार बनाउन गृहकार्य गरेको भन्ने समाचार आएपछि पौडेलको यस्तो भनाई आएको हो ।
आज (शुक्रबार) बुटवलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘हामीसँग कुरा गरेको भनेर कसैलाई कतै बार्गेनिङका लागि यस्ता कुरा बाहिर आएका हुनसक्छन्, नेपालमा एमालेबाहेक कुनै वामपन्थी शक्ति छैन, दक्षिणपन्थी धारलाई बोकेर कम्युनिष्ट पार्टीविरुद्ध मोर्चा बनाउनेलाई वामपन्थी भन्न मिल्दैन् ।’
